अनुप बाबु श्रेष्ठ
फागुन २० गोरखा। भैगोलिक विकटता,चेतनाको कमि र अनुदानको बाडफाडको निति परिर्वतन तथा पशुपालनमा कमिले गर्दा सोचे जस्तो वायोग्याँस प्लान्ट निर्माण गर्न नसकिएको सरोकारवालाहरुले बताएका छन् । गोरखाको सदरमुकाममा शुक्रबार आयोजना गरीएको “गोरखा जिल्ला वायोग्याँस निर्माणमा सरोकार वाला हरुको भुमिका” बिषयक अन्र्तक्रियामा सहभागीहरुले सो बिषयमा जानकारी दिएका हुन् ।
उनिहरुले १६ बर्ष देखि गोरखा जिल्लामा वायोग्याँस प्लान्ट निर्माण शुरु गरीएको बताउदै,जिल्लाभर २५ हजार वायो ग्याँस प्लान्ट निर्माण गर्न सकिने भएपनि मुस्किलले ४ हजार मात्र निर्माण गरीएको कार्यक्रममा जानकारी दिइएको थियो । कार्यक्रममा बोल्दै वक्ताहरुले , जति प्लान्ट कम्पनिको पहलमा भएको भन्दै, सरकारले दिएको अनुदान निति परिवर्तनले अप्ठ्यारो परेको बताएका छन् ।उनिहरुले प्लान्ट निर्माणमा प्रयोग गरीने सामग्रीहरु गुणस्तरिय हिन भएका कारण बनिसकेका प्लान्ट पनि प्रयोग हिन भएको प्रति सचेत गराएका थिए ।
एकिकृत नेकपा माओवादिका सभासद पार्वती थापा मगरको प्रमुख अतिथ्त्यतामा सम्पन्न कार्यक्रममा नेपाल बायो ग्याँस प्रर्वद्धन सघंका उपाध्यक्ष लोकनाथ घिमिरे,गोरखा जिल्लाका सरकारी कार्यालयका प्रतिनिधिहरु ,सरोकारवालाहरु तथासंचार कर्मिहरुले आ आफ्नो धारणा राखेका थिए ।
No comments:
Post a Comment