चन्द्रश्वर बस्ताकोटी फागुन १९ मुस्ताङ । मुस्ताङको कागबेनीमा नेपालमानै पहिलोपटक स्थापना गरिएको वायुउर्जा केन्द्र भग्नाअवशेषमा परिणत भएको छ ।सोकेन्द्र मर्मत गर्न २१ बर्ष गता कसैले चासो नदेखाएको स्थानिय बासीन्दाको भनाइ छ ।
२०४६ सालमा स्थापना भएको कागबेनी वायुउर्जा केन्द्रबाट दुई महिनामात्र बिद्युत थियो । उत्तरी दिशाबाट बहने हावाको तिब्र बेग थाम्न नसकेर केन्द्रको दुई वटै पंखा भाचिएपछि केन्द्र बन्द भएको कागबेनीका पर्यटन व्यवसायी धारा गुरूङ बताउँछन् ।
सम्बन्धित पक्षको वेवास्ताका कारण २० किलोवाट क्षमताको सो केन्द्रको मर्मत हुन नसक्दा बन्द भएको हो । सो उर्जा केन्द्रमा जडित लाखौ मूल्य बराबरका उपकरणहरू चोरी भएका छन् ।केहि काम नलाग्ने अवश्थामा पुगेका छन भने केहि अझै अलपत्र हवश्थामा छन । केहि समय अगाडी यत्रतत्र छरीएर रहेका भए पनि हाल ति उपकरणहरू समेत हराएका छन । केहि समाग्री भने सो स्थान भन्दा केहि तल रहेको बिद्युत गृहमा थन्काइएको छ । यो नै नेपालको पहिलो सो बायुउर्जा केन्द्र भएको स्थानियबासी बताउँछन् । त्यस क्षेत्रमा नेपाल बिद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाईन बिस्तार गरेपछि केन्द्र मर्मत गर्नतर्फ कसैले चासो नदेखाउँदा माल पाएर के गर्नु चाल
पो हुन्छ भनेझै भएको छ । डेनमार्कको एक संस्था र स्थानिय जनसहभागीतामा गरि करीब रू. एक करोड को लगानीमा सो केन्द्र स्थापना भएको थियो । देशमा उर्जा संकट घोषणा भएको अवस्थामा यस केन्द्र सञ्चालन गर्न स्थानियबासीले माग गरेका छन् । केन्द्र पुन सञ्चालनमा ल्याई मुस्ताङ जिल्लाका बिभिन्न स्थानमा मा वायुउर्जा केन्द्र सञ्चालन गर्न सकेमा उर्जा संकट घटाउन सहयोग पुग्ने देखिन्छ ।

No comments:
Post a Comment