काठमाडौ, ४ बैशाख । नर्सिङ पढिरहेका अर्घाखाँची केरूङगा स्थायी घर भएका २५ बर्षीय भेषराज पाण्डेको आईतबार दिउसो न्युयोर्कस्थित वेकअफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
नेपालीहरुको उल्लेखीय बस्ती रहेको रिजउडस्थित आफनो अपार्टमेन्टमा आईतबार नै पाण्डेलाई अचेत अवस्थामा फेला पारेपछि नजिकै सो अस्पतालमा पुर्याइएको थियो । मृत्युको कारण बारे हालसम्म अस्पतालले केही नजनाएपनि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक रिपोर्टमा उल्लेख छ । उनको अपार्टमेन्टबाट प्रहरीले बिषक्त औषधी फेला पारेको थियो ।अपार्टमेन्टमा रहेका अन्य साथीहरु कामको सिलसिलामा बाहिर रहेको मौकामा पाण्डेले ढोकाको चुकुल लगाएर कोठा भित्र रहेका थिए । निकै समयपछि पनि ढोका नखुलेपछि पल्लो कोठाको एक युवकले अन्य साथीहरुलाई बोलाएर ढोका फोडदा पाण्डे अचेत अवस्था फेला परेका थिए । अस्पतालले दुई घण्टा पछि उनलाई मृत घोषित गरेको थियो ।पाँच बर्ष अघि अध्ययनको लागि अमेरिका आएका पाण्डेले गत बर्ष न्युयोर्कको होस्टोस कलेजबाट रजिस्टर्ड नर्सको कोर्ष पुरा गरेपछि केही महिना नर्थ क्लारोलिनाको एक अस्पतालमा काम गरेका थिए । त्यहाँबाट दुई महिना अघि न्युयोर्क फर्किएका पाण्डे कामको खोजी गरिरहेको र पढाईलाई निरन्तरता दिने योजनामा थिए ।
No comments:
Post a Comment