Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

Tuesday, April 24, 2012


नेपालमा बर्सेनि तीन हजार औलो रोगी 
काठमाण्डौ वैशाख १२ । 
नेपालमा सन् १९७८ देखि औलो उन्मूलन कार्यक्रम सञ्चालन गरिए पनि बर्सेनि करिब तीन हजार औलो रोगी भेटिने गरेको स्वास्थ्यसेवा विभागले जनाएको छ । सन् २०१६ सम्म औलो सर्ने डरलाई कम्तीमा पनि ९० प्रतिशतले कम गर्ने लक्ष्य राखिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. जिबी ठाकुरले बताउनुभयो । ‘औलो ग्रसित क्षेत्रलाई जोखिमका आधारमा वर्गीकरण गरी रोगको शीघ्र निदान र तत्काल नेपालका तराई क्षेत्रका १३ जिल्ला औलोको जोखिममा छन्  । 

असार, साउन र भदौ महिनामा यो रोग बढी देखिने गर्छ । देशमा ३१ जिल्लामा हालसम्म करिब २२ लाख विषादीयुक्त झुल वितरण गरिसकिएको छ । नेपाल र भारतबीचको खुला सिमानाबाट आयातीत औलो बिरामी, औषधिको प्रतिरोध, औलोको शीघ्र परीक्षण सामग्रीको जथाभाबी प्रयोग र आवश्यक कानुनको अभाव नै औलो उन्मूलनका प्रमुख चुनौती रहेको निर्देशक डा. ठाकुरले जानकारी दिनुभयो ।

 विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००८ देखि विश्व औलो दिवस मनाउन थालिएको हो । भोलि मनाउन लागिएको यस वर्षको विश्व औलो रोगविरुद्वको दिवसको नारा ‘उपलब्धि जोगाउँदै जीवन रक्षा गर्न औलोमा लगानी गरौँ’ भन्ने नारा तय गरिएको छ ।

Tuesday, April 17, 2012

चौथो दिनसम्ममा अवकाश रोज्नेको सङ्ख्या पाँच हजार ८०


काठमाण्डौ,वैशाख ५ । 
पुनर्वर्गीकरणको काम सुरु भएको चौथो दिनसम्ममा स्वेच्छिक अवकाश रोज्ने लडाकुको सङ्ख्या पाँच हजार चार सय ८० पुगेको छ । विभिन्न शिविरमा गरेर समयोजन रोज्ने लडाकुहरुको सङ्ख्या चार हजार दुई सय २५ छ । पुनर्वर्गीकरणको काम नसकिएकोले समायोजनमा जाने लडाकुको सङ्ख्या अझ घट्ने लडाकु रेखदेख, समायोजन तथा पुनस्थापना विशेष समिति मातहतको सचिवालयले जनाएको छ । 

आज दिनभरमा ७ ओटै लडाकुका मुख्य शिविरमा पुनर्वर्गीकरणको कामसक्ने तयारी भएको सचिवालय संयोजक बालानन्द शर्माले सीआईएनलाई जानकारी दिनुभयो । उहाँका अनुसार कैलालीको लडाकु शिविरमा बाहेक अन्य शिविरमा पुनवर्गीकरणको काम प्राय सकिएको छ । प्राविधिक समस्याका कारण केही शिविरमा थोरै लडाकुको पुनर्वर्गीकरणको काम बाँकी रहेको र आजै टुङ्गो लगाउने प्रयास भइरहेको पनि संयोजक शर्माले बताउनुभयो । कैलालीको सातौँ डिभिजनमा पुनर्वर्गीकरणको काम सकिए आजै समायोजन रोजेका लडाकु र हतियार नेपाली सेनाको जिम्मा लगाउने तयारी भएको छ ।

Monday, April 11, 2011

संविधानसभा विघटन गर्ने कसरत हुँदैछ: भट्टराई

चैत २८ धादिङ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले संबिधान नबनाई संबिधानसभा विघटन गर्ने कसरत भइरहेको बताउनु भएको छ । अचने उच्च माध्यमिक विद्यालय त्रिपुरेश्वर ३ खहरे धादिङको स्वर्ण महोत्सवको समापन कार्यक्रममा बोल्दै भट्टराईले संबिधान नबनाई संबिधानसभा विघटन गर्ने हरकत आफूहरुलाई मान्य नहुने चेतावनी दिनुभयो । 

संबिधानसभा विघटन गरिए देश दुर्घटनामा फस्ने भन्दै उहाँले यसको जिम्वेबारी कसले लिन्छ भनेर प्रश्न गर्नुभयो । पछिल्लो समयमा देशलाई प्रतिगमन तर्फ धकेल्ने प्रयत्न भइरहेको उहाँको भनाई थियो । संघियता, गणतन्त्र, धर्म निरपेक्षता र संबिधानसभा माओवादीको एजेन्डा भएकाले माओवादीकै नेतृत्वमा यी प्रक्रिया पुरा हुनुपर्नेमा अन्यदलले त्यसो हुन नदिएको उहाँको भनाइ थियो। 

शान्ति र संबिधान भन्दा ठूलो कुरा केहि नभएको बताउनु भएका भट्टराईले संबिधानसभाबाट जनताले चाहेजस्तो संबिधान जारी गर्नुपर्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका भट्टराईले अहिलेको सरकारको मुख्य जिम्वेवारी शान्ति र संबिधान भएपनि सरकारले त्यस दिशामा केहि प्रगति गर्न नसकेको बताउनु भयो । गठन भएको दुई महिना बितिसक्दा पनि सरकारले पूर्णता नपाएको भन्दै उहाँले सरकारले जनताको पक्षमा केहि गर्न नसकेको दावी गर्नुभयो । आफू अर्थमन्त्री हुँदा शान्ति प्रक्रिया संगै आर्थीक

क्रान्तिलाई पनि अघि बढाउने प्रयास गरेको स्मरण गर्दै पूर्व अर्थमन्त्री भट्टराइले आफ्नो पार्टीले राजनीतिक र आर्थीक क्रान्तिलाई संग–संगै अघि बढाउन चाहेको बताउनु भएको छ ।

प्रधानमन्त्री झलनाथ खनालद्धारा मन्त्रीमन्डल विस्तार गर्दै


 चैत २८ काठमाण्डौं ।प्रधानमन्त्री झलनाथ खनालले आज आफ्नै पार्टीका तर्फबाट मात्रै केही नयाँ मन्त्रीहरु थप गरी मन्त्रीमन्डल विस्तार गर्दै हुनुहुन्छ । एकीकृत नेकपा माओवादीले तत्काल थप मन्त्री हुनेको नामावली बुझाउने सम्भावन नदेखिएपछि प्रधानमन्त्रीले आज सानै आकारको भए पनि मन्त्रीमण्डल विस्तार गर्न लाग्नुभएको प्र्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ । 

नेकपा एमालेका तर्फबाट गोकर्ण विष्ट उर्मिला अर्याल रघुवीर महासेठ भानुभक्त जैसी र युवराज कार्की वा नरेश खरेलमध्ये एकजना मन्त्री हुने पक्का भएको छ । एमालेका तर्फबाट थपिने मन्त्रीहरुलाई प्रधानमन्त्रीले आजै सपथ गराउनुहुने छ । सत्ता गठबन्धनमा एमालेलाई ८ मन्त्रालय दिने सहमति भएको थियो । 

गएको माघ २० गते प्रधानमन्त्री चयन भए पनि सरकारले अझै पनि पूर्णआकार भने पाउने सकेको छैन ।

Sunday, April 10, 2011

शान्ति र संविधानका लागि मुख्य तीन ठूला दलहरु जिम्मेवार नभएको गच्छदारको आरोप

  चैत २७ वीरगन्ज । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय अध्यक्ष विजयकुमार गच्छदारले शान्ति र संविधानका लागि मुख्य तीन ठूला दलहरु जिम्मेवार नभएको आरोप लगाउनुभएको छ ।

रिपोर्टस्र क्लब पर्साले  आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्ना धारणा राख्दै अध्यक्ष गच्छदारले साना राजनीतिक दलहरु शान्ति र संविधानप्रति गम्भीर भएपनि ठूला दलका कारण थपिएको समय जेठ १४ मा पनि नयाँ संविधान जारी हुने सम्भावना कम रहेको बताउनुभयो ।

उहाँले आफूहरु जेठ १४ मा नै नयां संविधान जारी हुनुपर्छ भन्ने अडानमा रहेको बताउनु हुँदै यदि म्याद थप्ने हो भने शान्ति र संविधानको ग्यारेन्टी हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले जन्मदैमा अपाङ्ग बनेको वर्तमान सरकारले शान्ति र संविधान जारी गर्नेमा आफूहरु विश्वस्त हुन नसकेको बताउँदै शान्ति र संविधानका लागि सुनिश्चित भएमा मात्रै आफूहरु संविधानसभाको म्याद थप्न तयार रहेको सङ्केत गर्नुभयो ।

गच्छदारले सरकार निर्माणको क्रममा एमाओवादी र एमालेबीच भएको सातबुँदे सहमति खारेज हुनुपर्ने बताउनुभयो। 

Saturday, April 9, 2011

एक साता भित्र सरकारले पूर्णता पाउने मन्त्री पुनको भनाइ

 चैत २६ कपिलवस्तु। युवा खेलकुद तथा शान्तिमन्त्री वर्षमान पुनले राष्ट्रपति र प्रधानमन्त्रीलाई कार्यकारी अधिकार बाड्ने गरी शासकीय स्वरुपको मिश्रित प्रणालीमा सबै दलको सहमति रहेको बताउनुभएको छ । नेपाल स्काउटको आजदेखि तौलिहवामा सुरु भएको दुईदिने राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै मन्त्री पुनले अल्पमत र बहुमतको खेलबाट मुक्त नहुँदासम्म संविधान बन्न नसक्ने बताउनुभयो । 


सेना समायोजनको चारवटा मोडालिटीमा छलफल भइरहेपनि उपयुक्त विधि निश्चित गर्न नसकिएको बताउदै मन्त्री पुनले यसै हप्ता सरकारले पूर्णता पाउने दाबी गर्नुभयो । नेपाल स्काउटले राजनीतिक परिवर्तनलाई संस्थागत गर्नसक्ने बताउँदै उहाँलॆ राष्ट्र भक्ति तथा स्वाधीनतालाई मूल मन्त्र ठान्ने स्काउटलाई वर्तमान सरकारले दीर्घकालीन नीति तयार गरी अगाडि बढाउने बताउनुभयो । 



शिक्षा सचिव शङ्कर पाण्डेले शिक्षामा देखिएका समस्यालाई हटाउन स्काउट शिक्षाको अपरिहार्यतामा जोड दिनुभयो । त्यस्तै कार्यक्रममा युवा तथा खेलकुद सचिव सुशीलजंग राणाले राष्ट्र निर्माणमा स्काउटले पनि योगदान पुर् याउने बताउनुभयो ।नेपाल स्काउटका आयुक्त श्रीराम लामिछानेले प्रत्येक विद्यालयमा एउटा स्काउट युनिटको स्थापना गर्नुपर्ने माग गर्नुभयो ।



देशको ७५ जिल्लामा शाखा रहेको स्काउटको ४२ हजार सदस्य रहेका छन् ।

माओवादी शान्ति प्रकि्या र संविधानप्रति प्रतिवद्ध र इमान्दार भए मुलुकले एक महिनामै संविधान पाउने कांग्रेस सभापती कोइरालाको दावी


कुल तामाङ चैत २६ नुवाकोट ।नेपाली कांग्रेसका सभापती शुशिल कोइरालाले माओवादी प्रतिवद्ध र इमान्दार भए मुलुकले एक महिना भित्रमा संविधान पाउने बताउनुभएको छ । 


शान्ति प्रकि्रया र संविधान निर्माणका लागी माओवादीले विश्वासका वातावरण बनाउनु नसक्नु नै सबैभन्दा ठुलो समस्या भएको उहाले बताउनुभयो । हरेक विवादमा माओवादी जोडिएको दाबी गर्दै सभापति कोइरालाले उनीहरुले इमान्दारिता नदेखाउदा शान्ति प्रकि्रया र संविधान निर्माण कार्य अन्योलमा परेको बताउनुभयो । 



सम्विधानसभाको निर्वाचन भएको दुईवर्ष वितीसकेको अवस्थामा माओवादीले हतियारको राजनिती छाड्न नसकेको बताउदै माओवादीले शान्ति प्रकि्याका लागी कव्जा सम्पती फिर्ता वाईसिएल अर्धसैनिक दस्ताको अन्त्य गर्नुपर्ने बताउनुभयो । 



२०४६ को जनआन्दोलन दिवसको अवसर पारेर स्व। गणेशमान सिहको सम्झनामा नेपाली कांग्रेस नुवाकोटले आयोजना गरेको जनजागरण अभियानका क्रममा आज विदुरमा आयोजित कार्यक्रममा वोल्दै कोइरालाले लोकतान्त्रिक सम्विधानमा प्रजातन्त्र कानूनी शाषन र मानव अधिकारीका लागी कांग्रेसका माओवादीको पछि नलाग्ने बताउनुभयो । 



सभापती कोइरालाले सम्विधान लेखनका लागी काग्रेस नेता गिरीजाप्रसाद कोइराला पछि माओवादीमा नेतृत्वको जिम्मेवारी सरेको तर माओवादीले जिम्मेवारीलाई इमान्दारीता देखाउन नसक्दा पुनः त्यो जिम्मेवारी कांग्रेसमा सरेको वताउनुभयो । कांग्रेस जिम्मेवारी र इमान्दारी वहन गर्ने पार्टीको रुपमा विस्तार गर्न सभापती कोइरालाले पार्टी भित्र नयाँ सिस्टम लागु गर्न तयार रहेको जानकारी दिदै सहयोगका लागी केन्द्रिय सदस्यहरुलाई आग्रह गर्नुभयो । 



कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिह केसीले कांगेसलाई दुस्मन देख्ने सोच माओवादीको सामन्तवादी सोच भएको वताउनुभयो । कांगेसले २००७ सालदेखी गणतन्त्रको पक्षमा आन्दोलन गरेको दावी गर्दै केन्द्रिय सदस्य केसीले माओवादीले आफ्नो हिंसात्मक आन्दोलनमा गणतन्त्रको उच्चारण कहिले नगरेको दावी गर्नुभयो । 



कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य डा. प्रकाशशरण महत गगन थापा धनराज गुरुङ मिन विश्वकर्मा राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल पत्रकार लवराज लम्साल लगायतका नेताहरुले माओवादी इमान्दारी साथ प्रस्तुत नहुदा जेठ १४ भित्र सम्विधान आउन नसक्ने अवस्थाको श्रृजना हुन थालेको वताएका छन । 



कांग्रेस नुवाकोटका सभपति जगदिश्वरनरिसंह केसीको सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रममा जिल्लाका ६१ गाउ इकाई समिति क्षेत्रिय समिती भातृ संगठन र जिल्ला समितीका गरी तीन सय कार्यकर्ताको सहभागीता रहने कांग्रेसले जानकारी दिएको छ । प्रशिक्षण भोली सम्म चल्ने छ ।

Friday, April 8, 2011

माओवादी पार्टी फुट्न लाग्यो भन्ने हल्ला अतिरञ्जित: डा.बाबुराम भट्टराई

चैत २५  सुर्खेत। एकिकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले माओबादी पार्टी फुट्न लागेको भन्ने हल्ला अतिरञ्जित भएको टिप्पणी गर्नुभएको छ । क्रान्तिकारी पत्रकार संघ सुर्खेतले शुक्रबार  वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा उहाँले क्रान्तिकारी पार्टीभित्र हुुने स्वभावीक बहसलाई लिएर पार्टी फुट्न लाग्यो भनि जनता र कार्यकर्तामा आतंक फैलाउन खोजिएको दावि गर्नुभयो । 

केही माओवादी नेताको मोवाइलमा बाबुरामले पार्टि फुटाउन खोजेको भनि म्यासेज गरिएको प्रसङ्गमा उपाध्यक्ष भट्टराइले सत्ताधारी प्रवृत्ति भएकाहरुले आफ्नो बदनाम गराउन खोजेको आरोप लगाउनुभयो । उहाँले संविधान जारी गर्ने समय नजिकिँदै गर्दापनि दलहरु गम्भिर नभए देशमा संवैधानिक रिक्तता भई राष्ट्रपति वा सेना मार्फत प्रतिगमनकारी गतिविधी हुने खतरा बढेको टिप्पणी गर्नुभयो ।

 संविधान सभाको विघठन गरि गणतन्त्र, संघीयता,धर्म निरपेक्षता लगाएतका उपलब्धिको रक्षा गर्नका लागि सबै राजनीतिक दलहरु लाग्नुपर्नेमा उपाध्यक्ष भट्टराइले जोड दिनुभयो। 

सहमतिको संविधान मात्रै सम्भव: उपप्रधानमन्त्री महरा

अस्मिता खनाल
 चैत २५ पोखरा उपप्रधान तथा संचार मन्त्री कृष्ण महादुर महाराले राजनितिक सहमति भए मात्रै जेठ १४ गते संविधान जारी गर्न सकिने वताउनभुएको छ । प्रक्रियागत र संवैधानिक ढङ्गबाट भने जेठ १४ मा संविधान जारी गर्न सम्भव नभएको महाराले वताउनुभयो । 

रेडियो गण्डकी तथा गण्डकी टेलिभिजनले आयोजना गरेको गण्डकी माछापुच्छ्रे वेस्टर्न युनियन लोकदोहोरी तारा घोषणा गर्ने कार्यक्रममा सहभागी हुन पोखरा आउनुभएका महराले क्रान्तिकारी पत्रकार संघले आज विहान गरेको पत्रकार सम्मेलनमा यस्तो वाताउनुभएको हो ।

 जेठ १४ गते नै संविधान जारी गर्ने पक्षमा माओवादी रहेपनि दलहरुबीच राज्य पुर्नंरचना, शाशकीय स्वरुप, निर्वाचन प्रणाली लगायतका विषयमा जटिल विवादहरु कायम रहेको महारले बताउनुभयो । संविधान निर्माणका लागि दलहरु सहमतिमा आउनुपर्ने भन्दै महराले संविधान सभाको म्याद थप गर्ने पक्षमा भने माओवादी नरहेको प्रष्ट पार्नुभयो । सेना समायोजन र रि ग्रुपिङको प्रक्रिया अघि वढाउन माओवादी तयार रहेको तर मापदण्ड र मोडालिटीमा विमति रहेको पनि महाराले वताउनुभयो । 

सरकारले १/२ दिनमै पुर्णता पाउने दावी गर्दै महारले संविधान जारी गर्न मिल्ने गरी २ तिहाई को समर्थनमा सरकारले पुर्णता पाउने जिकिर समेत गर्नुभयो । सहमति अनुसार गृह मन्त्रालय माओवादीले नै पाउने पनि महराले दोहोर्याउनुभयो ।


मन्त्रीपरिषदलाई पूर्णता दिने विषयमा प्रयास जारी


चैत २५ काठमाडौं प्रधानमन्त्री चयनको २ महिना वितिसक्दा पनि मन्त्रीपरिषद्लाई पूर्णता दिने प्रयास अझै टुंगिएको छैन । यसै विषयमा छलफल गर्न आज बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले सक्दो चाँडो निचोडमा पुग्ने निष्कर्ष निकालेको छ । 

सिंहदरबारमा करीब १० मिनेट जति बसेको बैठकमा यस अघि भएको सैद्धान्तिक सहमतिमाथि थप छलफल भएको मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । संक्षिप्त बैठकमा माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका तर्फबाट अध्यक्ष एवं प्रधानमन्त्री झलनाथ खनाल सहभागि हुनुहुन्थ्यो ।

 प्रधानमन्त्री खनालले एकदुई दिनमा भागवण्डा मिल्ने र मन्त्रीमण्डल विस्तार हुने बताउनुभयो ।

Thursday, April 7, 2011

पार्टी फुटाउन विश्व नै लागेको एकीकृत माओवादी अध्यक्ष प्रचण्डको दाबी

चैत २४ काठमाडौं। एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी फुटाउन विश्वभरकै शक्ति लागिरहेको दाबी गर्नुभएको छ । प्रचण्डले नेपाल वा छिमेकी मुलुकमा होइन विश्व शक्ति नै माओवादी फुटाउन लागेको दाबी गर्नुभयो ।

पाँचौ जनआन्दोलन दिवस मनाउन आज काठमाण्डूको वसन्तपुरमा माओवादीले गरेको सभालाई सम्बोधन गर्दै प्रचण्डले मिडियाहरु पनि माओवादीलाई कुनै न कुनै तरिकाले फुटाउन लागेको आरोप लगाउनुभयो। आफ्नो पार्टीलाई उडेको चिलको संज्ञा दिंदै उडेको चिल कहिल्यै भुईंमा नबस्ने बरु अझ बढी उड्ने दाबी गर्नुभयो । अरु पार्टीलाई भने प्रचण्डले भुईमै बस्ने कुखुरा भनी टिप्पणी गर्नुभयो । अध्यक्ष प्रचण्डले माओवादी शान्ति र संविधानको पक्षमा रहेको भन्दै त्यसविरुद्ध षड्यन्त्र भए फेरि आन्दोलनमा जाने चेतावनी दिनुभयो । तर सबै देशभक्तहरु एक भए समयमै संविधान लेख्न सकिने बताउनुभयो ।

माओवादीले जनआन्दोलन दिवसका अवसरमा आज काठमाण्डू लगायत देशभर सभा गरेको हो ।

शान्ति प्रकृया टुंगोमा पुगेपछि १५ दिनमा संविधान :कांग्रेस सभापति कोइराला


चैत २४ सिरहा। नेपाली कांग्रेसका सभापति शुशिल कोईरालाले ४ वर्षदेखि निरन्तर बहस भईरहेकोले संविधान लेखनको अधिकतम कार्य सम्पन्न भईसकेकोले जेष्ठ १४ भित्रै संविधान जारी गर्न सकिने बताउनु भएको छ । तर त्यसको लागि नेपाली कांग्रेसको एक मात्र शर्त हो, 'माओवादीले शान्ति प्रकृयालाई पुरा गर्नुपर्छ' । उहाँले भन्नुभयो शान्ति प्रकृया टुंगोमा पुगेपछि १५ दिनमा संविधान लेखन कार्यपुरा गर्न सकिन्छ ।

सिरहाको ग्रामीण क्षेत्र दुर्गापुर पुग्नु भएका सभापति कोईरालाले रिपोटर्स क्लव सिरहा शाखाद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले संविधान समयमा नबन्ने कुराको कल्पना नै गर्न नहुने बताउनुभयो ।

राष्ट्रपति शासन लाग्नुपर्ने उपराष्ट्रपति झाको भनाइ

चैत २४ काठमाडौं । परमानन्द झाले राजनीतिक दलहरुले समसामयिक विषयमा निकास दिन नसके राष्ट्रपति डा रामवरण यादवले निकास दिनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले उपराष्ट्रपतिको कार्यकक्षमै बिहीवार  गरेको साक्षात्कारमा उहाँले राजनीतिक दलहरुले जिम्मेवारी पुरा गर्न नसके अन्तरिम संविधानले संरक्षकको रुपमा हेरेको राष्ट्रपतिले जिम्मेवारी पुरा गर्नुपर्ने धारणा राख्नुभयो ।

दलहरुले दायित्व पूरा गर्न नसके मुलुकलाई अस्तव्यस्त छाड्न मिल्दैन कोही त अगाडि आउँनै पर्छ नी उहाँको तर्क थियो । भावी संविधान कस्तो बन्ने भन्ने निक्र्यौल भईनसकेको अवस्थमा जेठ १४ गतेभित्र मुलुकमा नयाँ संविधान जारी हुन नसक्ने उहाँले ठोकुवा गर्नुभयो ।

उपराष्ट्रपतिले बैशाख महिनाभित्रमा विवादित विषयमा सहमति बने संविधान लेखेर जारी गर्न आवश्यक एक दुई महिनाको समय थप्न सकिने स्पष्ट पार्दै विवादित विषयमा सहमति नबेको अवस्थामा संविधानसभाको म्याद थप्नुको अर्थ नहुने तर्फ संकेत गर्नुभयो ।

उहाँले नेपाली जनताले संविधान बन्छ भन्ने विश्वास गर्ने आधार तयार हुने गरी विवादीत विषयमा सहमति जुटे संविधान लेखन र पारित गरि जारी गर्ने लामो प्रक्रियाको लागि समय थपिए नेपाली जनताले स्विकार गर्ने नत्र नमान्ने धारणा राख्नुभयो ।

एकीकृत माओवादीले देशव्यापी सभा गर्दै

चैत २४ काठमाण्डु ।
एकीकृत नेकपा माओवादीले आज देशभर प्रदर्शन र सभा गरिरहेको छ । जनआन्दोलन दिवसका दिन माओवादीले आज शान्ति र संविधानका लागि भन्दै देशव्यापी कार्यक्रम गरेको हो ।  यसैक्रममा अहिले काठमाण्डूको खुलामंचमा पनि कार्यक्रम भइरहेको छ । काठमाण्डुको सभालाई  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित केन्द्रीय नेताहरुले सम्वोधन गर्दैहुनुहुन्छ । त्यसअघि उपत्यकाको विभिन्न ठाउँबाट जुलुस निस्किएको थियो । माओवादी प्रवक्ता दिनानाथ शर्माले शान्ति प्रक्रिया पुरा हुन नदिन र संविधानका विपक्षमा षड्यन्त्र भइरहेकाले देशब्यापी सभा गर्न लागेको जानकारी दिनुभयो ।
जनआन्दोलन दिवसको अवसर पारेर सभा गर्न लागे पनि शान्ति र संविधानमा केन्द्रित हुने शर्माले बताउनुभयो । सभाका लागि केन्द्रीयस्तरका माओवादी नेताहरु देशभरि खटिएका छन् । यसैबीच नेपाली कांग्रेसले पनि जनआन्दोलन सुरु भएको दिनको सम्झनामा विभिन्न ठाउँमा सभा गर्दैछ । आज चैत २४ गते जनआन्दोलन सुरु भएको दिनका रुपमा मनाईंदैछ । २०४६ साल चैत २४ गते आजै दिन पञ्च्याती व्यवस्था विरुद्ध निर्णायक आन्दोलन सुरु भएको थियो । त्यस्तै ०६२/६३ को जनआन्दोलन पनि आजकै दिनबाट निर्णायक रुपमा सुरु भएको थियो । १९ दिन लामो जनआन्दोलनका क्रममा २५ जना शहिद हुनु परेको थियो । आजकै दिनमा नेपालीले पटक–पटक प्रजातन्त्रको लागि संघर्षको सुरुवात गरेकोले पनि स्वतन्त्रता प्रेमीहरूले आजको दिनलाई विषेश महत्वका साथ संझने गर्दछन् । आज केहीले जनआन्दोलन दिवसका रुपमा पनि मनाउने गरेका छन् ।

अन्तराष्ट्रियसम्बन्ध र विदेश नीति परिवर्तन जरुरीः प्रधानमन्त्री

सुशील पन्त चैत २४ काठमाडौ ।
प्रधानमन्त्री झलनाथ खनालले राजतन्त्रवाट गणतन्त्रमा प्रवेश गरेको अबस्थामा अन्तराष्ट्रियसम्बन्ध र विदेश नीति परिवर्तन जरुरी रहेको बताउनुभएको छ । व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिमा प्रधानमन्त्री खनालले पञ्चशीलका सिद्धान्तका आधारमा परराष्ट्र नीति संचलन गर्ने सरकारको नीतिका आधारमा अन्तराष्ट्रिय सम्बन्धलाई व्यापक बनाउने सोच रहेको बताउनुभएको हो । भू राजनीतिक अवस्थितिका कारण पनि नेपालले तटस्थता र असंलग्न परराष्ट नीतिलाइ निरन्तरता दिएर अघि बढन चाहेको उहाँले बताउनुभयो । 
मुलुक संक्रमणकालवाट गुज्रिरहेको समयमा आपराधिक समूहले शान्ति सुरक्षमा चुनौति दिन खोजे पनि संक्रमणकाललाई सिरानी लगाएर हुने घटना नियन्त्रण गर्न सरकार सतर्क रहेको प्रधानमन्त्रीले दावी गर्नुभयो । सरकारले हिजो मात्र नेकपा विद्रोही नामक हतियारधारी समूहलाई नियन्त्रणमा लिएको र समग्र शान्ति सुरक्षालाई सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानमन्त्री खनालले खुल्ला सीमानालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने सम्बन्धमा राष्ट्रिय नीति बनाउन जरुरी रहेको पनि बताउनुभयो । खुला सीमानालाई व्यवस्थित गर्न भारत सरकारको सहयोगको अपेक्षा गरिएको र यसमा भारत पनि सकारात्मक रहेको उल्लेख गर्नुभयो ।
परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री खनालले मेसिन रिडेवल पासपोर्ट एमआरपी वितरणलाइ सहज बनाउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताउनुभयो । अहिलेसम्म परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक १५८, विशेष ९७५ र साधारण ८० हजार ३ सय ६९ जनालाई वितरण गरिसकिएको छ । केन्द्रबाट भइरहेको वितरणलाई विकेन्द्रित गर्ने सरकारको सोचाइ रहेको पनि प्रधानमन्त्रीले बताउनुभयो ।
नेपाली काङ्गे्रसका नविन्द्रराज जोशीले माओवादी लडाकूको समायोजन नहुँदा लडाकुले विद्रोह गर्ने र शान्ति सुरक्षमा खलल आउने बताउनुभयो । राजधानीमै ठूलो मात्रामा हतियार भेटिएको घटनाले मुलुकमा हतियारको खरिदविक्रि डरलाग्दो ढंगले भइरहेको टिप्पणी गर्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । 
एकीकृत नेकपा माओवादीका सावित्रिकुमार काफ्लेले गृहमन्त्रालयको टुगों नलाग्दा देशभर हत्या, अपहरण र विस्फोटका घटनाक्रमले निरन्तरता पाएको दावी गर्नुभयो । उहाँले मेसिन रिडेवल पासपोर्ट एमआरपी वितरण प्रक्रिर्यालाइ सहज बनाउन सरकारसंग आग्रह गर्नुभयो । सिमा क्षेत्रको सुरक्षा जनताले गरिरहेको सन्दर्भमा सिमा क्षेत्रमा राज्जले आफ्नो उपस्थितिलाइ बलियो बनाउन काफ्लेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
नेकपा एमालेकी विन्दा पाण्डेले चितवनको निकुन्ज आसपासका जिल्लामा एकसय तीन जनामध्ये ८९ जना महिलाले नागरिकता नपाएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । वाबुको पहिचान नखुलेको भन्दै बालवालिकालाई प्रसाशनले नागरिकता नदिएको घटनाप्रति सरकारको ध्यानाकर्षण पनि पाण्डेले गराउनुभयो ।

Wednesday, April 6, 2011

भुमिसुधार मन्त्रालय पाए सरकारमा जान्छौः महासचिव मैनाली


एसवी गौतम चैत २३ सिन्धुली । नेकपा मालेका महासचिव सिपि मैनालीले एकिकृत माओवादी र नेकपा एमालेविच भएको सातवुदे सहमती आफ्नो पाटिलाई कुनैपनि हालतमा मान्य नहुने वताउनु भएको छ । आज सिन्धुलीमाढीमा कार्यकर्ता भेटघाट कार्यक्रममा सभाषद समेत रहनुभएका माले महासचिव मैनालीले यस्तो वताउनुभएको हो । साथै अव भुमिसुधार मन्त्रालय पाएमात्र झलनाथ खनाल नेतृत्वको सरकार जाने हैन भने नेकपा माले कुनै हालतमा सरकारमा नजाने वताउनुभएको हो । महासचिव मैनालीले माले कार्यकर्तामाझ करिव २ घण्टा छलफल गरेर उदयपुर हिड्नु भएको छ ।

उपसमितिको संयोजक छान्ने जिम्मा संवैधानिक समितिलाई

चैत २३ काठमाण्डौं ।
संवैधानिक समितिअन्तरगत गठित विवाद उपसमितिको संयोजक चयनमा देखिएको विवाद समाधान गर्न बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज पनि निष्कर्ष विहिन भएको छ । संविधानसभा अध्यक्ष र संवैधानिक समितिका सभापतिको पहलमा भएको तीनदलको बैठकमा दुहरुले पूर्ववत अडान राखेपछि यसको निर्णय अब संवैधानिक समितिले लगाउनु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उपसमितिको संयोजक राख्ने÷नराख्ने विषय पार्टीको आन्तरिक विषय भएको भन्दै माओवादीले प्रचण्ड फेरि संयोजक बन्न नसक्ने अडान राखेको थियो । कार्यव्यस्तताका कारण अध्यक्ष प्रचण्डले उपसमितिमा बस्न नसक्ने जानकारी गराइ पनि यसबारे सहमति जुटन नसकेकोले आगामी २५ गते बस्ने संवैधानिक समितिको बैठकले संयोजकको टुङ्गो लगाउने माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । संविधानसभाको प्रमुख दलको हैसियतले प्रचण्ड नै संयोजक बस्दा बाँकी विबाद समाधान गर्न सझिलो हुने भन्दै बस्न आग्रह गरिएको कागे्रस सभासद रमेश लेखकले जानकारी दिनुभयो । स्रोतका अनुसार माओवादी नेता देव गुरुङ्गले पार्टीका तर्फबाट कसलाई संयोजक बनाउने भन्ने निर्णय अन्य दलले गर्न नमिल्ने तर्क गर्नुभएको थियो । आगामी वैशाख १ गते म्याद सकिंदै गरेको उपसमितिको दोस्रो पटक गत चैत्र १५ गते म्याद थप गरिएपछि बैठक बस्न सकेको छैन । संविधान जारी गर्ने दिन जेठ १४ आउन ५२ दिन बाँकी रहँदासमेत उपसमिति संयोजकमा प्रमुख दलहरु अल्झिएको भन्दै साना दलले विरोध जनाएका छन् ।

संविधान नबन्ने खतरा बढेको भन्दै सभासदद्वारा चिन्ता व्यक्त

चैत २३ काठमाण्डौं ।
सभासदहरुले संविधान जारी गर्ने समय नजिकिदै जाँदासमेत संविधान बन्ने–नबन्ने अन्यौल बढेको भन्दै चिन्ता व्यक्त गरेका छन । एक÷अर्कोलार्इ आरोप प्रत्यारोप गर्नुको साटो संविधानसभाको बाकी समयको भरपुर सदुपयोग गरी तोकिएको समयमै संविधान जारीगर्ने बाताबरण सृजनागर्न माग गरेका छन् । व्यवस्थापिका संसदको आज बसेको बैठकको विशेष समयमा एकीकृत माओवादीका लोकेन्द्र विष्टमगरले संविधान जारीगर्ने समयको भरपूर सदुपयोग गरेर आगामै जेठ १४ मै संविधान जारीगर्नुपर्ने बताउनुभयो । संविधान जारीगर्ने समय एक महिना २२ दिव बाकी रहदा समेत संविधान बन्ने नबन्ने अन्यौलता बढेको स्मरणगर्दै उहाँले दलहरु आरोप प्रत्यारोपमा नलागेर संविधान निर्माणमा केन्द्रीत हुन आग्रह गर्नुभयो । माओवादी पोलिटव्युरो सदस्य समेत रहेका विष्टले संवैधानिक राष्ट्रपतिले कार्यकारी राष्ट्रपतिले जस्तो मनपरि बोल्दै हिडेको आरोप लगाउनुभयो । राष्ट्रपतिले संविधान विपरित अभिव्यक्ती दिदै हिडेको भन्दै उहाँले आपत्ति जनाउनुभयो । संविधान जारी गर्ने समय छोटिदै जादा तराइका जिल्लामा आपराधिक घटनाका सृङ्खला बढेकोले विशेष सुरक्षा कार्यक्रम लागूगर्न उहाँले माग गर्नुभयो । नेकपा एमालेकी पद्मकुमारी अर्यालले आगामी जेठ १४ गते संविधान जारी गर्ने अबस्था क्षिण बन्दै गएको अबस्थामा कम्तिमा नयाँ संविधानको एकीकृत मस्यौदा ल्याउने अबस्थाकालागि दलहरुबीच सहमति जरुरी रहेको बताउनुभयो । शन्ति प्रक्रिर्याले पूर्णता नपाइ संविधान जारी गर्ने अबस्था आउन नदिन शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने बिषयमा सरकार, माओवादी र प्रतिपक्ष कागे्रसले गम्भीर ढंगले मनन गर्नुपर्ने बताउनुभयो । विपक्षी दलले राखेका गम्भीर विषयमा प्रधानमन्त्रीले औपचारिकताका लागिमात्र जवाफ दिएर भष्ट्राचारीलाइ उन्मुक्ति दिन खोजेको आरोप लगाउनुभयो ।

मतदाता परिचयपत्र अभियानप्रति मधेशवादी दलहरुको विरोध

सुशील पन्त चैत २३ काठमाण्डू ।
मधेशवादी दलले निर्वाचन आयोगले शुरु गरेको मतदाता परिचयपत्र अभियानप्रति विरोध जनाएका छन । व्यबस्थापकिा संसदको आज बसेको बैठकको सुरुमै सभामुखसंग समय लिएर मधेशवासी दलका नेताहरुले नागरिकता परिचयपत्रको आधारमा मात्र मतदाता परिचयपत्र दिने अभियानले लाखौ मधेशी मतदान अधिकारवाट वञ्चित हुने बताएका हुन् । तराइ मधेश लोकतान्त्रिक पार्टीका हृदयश त्रिपाठीले नागरिकताका आधारमा मतदाता परिचयपत्र बनाउन निर्वाचन आयोगले सुरु गरेको अभियान त्रुटिपूर्ण भएको आरोप लगाउनुभयो । तराइका हजारौं जनता नागरिकता विहिन भएको अवस्थामा सुरु गरिएको अभियानले लाखौ मधेशीलाइ मतदान अधिकारवाट बञ्चित बनाउने भन्दै त्रिपाठीले मधेशीकालागि मान्य नहुने बताउनुभयो । सदभावना पार्टीका लक्ष्मणलाल कर्णले नागरिकताको समस्या बाकी रहेको समयमा सुरु भएको मतदाता परिचयपत्र वितरण अभियानले सात प्रतिसत नागरिक मतदानको अधिकारवाट वञ्चित बन्नुपर्ने अबस्था आउने दावी गर्नुभयो । कर्णले मधेशमा शान्ति सुरक्षा कायम गर्ने र आतंकवादीलाइ पक्राउ गर्ने निहूमा मधेशी जनतालाइ दुःख दिने र आतंकित बनाउने काम भएको टिप्पणी गर्नुभयो । संसद बैठकमा विधायन समितिका सभापति यशोदा गुरुङ्ग सुवेदीले ‘मेलमिलाप कार्यविधिका सम्बन्धमा व्यबस्थागर्न बनेको विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभएको छ । यसैबीच, व्यबस्थापिका संसदले कास्की ३ बाट नेपाली कांगे्रसका तत्कालिन सभासद कृष्णबहादुर गुरुङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । गुरुङ्गको गत सोमबार हृदयघातका कारण निधन भएको थियो ।

Tuesday, April 5, 2011

राष्ट्रपति शासन लगाउने षड्यन्त्र भइरहेको माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईको भनाइ


चैत २२ काठमाडौं। माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति शासन लगाउने षड्यन्त्र भइरहेको बताउनु भएको छ । गोरखा विद्यार्थी समाजले काठमाडौंमा गरेको कार्यक्रममा शान्ति प्रक्रिया र संविधान लेखनको कामलाई धरापमा पारेर राष्ट्रपति शासन लगाउने षड्यन्त्र भइरहेको भट्टराईले आरोप लगाउनुभयो। 

गोरखा विद्यार्थी समाजले गरेको चियापानमा भट्टराईले संविधानमा षडेन्त्र भए जनताले नयाँ ढङ्गबाट आन्दोलन उठाउने चेतावनी दिनुभयो । अर्का उपाध्यक्ष नारायणन काजी श्रेष्ठ प्रकाशले ले आफ्नो दलले राष्ट्रिय र्वाधीनता र क्रान्तिकारी आन्दोलनविरुद्ध कसैसँग सम्झौता नगर्न प्रष्ट पार्नुभयो ।  

अर्को प्रसङ्गमा उपाध्यक्ष श्रेष्ठले आफू र उपाध्यक्ष भट्टराईबीच घनिष्ट सम्बन्ध रहेको प्रष्ट पार्दै दुवै नेता मिलेर गोरखासहित सिङ्गो देशलाई नै एकढिर्का बनाउने
बतानुभयो ।