चैत ३ काठमाडौं । जापानको आणविक केन्द्र विस्फोट भएको फुकुसिमा र प्रभावित क्षेत्र सेन्दाईबाट ६७ नेपाली बुधबार मध्यरात टोकियो पुगेका छन् । उनीहरूलाई सिन्जोकुस्थित सामुदायिक भवनमा आश्रयको व्यवस्था मिलाइएको छ ।
आणविक केन्द्र विस्फोट भएको फुकुसिमा क्षेत्रबाट आएका १७ विद्यार्थीको बिहीबार बिहान स्वास्थ्य परीक्षण हुनेु टोकियोस्थित राजदूत डा.गणेश योञ्जनले बताउनु भयो । उहाले बसोबास, खानपिन वा देश र्फकन चाहनेका लागि उचित सहयोग जुटाउन लागिपरेको जानकारी दिनुभयो ।
सेन्दाई र फुकुसिमा क्षेत्रमा अझै एक सय जति नेपाली स्वेच्छामा बसिरहेको जनाउँदै उनीहरूले उद्धार चाहे टोकियो ल्याइने छ। सेन्दाईबाट आएकामध्ये ६ जना ओसाका सहरमा रहेका उनीहरूकै आफन्तकोमा गएका छन् ।
No comments:
Post a Comment