ध्रुवराज खनाल फागुन ३ ।
इरानको राजधानी तेहरानमा सरकार विरोधी प्रर्दशनकारी र प्रहरीबीच भएको झडपले हिंस्रक रुप लिएको छ । प्रहरी र प्रर्दशनकारीबीच भएको झडपमा परि एक जनाको ज्यान गएको छ । झडपका क्रममा कैयौ प्रर्दशनकारीलाई नियन्त्रणमा लिएको र विपक्षी नेतालाई नजरवन्दमा राखिएको विविसिले जनाएको छ । राजधानी तेहरान वाहेक इशफहान , मशाद र शिराज शहरमा पनि सरकार विरोधी प्रर्दशन भईरहेको अधिकारीहरुले वताएका छन् । इरानी जनताले गरेको प्रर्दशन र हिम्मतको अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टले प्रशंसा गर्नुभएको छ ।
No comments:
Post a Comment