Wednesday, February 16, 2011

कतारमा बृह्रत् कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न

फागुन ४ ।
कतार नेपाली एकता समाजद्वारा आयोजीत बृह्रत् कार्यकर्ता प्रशिक्षण भेला ११ फरवरी २०११ मा सम्पन्न भएको छ । सभापति नरवहादुर थापाको ५ महिना देखि अलअमल हस्पीटलमा स्वास्थ्य उपचार चलिरहेको हुँदा कार्यबहाक सभापति हेमन्त वाईवाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको कलाधर घिमिरेद्वारा संञ्चालन गरिएको थियो । ज्ञात अज्ञात वीर शहिदहरु प्रति एक मिनेट मौनधारण गरिएको थियो भने हाम्रा भुतपर्ूव सभापति चन्द्रबहादुर नेपालीको श्रीमती तथा अखिल नेपाल महिला संघ दाङ्ग की सदस्य बर्ष३८ की स्वर्गीय इन्द्रमायाँ नेपाली अल्पायुमा नै असामयिक निधन हुनु भएकोमा उहाँको योग्दानको सम्मान गर्दै एक मिनेट श्रदान्जली अर्पन गरिएको थियो । त्यसै गरि कर्ण्र्ााेपालीले उहाँले संगठनलाई पुर्याएको योग्दानको बारेमा प्रष्ट पार्नु भएको थियो भने कृष्ण थापाले उहाँको सम्झनामा लेखिएको गीत प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथी तथा प्रशिक्षक अन्तर्रर्ााट्रय नेपाली एकता समाजको महासचिव राजेन्द्र श्रेष्ठ रहनु भएको थियो । भने अतिथिहरुमा भिमकान्त पन्थी, लक्ष्मी गुरुङ्ग, दावा लामा, उत्तम भण्डारी, लुमाकान्त पुन, इन्द्र थापा, प्रेम वि.क., का साथै संघीयता विरोधी संयुक्त मोर्चा कतारको तर्फाट प्रकाश शर्मा रहनु भएको थियो । का.वा. कोषाध्यक्ष टुकनाथ शर्माद्वारा सम्पर्ूण्ा उपस्थित साथिहरुलाई मन्तव्यबाट स्वागत गर्नु भएको थियो ।
एरिया प्रतिनिधिहरु खिमानन्द भण्डारी अलखोर रस्लाफान, टेकबहादुर वि.क. सनैया ए, पशुपती शर्मा सनैया डी, खिम बुढा दोहा, दामोदर पौडेल सनैया सी, सत्यबहादुर पुन सलता, दिलबहादुर परियार रियान, पुरुषोत्तम काफ्ले वक्रा, धनसिंङ महरा सनैया बी, का साथिहरुले आ­-आफ्नो एरियाको रिपोर्टहरु पेश गर्नु भएको थियो भने केही एरियाका साथिहरुले फोन मार्फ आफ्नो उपस्थिती जनाउनु भएको थियो ।

भेलालाई सम्वोधन गर्दै प्रशिक्षक श्रेष्ठले कतार नेपाली एकता समाजमा देखिएको कमिकमजोरी र त्यसको सुधारको बारेमा विभिन्न कार्यक्रम सहित प्रष्ट पार्नु भएको थियो । भने महासचिव भिमकान्त पन्थीले ठगदलाल सम्बन्धमा प्रशिक्षण दिनु भएको थियो । त्यसै गरि उत्तम भण्डारीद्वारा नेपालको लागि संघीयता ठिक कि बेठिक भन्ने विषयमा प्रशिक्षण दिनु भएको थियो । अन्तमा कार्यक्रमको समापन मन्तव्य संगै कार्यवहाक सभापति तथा यस कार्यक्रमको अध्यक्ष हेमन्त वाइवाले कतार नेपाली एकता समाद्वारा संञ्चालमा ल्याएको सहकारी संस्थाको बारेमा समय अभावका बावजुद पनि छोटकरीमा प्रष्ट पार्दै सौहार्दपूण वातवरणमा कार्यक्रमको समापन भएको घोषणा गर्नु भएको  नेपाल अरब ड  ट  कम् ले जनाएको छ
 

No comments:

Post a Comment