Showing posts with label प्रवास. Show all posts
Showing posts with label प्रवास. Show all posts

Wednesday, April 18, 2012

कोरियामा "लुम्बिनी नेपाल तथा कोरियाको बौद्ध धर्म" बिषयक अन्तर क्रिया कार्यक्रम सम्पन्न

पुरु जोशी - नेपाल राजदूतावास तथा लुम्बिनी भ्रमण वर्ष २०१२ कोरिया समितिको संयुक्त आयोजनामा "लुम्बिनी नेपाल तथा कोरियाको बौद्ध धर्म" बिषयक अन्तर क्रिया कार्यक्रम यहि अप्रील १५ का दिन नेपाली दूतावास भवनमा भब्य रुपमा सम्पन्न भएको छ ।

नेपाल राजदुतावासका कार्यबाहक राजदूत राजाराम बर्तौला, सभाका प्रमुख अतिथि तथा प्रबचक जिन्गाक, बौद्ध सम्प्रदायका अध्यक्ष गुरुबर ह्ये जङ, लुम्बिनी भ्रमण वर्ष २०१२ का संयोजक गुरु नबिन बज्राचार्य, नेपाल बौद्ध परिवारका अध्यक्ष इश्वर गुरुङबाट सभाको उद्घाटन पानसमा बत्ति बालेर भएको थियो भने उहाँहरुको स्वागत खाता ओढाएर भएको थियो । कार्यक्रमको सुरुवात विश्व शान्तिको लागि गुरु नबिन बज्राचार्यद्वारा बुद्ध धर्म अनुरुप प्राथनाबाट भएको थियो भने अन्त पनि सम्पूर्ण प्राणीहरुको सुख शान्तिका लागि प्राथनाबाट गरिएको थियो ।


सो कार्यक्रममा स्वागत भाषण लुम्बिनी भ्रमण वर्षका सल्लाहकार तथा नेपाल बौद्ध परिवारका अध्यक्ष इश्वर गुरुङले गर्नु भएको थियो र तत्पश्चात प्रबचन कार्यक्रम रहेको थियो । सो कार्यक्रमका प्रमुख प्रबचक कोरियाको दोस्रो ठुलो बौद्ध सम्प्रदायका अध्यक्ष श्रद्धय गुरुबर ह्ये जङले यसरी प्रबचन दिनु हुँदै भन्नु भयो, "संसारमा तिन वटा कुराको बढी महत्त्व छ: प्राकृतिक सम्पदामा अग्लो हिमाल सगरमाथा, सर्बश्रेष्ठ प्राणीमा गौत्तम बुद्ध, सर्वश्रेष्ठ दर्शनमा बुद्धले दिएको शान्तिको दर्शन हो । यसकारण अग्लो हिमाल भएको नेपाल र सर्बश्रेष्ठ प्राणी बुद्ध जन्मिएको देश नेपाल भएकोले नेपालीहरुले यी दुबैलाई आफ्नो काँधमा राखेर बुद्धको शान्ति दर्शनलाई विश्व भर प्रचार गर्नुपर्ने अभिभारा रहेको छ ।" शान्तिको दर्शनलाई प्रचार प्रसार गर्न एकले अर्काको अस्तित्वलाई स्वीकार गर्नु पर्ने कुरा फूल र फूलका पत्रहरुको उदहारण देखाउँदै निक्कै सरल रुपमा बुझाउनु भयो ।


लुम्बिनीको बिषयमा १९८६ तथा २०१२ मा उहाँले लुम्बिनी भ्रमण गरेको प्रसङ्ग सुनाउँदै, १९८६ ताकाको लुम्बिनीको स्वरुप र अहिले २००९ मा लुम्बिनीको स्वरुपमा धेरै परिवर्तन देखेको र आफ्नो मन मस्तिस्क १९८६ कै लुम्बिनी स्वरुप ताजा रहेको बताउँदै पुरातात्वीक स्थल तथा बस्तुहरुलाई यथास्थिति मै संरक्षण गरेर राखेमा मात्र त्यसको महत्त्व हुने र समयसंगै महत्त्व बढ्ने हुँदा लुम्बिनीलाई पनि आधुनिक तरिकाले बिकाश गर्नुभन्दा पहिले कै लुम्बिनीको स्वरुप मै संरक्षण गर्नु पर्ने कुरालाई जोड दिँदै सो अनुरुप गरेमा जिन्गाक बौद्ध सम्प्रदायले नेपाल सरकार तथा जनतालाई साथ दिन सक्ने प्रतिबद्धता जाहेर गर्नु भयो।


अन्तमा जिन्गाक बौद्ध सम्प्रदायले बुद्धको जन्मभूमि लुम्बिनी नेपालमा रहेको भन्ने तथ्यलाई प्रचार प्रसार गर्दै आईरहेको र आगामी दिनहरुमा अझ बढी आफ्नो तर्फबाट सक्दो प्रचार प्रसार गर्ने बताउनु भयो  । उहाँले बुद्धको जन्मभूमि इन्डिया भनेर कोरियनहरुमा भ्रम रहेको कुरा स्वीकार्दै सो भ्रमलाई हटाउन कोरियामा भएका सम्पूर्ण संस्थाहरुले संस्थागत रुपमा तथा प्रत्येक व्यक्तिहरुले पनि व्यक्तिगत रुपमा सम्बन्धित कोरियन सरकारी निकायहरुलाई पत्राचार गर्नुपर्ने र त्यसो गरेमात्र बुद्ध जन्मभूमि लुम्बिनी नेपालमा रहेको कुरा कोरियामा ब्याप्त रहेको बुद्धको जन्म स्थान सम्बन्धि रहेको भ्रम हटाउन अझ सजिलो हुने बताउनु भयो ।


सो प्रबचनका लागि नेपाल राजदूतावासका कार्यबाहक राजदूत राजाराम बर्तौलाले धन्यबाद गर्नु भयो । उहाँले लुम्बिनीको प्रचार प्रसारमा तथा नेपालको भूमि पुत्र बुद्धको उपदेशलाई कोरिया भरि प्रचार प्रसार गर्नु भएकोमा धन्यबाद पत्र दिनुभएको थियो र जिन्गाक बौद्ध सम्प्रदायबाट धन्यबाद सहित जिन्गाकको सम्झनाको चिनो दिनुभएको थियो भने लुम्बिनी भ्रमण वर्ष २०१२ कोरिया उपसमितिको तर्फबाट लुम्बिनीको तस्वीर प्रदान गरिएको थियो ।

सो कार्यक्रममा नेपालका श्रमसहचारी श्री कृष्ण हरि पुस्कर लगाएत अन्य सरकारी कर्मचारी तथा विभिन्न संघ संस्थाका प्रतिनिधि गरि करिब ८० जना कोरियावासी नेपालीहरुको सहभागितामा रहेको थियो भने सो कार्यक्रम निर्धारित समयमा सुरु भएर निर्धारित समयमै सम्पन्न भएको थियो ।

अन्तमा लुम्बिनी भ्रमण वर्ष २०१२ कोरिया उपसमितिको सफलताको कामना गर्दै सम्पूर्ण उपसमितिका सदस्यहरुलाई श्रद्धय गुरु ह्ये जङले शुभकामना स्वरुप खाता ओढाई सम्मान गर्नु भएको थियो । कार्यक्रमको संचालन कोरियन भाषामा लुम्बिनी भ्रमण बर्ष कोरियाका उपसमितिका संयोजक गुरु नबिन बज्राचार्यज्यु तथा नेपालीमा सो उपसमितिका सदस्य राज देसारले गर्नु भएको थियो ।

अमेरिकामा नेपाली बिद्यार्थीको मृत्यु

काठमाडौ, ४ बैशाख । नर्सिङ पढिरहेका अर्घाखाँची केरूङगा स्थायी घर भएका २५ बर्षीय भेषराज पाण्डेको आईतबार दिउसो न्युयोर्कस्थित वेकअफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । 


नेपालीहरुको उल्लेखीय बस्ती  रहेको रिजउडस्थित आफनो अपार्टमेन्टमा आईतबार नै पाण्डेलाई अचेत अवस्थामा फेला पारेपछि  नजिकै सो अस्पतालमा पुर्याइएको थियो । मृत्युको कारण बारे हालसम्म अस्पतालले केही नजनाएपनि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक रिपोर्टमा उल्लेख छ । उनको अपार्टमेन्टबाट प्रहरीले बिषक्त औषधी फेला पारेको थियो ।अपार्टमेन्टमा रहेका अन्य साथीहरु कामको सिलसिलामा बाहिर रहेको मौकामा पाण्डेले ढोकाको चुकुल लगाएर कोठा भित्र रहेका थिए । निकै समयपछि पनि ढोका नखुलेपछि पल्लो कोठाको एक युवकले अन्य साथीहरुलाई बोलाएर ढोका फोडदा पाण्डे अचेत अवस्था फेला परेका थिए । अस्पतालले दुई घण्टा पछि उनलाई मृत घोषित गरेको थियो ।


पाँच बर्ष अघि अध्ययनको लागि अमेरिका आएका पाण्डेले गत बर्ष न्युयोर्कको होस्टोस कलेजबाट रजिस्टर्ड नर्सको कोर्ष पुरा गरेपछि केही महिना नर्थ क्लारोलिनाको एक अस्पतालमा काम गरेका थिए । त्यहाँबाट दुई महिना अघि न्युयोर्क फर्किएका पाण्डे कामको खोजी गरिरहेको र पढाईलाई निरन्तरता दिने योजनामा थिए । 

Friday, April 13, 2012

इजरायलबाट नेपाली वेव पत्रिका संचालनमा




ज्ञानु बस्नेत, तेलअविव इजरायल, १ वैशाख । नयाँ वर्ष २०६९ को शुरूवात सँगै इजरायलबाट नेपाली वेव पत्रिका औपचारिक रूपमा संचालनमा आएको छ ।

विगतका दिनहरूमा स्वदेश तथा प्रवासमा विविध सहयोग, सामाजिक कार्यहरू लगायत अन्य मानवीय हितका कार्यहरू गर्दै आएको
इजरायलबाट सञ्चालित फेसबुक ग्रुप Nepalese In Israel पर्वतका पाँच बालबालिकालार्इ सहयोगको मोटो रकम जुटाएर अझ
चर्चाको विषय बनेको उक्त समुहले अब यो नयाँ वर्ष २०६९ बैशाक १ गते शुक्रबारदेखि आफ्नै अनलाइन पत्रिका सञ्चालनमा ल्याएको छ ।

जसको Homepage ठेगाना www.nepaleseinisrael.com रहेको छ भने आधिकारीक इमेल ठेगाना info@nepaleseinisrael.com रहेको छ ।

प्रवासी भूमि इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूका सामाजिक गतिविधीहरू लगायत विचार भावना क्रियाकलापहरूलार्इ
आजको डिजिटल दुनियाँको माध्यमबाट अझै समेटी नेपाली नेपाली बीचको शक्ति एकता सामिप्यता कायमै राखी आपसी
सदभावलार्इ अझ प्रगाढ बनाइ राख्न सो वेव पत्रिका सञ्चालनमा ल्याइएको हो।

नेपाल र नेपाली समाज हितका लागि आगामी दिनहरूमा पनि यस्ता सहयोगका कामहरू नटुटोस भन्ने अटोठका साथ अगाडि बढेका इजरायलमा कार्यरत नेपालीहरू यो वेव पत्रिका संचालनमा आउँदा अत्यन्तै खुशी छन्।

Friday, April 8, 2011

प्रवासी म्याग्देलीद्धारा एम्बुलेन्स सहयोग

हरिकृष्ण गौतम
 चैत २५ म्याग्दी  ।रोजगारको शिलशिलामा बेलायत पुगेका म्याग्दीबासीहरूले जिल्लामा एम्बुलेन्स खरिद गरेर सञ्चालनका लागि आर्थिक संकलन गर्न सुरु गरेका छन् ।  

 म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेले सांस्कृतीक कार्यक्रम गरेर सहयोग संकलन गर्न सुरु गरेको हो । म्याग्दी र काली भेगका बासिन्दाको सुबिधाका लागि एक एक वटा एम्बुलेन्स उपलब्ध गराईने मोना युकेका उपाध्यक्ष कमल पुर्जाले जानकारी दिनुभयो ।  

 एम्बुलेन्स खरिद गर्न गत शनिबार म्याग्दीका लोकगायक खड्ग गर्बुजाको उपस्थितीमा बेलायतको फार्नबरो स्थित ओकफार्क कम्युनिटी विद्यालयमा संस्कृतीक कार्यक्रम गरिएको थियो । नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा १७ जनाले प्रतिव्यक्ति १ लाख रुपैया भन्दा बढी सहयोग गरेका थिए ।  

 योगेन क्षेत्री, कमल पुर्जा, अमर मल्ल, लिलामान शेरपुञ्जा, दुध पुन, दलमान पुन, प्रकाश पौडेल, किशन जीसी, योगकुमार खजामी, भिम पुर्जा, भोज बानियां, बेल बुढाथोकी, नरबहादुर पुन, पदम पुर्जा, यशोदा बुढा, जसबहादुर थगामी, फत्तबहादुर गर्बुजा, यामायां गर्बुजा, तुलचन्द्र तिलीजा, चित्र थकाली र प्रवेश केसीले करिब २० लाख रुपैया सहयोग गर्नुभएको मोना युकेले जनाएको छ । ४० लाख रुपैया भन्दा बढी सहयोग संकलन गर्ने लक्ष्य रहेको र २ वटा एम्बुलेन्स खरिद भैसकेको संस्थाले जनाएको छ ।  

सहयोग दाताहरूलाई बेलायतका लागि नेपाली राजदुत डाक्टर सुरेशचन्द्र चालिसेले सम्मान गर्नुभएको थियो । ग्रामिण क्षेत्रका बासिन्दाले आर्थिक र सवारी सुबिधाको अभावमा समयमै सस्वास्थ्य संस्थामा पुगेर उपचार गर्न नपाएर मृत्युको शिकार बन्नुपर्ने अवस्थाको अन्य होस भनेर एम्बुलेन्स उपलब्ध गराउन लागिएको उपाध्यक्ष पुर्जाले बताउनुभयो ।

Thursday, March 17, 2011

जापानको फुकुसिमा र सेन्दाईबाट ६७ नेपालीलाई टोकियो सरियो

  चैत ३ काठमाडौं । जापानको आणविक केन्द्र विस्फोट भएको फुकुसिमा र प्रभावित क्षेत्र सेन्दाईबाट ६७ नेपाली बुधबार मध्यरात टोकियो पुगेका छन् । उनीहरूलाई सिन्जोकुस्थित सामुदायिक भवनमा आश्रयको व्यवस्था मिलाइएको छ ।

आणविक केन्द्र विस्फोट भएको फुकुसिमा क्षेत्रबाट आएका १७ विद्यार्थीको बिहीबार बिहान स्वास्थ्य परीक्षण हुनेु टोकियोस्थित राजदूत डा.गणेश योञ्जनले   बताउनु भयो । उहाले बसोबास, खानपिन वा देश र्फकन चाहनेका लागि उचित सहयोग जुटाउन लागिपरेको जानकारी दिनुभयो  ।

सेन्दाई र फुकुसिमा क्षेत्रमा अझै एक सय जति नेपाली स्वेच्छामा बसिरहेको जनाउँदै उनीहरूले उद्धार चाहे टोकियो ल्याइने  छ। सेन्दाईबाट आएकामध्ये ६ जना ओसाका सहरमा रहेका उनीहरूकै आफन्तकोमा गएका छन् ।

Thursday, March 10, 2011

भुटानी मुलका नेपालीले अमेरिकामा शिबरात्रि मनाए


नरेश गौतम 
 अमेरिका (ह्युस्टन)। भुटानमा जन्मिएर आफ्नो धर्म सस्कृति बचाउँन देशबाट लेखेटीएका नेपाली जनताले फागुन २० गते महाशिबरात्रिको दिन अमेरिकाको,ह्युस्टन शहरमा भव्यताका साथ पुजा सम्पन्न गरेका छन् । आफ्नो धर्म, सस्कृती जोगाउने क्रममा देशै निकाला गरेका भुटानी मुलका नेपाली जनता अमेरिकामा आएर पनि गर्वसाथ म हिन्दु हु भन्न पाउँदा खुसी भएको लक्ष्मी नारायण मन्दिरका पण्डित आचार्य श्री खेम अधिकारी बताउँछन् । 

लामो समय सम्मको नेपालमा शरर्णीथी जिवन बिताएर ( आइ ओ एम् ) को सहयोग मार्फत अमेरिका भित्रीएका भुटानी मुलका नेपालीहरु आफ्नो सस्कृति जोगाउँन पाउँदा खुसी भएका छन् । अमेरीका टेक्सास् ,ह्यूस्टनको सेन्टकलाउड एर्पाटमेन्टमा रहेको लक्ष्मी नारायण मन्दिरमा बिभिन्न स्थानमा रहेका नेपालीहरु भेला भएर पुजा सम्पन्न गरेका छन् ।

अमेरिकामा पूजा  गर्नका निमित्त साम्रागीहरुको अभाव नभएको र नजिकको ईण्डिएन मार्केटमा शुलभ मुल्यमा  पाउने बताउछन् एक सेन्टक्लाउडका बासीन्दा धर्मलाल धौराली । शिबरात्रीका दिन करिबबिहान आठबजे बाट पुजा शुरुवात गरी रात्री जाग्राम बस्ने पुरोहित खेमअधिकारी बताउछन् ।  झिलीमीली बत्ती अनि फुल गुच्छाहरुका हारले ढकमक्क सजिएको मन्दिरमा पुजा आजामा ब्यास्त नेपालीहरुले नेपालमाझै राती मुढाहरु भेला पारेर ध्वनी ताप्न नपाउने अनि उखु तताएर भुईमा पर्छान नपाएकोमा अलि अलि दुखी भने पक्कै भएको बताउँछन् सेन्टक्लाउडका युवक तपन न्यौपाने ।  ब्यस्त समयलाई अलिकती जोगाएर धुमधाम साथ शिवका बाणी अनि भजनहरु पनि  गुञ्जाएको थिए भक्तजनहरुले ।

दिनभरिको स्कूल पछि अलिकति समय बचाएर हरेकदिन लक्ष्मीनारायण मन्दिरमा भजन गाउँने गरेको बताउँछन् ह्यूस्टन राधेश्याम भजन समूहका  डि.पि.दुलाल । विदेशमा रहेर पनि आफ्नो हिन्दुत्व बचाएर देशमा रहेरपनि हिदुत्व विसर्ने नेपालीलाई ठूलो चुनौती दिएका छन्, अमेरिका टेक्सास ह्यूटनका भुटानी मुलका नेपालीहरुले ।

Tuesday, March 1, 2011

लिवियामा रहेका नेपाली कामदारलाई उद्धार गर्न अन्तराष्ट्रिय समुदायसँग आग्रह


 फागुन १७ काठमाडौं ।  नेपाल सरकारले लिवियामा रहेका नेपाली कामदारलाई उद्धार गर्न अन्तराष्ट्रिय समुदायसँग आग्रह गरेको छ । आफ्ना नागरिकलाई उद्धार गरिरहेका चिन, बंगालादेश, भारतलाई सरकारले नेपाली कामदारहरुको पनि उद्धार गरिदिन आग्रह गरेको हो ।

 नेपाली कामदारहरु अफ्ठ्यारोमा परेकोले आफुहरु सो ठाउमा पुग्न सम्भब नभएको भन्दै परराष्ट्र मन्त्रालय मार्फत सरकारले अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेको मन्त्रालयका सहायक प्रवक्ता हरिश्चन्द्र घिमिरेले बताउनु भयो ।

Sunday, February 27, 2011

अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

न्युयोर्कस्थित बंगलदेश मिसनले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर फेव्रुअरी २१ तारिख एक कार्यक्रम सम्पन्न गर्यो ।

उक्त अवसरमा बंगलादेश, नेपाल र श्रीलंकाका संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधिहरु क्रमशः एच इ मोहिन, ज्ञानचन्द्र आचार्य र पलिथा कोहनाले आ(आफ्नो देशकातर्फबाट सहभागीहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो भने भारतकातर्फबाट संयुक्त राष्ट्रसंघका लागि प्रथम सचिव विजय कुमार र युनेस्कोका निर्देशक फिलिपले पनि अन्तर्राष्ट्रिय मातृभाषा दिवसका बारेमा बोल्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
सोही अवसरमा श्रीलंका, भारत, नेपाल, बंगलादेश तथा फिलिपिन्सका कवि तथा गायकहरुले समेत आ(आफ्ना कविता तथा गीत(संगीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नीलम कार्की निहारिका र मणि बाग्देलले पनि नेपालको तर्फबाट सहभागीता जनाउँदै आ(आफ्नो कविता वाचन गर्नुभएको थियो ।
नेपाली पोष्ट प्रतिनिधि 

Saturday, February 26, 2011

लिबियामा अलपत्र ६२ नेपालीको उद्धार


 फागुन  १४ काठमाडौँ। लिबियामा जारी आन्दोलनका कारण अलपत्र परेका नेपालीमध्ये केही शनिबार अपराह्न स्वदेश फर्केका छन् ।
वैदेशिक रोजगार व्यवसायी सङ्घ र सरकारको सहयोगमा आज ६२ जना नेपाली स्वदेश फर्केको परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता हरिश्चन्द्र घिमिरेले बताउनुभयो ।
प्रवक्ता घिमिरेका अनुसार लिबियाबाट उद्धार गरी इजिप्टको वेस्टर्न डेजर्ट पु¥याइएका ५६२ नेपालीमध्ये ६२ जनालाई इजिप्टकै अलेक्जेन्ड्रियाबाट संयुक्त अरब इमिरेट्स् हुँदै एयर अरेबियाको विमानबाट यहाँ ल्याइएको हो ।
उद्धार गरिएका अन्य नेपालीलाई पनि क्रमशः स्वदेश फर्काइने बताइएको छ । रासस

Thursday, February 24, 2011

नेपाली कामदारहरु घर फर्कने क्रममा ईजिप्टको सिमामा अलपत्र

फागुन १२  । लिवियामा जारी सरकार विरोधी प्रदर्शनका कारण बैदेशिक रोजगारीका शिलसिलामा गएका सैयौँ नेपाली कामदारहरु घर फर्कने क्रममा अलपत्र परेका छन् । प्रदर्शनले उग्ररुप लिन थालेपछि घर फर्कन लागेका पाँच सय ८० नेपाली कामदारहरु ईजिप्टको सिमामा अलपत्र परेका हुन् ।

अन्य २० जना सम्पर्क बिहिन भएका छन् । लिवियामा कार्यरत कञ्चनपुरको त्रिभूवनवस्तीका रुद्रप्रसाद घिमिरेले  बिहीवार टेलफोन गरेर आफुहरु अलपत्र परेको जानकारी दिएको उहाँका भाई तथा नेपाल पत्रकार महासँघ कञ्चनपुरका पूर्वसभापति युवराज घिमिरेले जानकारी दिनुभयो । नेपाली कामदारहरु अध्यागमन कार्यालयमा घण्टौदेखि प्रतिक्षामा बसेको बताईएको छ ।

अलपत्र परेका कामदारहरु ईजिप्ट हुँदै नेपाल फर्कने प्रतिक्षामा रहेको टेलिफोनमा जानकारी पाएको
घिमिरेले बताउनुभयो । केहीदिन यता लिवियामा भईरहेको सरकार विरोधी प्रदर्शनका कारण त्यहाँ कार्यरत बिदेशी नागरिकहरु सुरक्षाका कारण धमाधम घर फर्कन थालेका छन् ।

Wednesday, February 16, 2011

कतारमा बृह्रत् कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न

फागुन ४ ।
कतार नेपाली एकता समाजद्वारा आयोजीत बृह्रत् कार्यकर्ता प्रशिक्षण भेला ११ फरवरी २०११ मा सम्पन्न भएको छ । सभापति नरवहादुर थापाको ५ महिना देखि अलअमल हस्पीटलमा स्वास्थ्य उपचार चलिरहेको हुँदा कार्यबहाक सभापति हेमन्त वाईवाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको कलाधर घिमिरेद्वारा संञ्चालन गरिएको थियो । ज्ञात अज्ञात वीर शहिदहरु प्रति एक मिनेट मौनधारण गरिएको थियो भने हाम्रा भुतपर्ूव सभापति चन्द्रबहादुर नेपालीको श्रीमती तथा अखिल नेपाल महिला संघ दाङ्ग की सदस्य बर्ष३८ की स्वर्गीय इन्द्रमायाँ नेपाली अल्पायुमा नै असामयिक निधन हुनु भएकोमा उहाँको योग्दानको सम्मान गर्दै एक मिनेट श्रदान्जली अर्पन गरिएको थियो । त्यसै गरि कर्ण्र्ााेपालीले उहाँले संगठनलाई पुर्याएको योग्दानको बारेमा प्रष्ट पार्नु भएको थियो भने कृष्ण थापाले उहाँको सम्झनामा लेखिएको गीत प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथी तथा प्रशिक्षक अन्तर्रर्ााट्रय नेपाली एकता समाजको महासचिव राजेन्द्र श्रेष्ठ रहनु भएको थियो । भने अतिथिहरुमा भिमकान्त पन्थी, लक्ष्मी गुरुङ्ग, दावा लामा, उत्तम भण्डारी, लुमाकान्त पुन, इन्द्र थापा, प्रेम वि.क., का साथै संघीयता विरोधी संयुक्त मोर्चा कतारको तर्फाट प्रकाश शर्मा रहनु भएको थियो । का.वा. कोषाध्यक्ष टुकनाथ शर्माद्वारा सम्पर्ूण्ा उपस्थित साथिहरुलाई मन्तव्यबाट स्वागत गर्नु भएको थियो ।
एरिया प्रतिनिधिहरु खिमानन्द भण्डारी अलखोर रस्लाफान, टेकबहादुर वि.क. सनैया ए, पशुपती शर्मा सनैया डी, खिम बुढा दोहा, दामोदर पौडेल सनैया सी, सत्यबहादुर पुन सलता, दिलबहादुर परियार रियान, पुरुषोत्तम काफ्ले वक्रा, धनसिंङ महरा सनैया बी, का साथिहरुले आ­-आफ्नो एरियाको रिपोर्टहरु पेश गर्नु भएको थियो भने केही एरियाका साथिहरुले फोन मार्फ आफ्नो उपस्थिती जनाउनु भएको थियो ।

भेलालाई सम्वोधन गर्दै प्रशिक्षक श्रेष्ठले कतार नेपाली एकता समाजमा देखिएको कमिकमजोरी र त्यसको सुधारको बारेमा विभिन्न कार्यक्रम सहित प्रष्ट पार्नु भएको थियो । भने महासचिव भिमकान्त पन्थीले ठगदलाल सम्बन्धमा प्रशिक्षण दिनु भएको थियो । त्यसै गरि उत्तम भण्डारीद्वारा नेपालको लागि संघीयता ठिक कि बेठिक भन्ने विषयमा प्रशिक्षण दिनु भएको थियो । अन्तमा कार्यक्रमको समापन मन्तव्य संगै कार्यवहाक सभापति तथा यस कार्यक्रमको अध्यक्ष हेमन्त वाइवाले कतार नेपाली एकता समाद्वारा संञ्चालमा ल्याएको सहकारी संस्थाको बारेमा समय अभावका बावजुद पनि छोटकरीमा प्रष्ट पार्दै सौहार्दपूण वातवरणमा कार्यक्रमको समापन भएको घोषणा गर्नु भएको  नेपाल अरब ड  ट  कम् ले जनाएको छ
। 

लण्डनमा सडक दुर्घट्नामा परि घाइते भएका कृष्ण गुरुङको परिवारलाई सहयोग


फागुन ४ लण्डन   । गुरुङ समाज प्लमस्टिडले सडक दुर्घट्नामा परि घाइते भएका कृष्ण गुरुङको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।
तमुधी प्लमस्टिडका अध्यक्ष रि. क्याप्टेन नारायण गुरुङले एक कार्यक्रमबीच संकलित २ हजार एकसय ५ पाउण्ड गुरुङ परिवारलाई हस्तान्तरण गरेका हुन् । सो रकम संकलन गर्न नेपाली टेलिभिजनका प्रमुख मोहन गुरुङ तथा गुरुङ समाज प्लमस्टिडका अगुवाहरुले अग्रणी भूमिका निर्वाह गरेका थिए ।
गत साल डिपेण्डेन्ट भिषामा बेलायत आएका गुरुङ साउथ इष्ट लण्डन स्थित चाल्र्टनमा भएको दुर्घट्नामा घाइते भएका थिए । गत डिसेम्बर १ मा साइकलमा यात्रारत उनलाई कारले ठक्कर दिंदा उनी अचेत अवस्थामा थिए । घाइते गुरुङको बेलायतस्थित हृवाइट च्यापल अस्पतालमा उपचार भइरहेको छ । उनी अझै अचेत छन् ।
बारपाक गोर्खाका गुरुङका आमा शुकमाया गुरुङ तथा बुबा मंगल बहादुर गुरुङलाई सो रकम हस्तान्तरण गरिएको हो । श्याम शेरचनले गुरुङ परिवारलाई कानुनी प्रकृया तथा बीमा लगायतका विषयमा भइरहेका गतिविधि बारे जानकारी गराएका थिए । सो अवसरमा ५ सदस्यीय कृष्ण गुरुङ सहयोगार्थ चन्दा संकलन समिति समेत गठन गरिएको छ जसमा हरि गुरुङ, खड्ग गुरुङ, योगेश गुरुङ, गंगाराम गुरुङ तथा हिरा गुरुङ छन् । घाइते गुरुङका परिवारलाई समिति मार्फत सहयोग गर्न प्लमस्टिड गुरुङ समाजले अनुरोध समेत गरेको छ ।
प्लमस्टेड गुरुङ समाजको संयोजकत्वमा भएको रकम संकलन कार्यक्रमलाई डांडा गाउंले समाज तथा शिख कम्युनिटीका शुकविन्दर सिंहले समेत सहयोग गरेका थिए । यसअघि अस्वस्थ गुरुङको परिवारलाई एन आर एन युकेले पनि आर्थिक सहयोग गरेको थियो ।

बेल्जियममा रा.प्र.पा नेपाल बेल्जियम शाखा गठन


फागुन ४  बेल्जियम । गत साता बेल्जियममा सम्पन्न रा. प्र. पा प्रवासी संगठनको विशेष भेलाले सर्वसम्मत रुपमा रा. प्र. पा नेपाल बेल्जियम शाखा गठन गरेको छ । भेलाले सुरेन्द्रमान अमात्यको अध्यक्षतामा १७ सदस्यीय समिति चयन गरेको छ । 


जसमा उपाध्यक्ष त्रय विजय बिक्रम शाही, मदन सिंह तिमिल्सिना र श्रीमति जोन थापा, महासचिव दीपेन्द्र के.सी, सचिव दीप कुवार, कोषाध्यक्ष धिर्कबहादुर मल्ल छन् । त्यसैगरि सदस्यहरुमा महेन्द्र पन्त -मोहन), रीम रेग्मी, उमेश राज भण्डारी, विजय थापा, बुद्धी कुवार, धन बहादुर गुरुङ, कुमार गुरुङ, अनिल पौडेल र गोविन्द ज्वार चन्द छन् । भेलाले गोपाल सिंह थापा लाई संरक्षकका साथै राजन बस्नेतको अध्यक्षतामा सहदेव गौतम, बेनध्वज चौहान र रामचन्द्र पाठक सदस्य रहेको सल्लाहकार समिति समेत गठन गरेको छ ।
राजतन्त्र, संघीयता र हिन्दू राज्य जस्ता गहन विषयमा जनमत संग्रहको माग गर्दै आइरहेको रा. प्र. पा नेपाल निकट सो संगठनले देशमा राजा सहितको प्रजातन्त्र आवश्यक भएको र देशलाई भयावय दुर्घटनाबाट जोगाउन देश विदेश जताततैबाट आवाज बुलन्द गर्नुपरेकाले रा. प्र .पा नेपाल गठन गर्नुपरेको महासचिव दीपेन्द्र के. सीले जनाएका छन् ।

Tuesday, February 15, 2011

इरानमा पनि सरकार विरोधी प्रर्दशन

 ध्रुवराज खनाल फागुन ३ ।
इरानको राजधानी तेहरानमा सरकार विरोधी प्रर्दशनकारी र प्रहरीबीच भएको झडपले हिंस्रक रुप लिएको छ । प्रहरी र प्रर्दशनकारीबीच भएको झडपमा परि एक जनाको ज्यान गएको छ । झडपका क्रममा कैयौ प्रर्दशनकारीलाई नियन्त्रणमा लिएको र विपक्षी नेतालाई नजरवन्दमा राखिएको विविसिले जनाएको  छ ।  राजधानी तेहरान वाहेक इशफहान , मशाद र शिराज शहरमा पनि सरकार विरोधी प्रर्दशन भईरहेको अधिकारीहरुले वताएका छन् । इरानी जनताले गरेको प्रर्दशन र हिम्मतको अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टले प्रशंसा गर्नुभएको छ ।

Monday, February 14, 2011

इजिप्टमा संसद भङ्ग भएको घोषणा

एस बि गौतम  फागुन २ ।
इजिपटका सैन्य अधिकारीहरुले संविधान निलम्बन गर्नुका साथै संसद भङ्ग भएको घोषणा गरेका छन् । अधिकारीहरुले दिएको बयान अनुसार आगामी ६ महिनासम्ममा सर्वोच्च सैन्य काउन्सिलको हातमा सत्ता रहने छ । देशमा नयाँ संबिधान बनाउनको लागि एक समिति समेत गठन गरिएको बीबीसीले जनाएको छ । यसैबीच पूर्व राष्ट्रपति होसनी मुबारकको सम्पतिको बारेमा अन्तरराष्ट्रिय  समुदायले चासो ब्यक्त गरेको छ । मुबारकको अबैध सम्पति सबै देशले मिलेर पत्ता लगाउनु पर्ने ब्रिटेनले बताएको छ । स्विटजरल्याण्डले आफ्नो देशमा समेत मुबारकको खाता रहेको शङ्का गर्दै सबै खाता बन्दको घोषणा यसअघि नै गरिसकेको छ । ब्रिटिश सरकारका व्यवसायमन्त्री विंस केबलले मुबारकको सम्पति अबैध रुपमा रहेको भन्दै खोजबिन गर्नु र्ने बताएका छन् । मुबारकको सम्बन्ध ब्रिटेनमा भएको र त्यहाँ पनि अबैध सम्पति हुन सक्ने अनुमान गरिएको छ ।

Thursday, February 10, 2011

कोरियामा पर्यटन वर्षको प्रचारप्रसारमा नेपाली युवकको सक्रीयता

सुजीता न्यौपाने । 
माघ २७,  मकवानपुर ।
हेटौँडाका एक युवक कोरियामा नेपाल पर्यटन वर्ष २०११ को प्रचारप्रसार गर्न जुट्नु भएको छ । हेटौँडा–४ का सुकुन्द आचार्यले आफ्नो विदाको समय सदुपयोग गरेर नेपाल पर्यटन वर्षको प्रचारका लागि कोरियाको बुसान सहरको चोकमा स्टल राख्नु भएको हो । २ वर्षअघि इपिएस कोटा अन्तरगत कामका लागि कोरिया पुग्नुभएका उहाँले कोरियाली नयाँ वर्षको अवसरमा दिईने ५ दिने विदाको सदुपयोग गर्दै नेपाल सम्बन्धी प्रचारप्रसारका लागि स्टल राखेको उहाँले वताउनुभयो । उहाँले कोरियाली र विभिन्न देशबाट बुसान सहर आईपुगेकाहरुलाई नेपाल घुम्न जान आग्रह गर्ने गरेको बताउनुभयो । माघ २२ गतेदेखि स्टल राखेर प्रचार थालिएको स्टलमा नेपालबारे जानकारी लिन पर्यटक र स्थानीयहरुको भीड बढेको छ ।

Saturday, February 5, 2011

इजिप्टमा सत्ता हस्तान्तरणको संकेत


माघ २२ ।
इजिप्टमा भएको बिरोध प्रदर्शनको लामो श्रृङ्खलापछि सत्ता हस्तान्तरणको संकेत देखिएको अधिकारीहरुले बताएका छन् । इजिप्टमा एका तर्फ राष्ट्रपति होसनी मुबारकको बिरुद्वमा प्रदर्शन जारी रहेको छ भने अर्कोतर्फ सरकारी अधिकारीहरुले राष्ट्रपति मुबारकले अँझै आफ्नो पद नछोड्ने बताए पनि सत्ता हस्तान्तरणको संकेतमा प्रगति भएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजिप्टमा बिधिवत रुपमा सत्ता परिवर्तन हुनु पर्ने  र यस्को सुरुवात तत्कालै गर्नु पर्ने बताउनु भएको छ । ओबामाले राष्ट्रपति मुबारकलाई सही निर्णय गर्न अपील गर्नु भएको छ । अमेरिकी अधिकारीले सत्ता हस्तारणको बिषयमा भएको छलफलमा उल्लेखनीय प्रगति भएको बताएका छन् ।

Monday, January 24, 2011

पूर्व गोर्खाभित्रै मतभेदः गेसोले देवान समुहविरुद्ध मुद्दा हाल्ने


धर्मराज अधिकारी /  माघ १०, बेलायत । 
  गोर्खा भुपु सैनिक संघ गेसोका अध्यक्ष पदम बहादुर गुरुङ्गले गद्धारहरुका कारण भुपु गोर्खाहरुले समान पेन्सन पाउन नसकेको बताउनुभएको छ ।
गेसो प्लमस्टिड एकाइले मंगलबार विलविचस्थित लण्डन इन्जिनियरीङ्ग कलेजमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहांले यस्तो बताउनुभएको हो । कानुनी सल्लाहाकार गोपाल सिवाकोटी गद्धार भएको बताउंदै उहांले सिवाकोटीकै कारण गेसोका धमिराहरु पाखा लागेको जिकीर गर्नुभयो । उहांले सिवाकोटीलाई गद्धार घोषित गरी कार्वाही गरिसकेको जानकारी दिनुभयो । सिवाकोटीले बृटिश गोर्खा र नेपालकै विरोधमा कम गरेकाले उनीजस्ता गद्धार आवश्यक नभएको स्पष्ट पार्नुभयो ।
गेसोलाई बेलायत तथा नेपाल सरकारले समेत दावा गर्न नसक्ने भन्दै उहांले टिकेन्द्र देवानजस्ताले केहि गर्न नसक्ने बताउनुभयो । गेसो संयुक्त राष्ट्रसंघ, एसिया प्यासीफिक तथा बेलायतको अदालतदेखि दरबारसम्म जीबित रहेको जनाउंदै गुरुङ्गले बहुलाहरुले मात्र गेसोलाई दावा गर्ने जानकारी दिनुभयो । गेसोलाई स्वार्थका लागि दावा गर्ने देवान लगायतलाई मुद्दा हाल्ने तयारीमा आफुहरु रहेको उहांले जानकारी दिनुभयो ।  देवान समुहका बिचरा गोर्खाहरुलाई कार्वाही गर्न गेसो बाध्य भएको उहांको भनाई थियो । उहांले उनीहरुलाई कार्वाही गर्ने मन नहुंदा नहुंदै पनि वाध्यतावस कार्वाही गर्न परेको बताउनुभयो ।
अदालतमा पेश गर्नै नहुने गोर्खा घाती मुद्दाहरु हालेर देवानले गोर्खाहरुको विरोधमा काम गरेको जानकारी दिनुभयो । हाँस्यस्पद मुद्दाहरु हालेर देवानले गोर्खाहरुको मुद्दा अपीलसम्म नहुने वातावरण बनाएको बताउंदै अध्यक्ष गुरुङ्गले यस्तालाई छाड्न नहुने जिकीर गर्नुभयो । इतिहासले समेत देवान जस्ता घातीहरुलाई माफी नदिने बताउनुभयो ।
प्लमस्टिड शाखाका का. वा सभापति डम्बर काजी गुरुङ्गको सभापतित्वमा भएको सो कार्यक्रममा सयौं गोर्खा परिवारहरु उपस्थित थिए । सो अवसरमा केन्द्रीय महासचिव महेन्द्र लाल राई, डा. चन्द्र बहादुर गुरुङ्ग, मेजर मन बहादुर गुरुङ्ग लगायतले गोर्खाहरुको बारेमा बोल्नुभएको थियो ।
सर्वराज राईले संचालन गर्नुभएको कार्यक्रमको स्वागत मन्तव्य सिचव डोलमान गुरुङ्गले गर्नुभएको थियो ।