एस बि गौतम फागुन २ ।
इजिपटका सैन्य अधिकारीहरुले संविधान निलम्बन गर्नुका साथै संसद भङ्ग भएको घोषणा गरेका छन् । अधिकारीहरुले दिएको बयान अनुसार आगामी ६ महिनासम्ममा सर्वोच्च सैन्य काउन्सिलको हातमा सत्ता रहने छ । देशमा नयाँ संबिधान बनाउनको लागि एक समिति समेत गठन गरिएको बीबीसीले जनाएको छ । यसैबीच पूर्व राष्ट्रपति होसनी मुबारकको सम्पतिको बारेमा अन्तरराष्ट्रिय समुदायले चासो ब्यक्त गरेको छ । मुबारकको अबैध सम्पति सबै देशले मिलेर पत्ता लगाउनु पर्ने ब्रिटेनले बताएको छ । स्विटजरल्याण्डले आफ्नो देशमा समेत मुबारकको खाता रहेको शङ्का गर्दै सबै खाता बन्दको घोषणा यसअघि नै गरिसकेको छ । ब्रिटिश सरकारका व्यवसायमन्त्री विंस केबलले मुबारकको सम्पति अबैध रुपमा रहेको भन्दै खोजबिन गर्नु र्ने बताएका छन् । मुबारकको सम्बन्ध ब्रिटेनमा भएको र त्यहाँ पनि अबैध सम्पति हुन सक्ने अनुमान गरिएको छ ।
No comments:
Post a Comment