Showing posts with label gallery. Show all posts
Showing posts with label gallery. Show all posts

Monday, March 21, 2011

जिउदै मारिए मानवहादुर

 टाडि गाउँ विकास समिती ९ मङ्गलपुरका ८३ वर्षिय जिवित मानवहादुर मगरलाई गाविस सचिव केशव प्रसाद काफ्लेले मृत सुचिमा राखिदिएका छन् । मृत घोषणापछि मगरले वृद्ध भत्ता पाउन जिविस धाउने गरेका छन् ।  तस्विर मिन कुमार दाहाल

Sunday, March 13, 2011

बर्डफ्लु सम्बन्धी सरोकारवालाहरु छलफल गर्दै ।


गोरखा जिल्लामा बर्डफ्लु हुन नदिन पूर्वतयारी कार्यक्रम अन्तर्गत जिल्ला स्थित सरोकारवालाहरु छलफल गर्दै । छलफलमा सञ्चारकर्मी र कार्यलय प्रमुख कुखुरा व्यावसायीहरुको सहभागिता रहेको छ । तस्वीरःसाहारा संसार

Friday, March 11, 2011

८.९ रेक्टर स्केलको महाभूकम्पपछि जापानमा सुनामीको विध्वंशता


एजेन्सी फागुन २७  टोक्यो  ।
शुक्रबार बिहान ८ दशमलव ९ रेक्टर स्केलको महाभूकम्पका कारण आएको  सुनामी (विनाशक समुद्री छाल)ले उत्तरी जापानको सेन्दाइ सहरका  सिङ्गै नगरहरु बगाएको छ। जापानका अरु प्रान्तहरुमा पनि भूकम्पका कारण  क्षति भएको तर विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ। सुनामी  छाल आउन सक्ने भन्दै  रुस, ताइवान, इन्डोनेसिया, लगायत न्युजिल्यान्ड,  हवाई, दक्षिणी तथा मध्य अमेरिकी देश चिली, होन्डुरस, एल साल्भाडोर, निकारागुआ, पनामा, पेरु, कोलम्बिया देशमासमेत चेतावनी दिइएको छ।          

सामान्यतया ६ रेक्टरस्केलको भूकम्पलाई विनाशक मानिन्छ।  जापानको राष्ट्रिय टेलिभिजन एनएचकेका दृश्यहरुमा अग्ला घरहरु र तेल प्रशोधन केन्द्रमा आगो लाग्दै गरेको,  मानिसहरु भाग्दै गरेको र ज्वालामुखीबाट निस्कने लाभा जस्तो समुद्री छालले नगर पूरै बगाएर विध्वंस गरिरहेको दृश्य देखिएको छ। 

अमेरिकी भूगर्भ सर्भेका अनुसार भूकम्पको केन्द्रबिन्दु राजधानी टोक्योबाट ३ सय ७३ किलोमिटर टाढा थियो तर त्यहाँ पनि भूकम्पको धक्का महसूस गरिएको थियो। भूकम्पका कारण टोक्यो र वरपरका ४० लाख घरमा विद्युत आपूर्ति बन्द भएको छ।

भूकम्पका कारण प्रशान्त महासागरमा सुनामी आएको छ।  प्रशान्त महासागर छोएका ताइवान, फिलिपिन्स लगायत विभिन्न देशका समुद्री किनारमा सुनामी पुगेको छ।

Saturday, March 5, 2011

मन्त्री रायमाझीको दौडधुप...


भौतिक योजना तथा निर्माण मन्त्री टोप बहादुर रायमाझी गोरखा जिल्लाको पालुङटारमा भएको एकीकृत ने.क.पा.माओवादीको छैटौ विस्तारीत तयारीको क्रममा निरीक्षणका लागि दौडधुप गर्नुहुँदै । तस्वीर राजेन्द्र न्यौपाने

Friday, February 18, 2011

गायीका योगिता मोक्तानद्वारा आत्महत्या


 फागुन  ६ काठमाडौं । चर्चित तामाङ गायीका योगिता मोक्तानले आत्महत्या गर्नुभएको छ । मोक्तानले ललितपुरस्थित बागडोलमा रहेको आफ्नै घरको सिलिङमा गएराती सलले पासो लगाई झुन्डिएर आत्महत्या गरेको बताइएको छ ।
उहाँको शव पोष्टमार्टमको लागि पाटन अस्पतालमा राखिएको छ । बौद्ध परम्पराअनुसार मोक्तानको शनिबार स्वयम्भूमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
आत्महत्याको कारण भने खुल्न सकेको छैन । केहि महिना अघि मात्र विवाह बन्धनमा बाँधिएकी गायिका मोक्तानको श्रीमान वैदेशिक रोजगारीको शिलशिलामा दुवईमा रहनु भएको छ ।

खुकुरीको प्रवेशद्धार

यहि फागनु ५ गते ऐतिहासिक सिन्धुलीगढीमा सिन्धुलीगढी महोत्सव सम्पन्न भएको छ । सिन्धुली गढी प्रवेशद्धारमा राखिएका विरताको प्रतिक खुकुरीवाट वनाईएको गेट ।तस्वीरः एसबी गौतम

Tuesday, February 15, 2011

विद्यालयलाई कम्प्यूटरः तस्वीर राजेन्द्र न्यौपाने


फागुन ३ गोरखा ।
गोरखा जिल्लाको बक्राङ गाउँ विकास समितिमा रहेको श्री बक्रेश्वर माध्यमिक विद्यालयलाई कम्प्यूटर प्रदान गर्नुहुँदै संगत संस्थाका भोजेन्द्र गुरुङ र ग्रहण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर अर्याल । विद्यालयलाई ६ थान कम्प्यूटर प्रदान गरिएको थियो ।

काङ्ग्रेस सरकारमा जान सक्ने सुजाताको भनाइ, खनाललाई अनुशासनको कारबाही हुने


काठमाडौं संवाददाता फागुन ३ काठमाडौं ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनालबीच भएको सातबुँदे सहमति संशोधन गरी नयाँ आधारमा सहमतिको सरकार बनाउनुपर्ने प्रमुख दलका नेताहरुले बताएका छन् । रिपोर्टर्स क्लब काठमाडौमा आज कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले सातबुँदेको कुनै औचित्य नभएकाले नयाँ आधारमा सहमति गरे आफ्नो पार्टी शान्ति र संविधानको सर्तमा खनाल नेतृत्वकै सरकारमा सहभागी हुन सक्ने बताउनुभयो । माओवादीएमाले सातबुँदे सहमति गैरसंवैधानिक र अप्रजातान्त्रिक छ,’ कोइरालाले भन्नुभयो, ‘त्यसलाई खारेज गरी नयाँ परिस्थिति सिर्जना भएमा कांग्रेस सरकारमा जान सक्छ ।नेतृ कोइरालाले गृह मन्त्रालय माओवादीलाई कुनै पनि हालतमा दिन नहुने बताउनुभयो ।
साक्षात्कारमा माओवादी प्रवक्ता दिनानाथ शर्माले सातबुँदे सहमति कार्यान्वयन नगरे एमालेका लागि प्रत्युत्पादक हुने बताउनुभयो । शान्ति र संविधानका लागि प्रमुख दलबीच सहमति हुन्छ भने नयाँ आधारमा सरकार बनाउन सकिने शर्माको भनाइ थियो । एमालेले लिन जानेको छ, दिन जानेको छैन । २०४७ सालदेखि आजसम्म के दियो ? शर्माले भन्नुभयो,‘एमालेले लोकतन्त्र दिन सक्यो ? शान्ति दिन सक्यो ? संविधान दिन सक्यो ?’ शर्माले विवाद गृह मन्त्रालयको भन्दा पनि सातबुँदे कार्यान्वयनको भएको औंल्याउनुभयो ।
एमाले पोलिटब्युरो सदस्य कृष्णगोपाल श्रेष्ठले माओवादीसँगको सातबुँदेलाई पार्टीको स्वामित्वका रुपमा कुनै हालतमा स्वीकार्न नसक्ने जानकारी दिनुभयो । एकै पार्टीका नेता माधव नेपाल र झलनाथ खनालको बीचमा माओवादीले देखेको भिन्नता आश्चर्यको नमुना भएको उहाँको भनाइ थियो । एमालेका एउटा नेता रिमोट कन्ट्रोल, अर्का नेता राष्ट्रवादी कसरी हुन्छ ?’ श्रेष्ठले भन्नुभयो । हामी माओवादीले झलनाथ खनाललाई प्रधानमन्त्री बनाएबाहेक अरु बुँदा स्वीकार्न सक्दैनौं ।

एकीकृत माओवादी र एमालेबीच सातबुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता


काठमाडौं फागुन ३ ।
एकीकृत नेकपा माओवादी र नेकपा एमालेले सातबुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको दुई दलका शीर्ष नेताहरुको बैठकले सहमति, विस्तृत शान्ति सम्झौताको भावनाअनुसार भएको भन्दै त्यसबारेमा प्रष्ट हुन पनि आग्रह गरेको छ । माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष एवम प्रधानमन्त्री झलनाथ खनाले निकालेको संयुक्त वक्तव्यमा सरकारलाई सहमतिका आधारमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै सबै दलहरुलाई सरकारमा सहभागी हुन अपिल गरिएको छ । शान्ति प्रक्रिया र संविधान निर्माणको कार्यभार सफल पार्न सहमतिमा लिएर अघि बढ्नेपनि दुई दलका नेताले प्रतिबद्धता जनाएका छन । गणतन्त्र,धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र सामाजिक न्यायको उपलव्धी रक्षा गर्दै अघि बढ्न दुई दलले आह्वान गरेका छन । माओवादी सेनाको छुट्टै फोर्स बनाउने लगायत प्रधानमन्त्री निर्वाचनका क्रममा भएको सहमतिप्रति अन्य दलले आपत्ति जनाएपछि दुवै नेताका तर्फवाट आज सहमति कार्यान्वयनको प्रतिबद्धता आएको हो । यसैबीच विहान बसेको माओवादी पदाधिकारी बैठकले गृहमन्त्रालयलाई थाति राखेर अरु मन्त्रालयम सहमति गर्नेगरी सरकारमा जाने निर्णय गरेको थियो । माओवादी स्रोतका अनुसार विदेश विभाग प्रमुख कृष्णबहादुर महराको नेतृत्वमा माओवादी सरकारमा सामले हुनेछ । अव छिट्टै स्थायी समितिको बैठक बसेर सरकारमा सहभागी हुने नेताहरु छनोट गर्ने माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो ।

शान्ति र संविधान विफल पार्ने षड्यन्त्रः डा. भट्टराइ


राजेन्द्र न्यौपाने  फागुन ३ गोरखा ।
एकीकृत ने.क.पा. माओवादी का उपाध्यक्ष डा. बाबुराम भट्टराईले अन्य दलहरुले निहु खोज्ने तरिकाले शान्ति र संविधान निर्माण प्रक्रियालाई विफल पार्ने षड्यन्त्र गरेको बताउनुभयो । शान्ति र संविधानलाई पूरा गर्ने उदेश्य सहित एमालेलाई सहयोग गरेको बताउँदै उहाँले शान्ति विरोधीहरु सक्रिय भएको बताउनुभयो ।
   
 वि.स. २०२६ सालमा एस.एल.सी. बोर्डफस्ट हुनुभएका भट्टराईले विद्यालयको स्वर्ण महोत्सव स्तम्भको उद्घाटन र स्मारिका विमोचन समेत गर्नुभएको छ । आफ्नो तीन पटक जन्म भएको बताउँदै दोश्रो पटकको जन्म विद्यालयले दिएको बताउनुभयो ।
फागुन ९ गतेसम्म चल्ने स्वर्ण महोत्सवको आज डा. भट्टराइले उद्घाटन गर्नुभएको हो । आफुले पढेको विद्यालयको स्वर्ण महोत्सवको कार्यक्रममा आउनुभएका भट्टराई भावुक भएर कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । उहाँ संविधानसभाको निर्वाचन पछि ३७ औं पटक गोरखा आउनुभएको हो ।

सिन्धुलीमा पत्रकारहरुको अन्र्तक्रिया कार्यक्रम सम्पन्न

एस बी गौतम फागुन ३ सिन्धुली ।
भावी संविधानमा प्रेस स्वतन्त्रता र छापाखाना तथा प्रकाशन ऐन विषयक पत्रकार अन्तरक्रिया कार्यक्रम आज सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।
सूचना विभाग काठमाड सन्चार केन्द्र हेटौंडाको आयोजना र नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको सहयोगमा सम्मन्न कार्यक्रमको उद्घाटन पत्रकार महासंघ सिन्धुलीका पूर्व सभापतिहरु शोषराज दहाल ,लीललनाथ घिमिरे र राजकुमार कार्की ले संयुक्त रुपमा गर्नुभएको थियो ।
पत्रकार महासंघ सिन्धुली शाखाका सभापति संजय दहालको सभापतित्वमा भएको कार्यक्रममा सिन्धुलीका विभिन्न संचार माध्यममा काम गर्ने पत्रकार हरुको सहभागिता रहेको थियो । कार्यक्रममा सूचना विभागका उपसचिब उदय नेपालले भावी संविधानमा पे्रस स्वतन्त्रता,छापाखाना तथा प्रकाशन सम्बन्धी ऐनको विषयमा तयार परिएको एक कार्यपत्र समेत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सिन्धुलीका पत्रकारहरुले सिन्धुलीमा पत्रकारीताको अवस्था र अब बन्ने संविधानमा पत्रकारहरुले पाउनुपर्ने सेवा ,सुविधा र सुरक्षाका बारेमा आ आफ्नो राय सुझाव राखेका थिए ।

६२ मध्ये २२ कम्पनीको नियमीत उडान


हिमाल दवाडी फागुन ३  काठमाडौं ।
नेपाल नागरिक उड्डयन प्राधिकरणवाट हवार्यसेवा सञ्चालन तथा उडान अनुमति (एओसी) लिएका ६२ कम्पनी मध्ये करिव एक तिहाइले मात्र नियमीत उडान गरेका छन् । हाल सञ्चालनमा १४ वटा आन्तरिक वायुसेवा कम्पनी तथा ८ वटा प्याराग्लाइडिङ्ग लगायतका कम्पनी रहेका छन ।
मन्त्रालयवाट इजाजत लिई सेवा सञ्चालनको सुनिच्चित आधार प्रस्तुत गर्ने कम्पनीलाई एओसी दिइने व्यवस्था रहेको छ । अनुमती लिएका कम्पनीले प्रत्येक बर्ष प्राधिकरणमा नवीकरण गर्नु पर्ने व्यवस्था छ । उडान सञ्चालन नगरेका तथा नवीकरण नगरेका कतिपय कम्पनीहरुको एओसी खारेज गरेको प्राधिकरणका उपमहानिर्देशक विनोद गौतमले बताउनुभयो ।
प्राधिकरणवाट हालसम्म जारी भएका एओसी मध्ये ३३ वटा कम्पनीसँग मात्र मान्यता प्राप्त एओसी रहेको छ । म्याद नागेका तथा एओसी खारेज  भएका २९ वटा कम्पनी रहेको प्रांधिकरणले बताएको छ । सञ्चालनमा नआएका कतिपय कम्पनीले बषौदेखि एओसी नविकरण गदै आएको छ । गत असार मसान्तसम्ममा एओसी नवीकरण नगरेका कम्पनीलाई पुन छ महिनाको समय दिदा पनि नवीकरण नगरेको र सेवा सञ्चान समेत गर्ने अवस्था नदेखिएकाले ९ वटा कम्पनीको एओसी यहि पुस मसान्त पश्चात खारेज गरिएको प्राधिकरणले बताएको छ ।
हाल प्राधिकरणवाट एओसी पाएर सञ्चालनमा ९ वटा विमान कम्पनी रहेका छन् । त्यस्तै हेलिकप्टर तर्फ ५ र प्याराग्लाइडिङ्ग तिर ८ कम्पनीले उठान गरीरहेको प्राधिकरणले बताएको छ ।

Monday, February 14, 2011

आज फेबु्रअरी १४ अर्थात प्रेम दिवस


फागुन २ काठमाडौं ।
आज फेबु्रअरी १४ अर्थात प्रेम दिवस । नेपाल लगायत विश्वभरमा एकआपसमा माया साटासाट गरेर मनाइदै छ । पश्चिमी देशहरुमा लोकप्रिय रहेको प्रेम दिवस पछिल्लो समयमा नेपालमा पनि मनाउने क्रम बढ्दै गएको छ । आधुनिकीकरणसँगै गाउँघरमा भन्दा सहरबजारमा प्रेम दिवस मनाउनेको संख्या बढ्दै गएको सरोकारवाला निकायको भनाइ छ । आजका दिन खासगरी प्रेमीप्रेमिका तथा श्रीमान श्रीमतिहरुले एकअर्कालाई उपहार आदानप्रदान गर्नुका साथै बिभिन्न पार्कमा गएर समय विताउने गर्छन् । मन परेको ब्यक्तिलाई आफ्नो अब्यक्त प्रेमको बारेमा जानकारी गराउने दिनको रुपमा समेत भ्लेन्टाइन डे अर्थात प्रेम दिवसलाई लिइन्छ । ईशापूर्व करिब ३५० तिर इटलीका तत्कालीन शासक क्लाउडियसको तानाशाही प्रवृत्तिको बिरोधमा उत्रिएका सन्त भ्यालेन्टाइनलाई मृत्यु दण्ड दिइएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । क्लाउडियसले आफ्ना सैनिकहरुलाई प्रेम एवम् विवाह गर्न प्रतिबन्ध लगाएपछि पादरी भ्यालेन्टाइनले क्लाउडियसको यो कदम बिरुद्व सैनिकहरुको लुकेर  विवाह गराईदिएका थिए आफ्नो आदेश र चाहना विपरीत सैनिकहरुको विवाह गराइदिएको भन्दै भ्यालेनटाइनलाई फेबु्रअरी १४ का दिन मृत्युदण्ड दिइएको थियो । प्रेम र मानवताका अनुयाइ भ्यालेनटाइनले मृत्युबरण गरेको सम्झनामा हरेक फ्रेबुअरी १४ लाई भ्यालेनटाइन डे अर्थात प्रेम दिवसको रुपमा मनाउने गरिन्छ ।

प्रधानमन्त्री खनाल मन्त्रिपरिषद विस्तारको तयारीमा

 काठमाडौं संवाददाता फागुन २ काठमाडौं ।
सात बुदे सहमति कार्यान्वयन र गृहमन्त्रालयमा भागबण्डा नमिले पनि प्रधानमन्त्री झलनाथ खनालले मन्त्रिमंडल विस्तारको तयारी गर्नु भएको छ । सात बुदे सहमति कार्यान्वयनको प्रतिवद्धता सहित गृहमन्त्री आफुसँग राखेर मन्त्रिपरिषद विस्तारको तयारी भइरहेको स्रा्तले जनाएको छ । बरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओलीले सातबुदे सहमति संसोधनको माग गरेपछि खनालले मन्त्रिपरिषद विस्तार गर्न सक्नु भएको छैन् । गृहमन्त्री विष्णु पौडेलको ठाउँमा अरुको नाम सिफारिस गरेर भएपनि मन्त्रिपरिषद विस्तारको तयारी भइरहेको स्रोतले जानकारी दिएको छ ।


Sunday, February 13, 2011

हत्केला र औला सहितको हात बिरालोले खायो



चन्द्रेश्वर बस्ताकोटी फागुन  १, मुस्ताङ ।
कसैले सोच्नै सक्दैन आफ्नै घर पालुवा जनावरले हल्केला, औला सहित पुरै हात खाइ दिन्छ, यस्तै भएको छ हिमाली जिल्ला मुस्ताङको चराङ गाबिस बडा न ९ मा ।

बाबु पेमा आङजु गुरुङ र आमा ढोका गुरुङकी ४ महिनाकी छोरी ढोल्मा गुरुङको औला, हल्केला सहित नाडी सम्मको पुरै हात आफ्नै छिमेकीको घर पालेको बिरालोले खाएको हो । आइतबार बिहान बालीकालाई जिल्ला अस्पताल जोमसोम ल्याई उपचार थालिएको जिल्ला अस्पताल मुस्ताङका कार्यालय प्रमुख एव उपचारमा संलग्न डा भोजराज गौतमले जानकारी दिनु भयो । यति लामो समयसम्म उपचार समेत नपाएकी बालिकाको उपचारमा डा भोजराज गौतम, डा सदिप जोशी, लगायत कार्यालयका स्वास्थ्य प्राबिधिक संलग्न छन । आम नेपाली आमाहरुले बच्चालाई छोडेर काममा जादा यस्तो भएको हुन सक्ने बरिष्ठ अनमी गोमाकेसी थकालीले बताउनु भयो । बच्चा बच्चिको सरसफाई लगायतका बिषयमा आमा सहित परिवारले बिषेश ध्यान पुर्‍याउनु पर्ने बरिष्ठ अनमी थकालीको भनाई थियो ।

गत बिहिबार दिउसो बिकट चराङ गाबिसकी बालीकाको हात बिरालोले खाएपछि चराङ हेल्थपोष्टले सामान्य उपचार गरि जिल्ला अस्पताल जोमसोम रिफर गरेको थियो । अन्य कुनै जनावरले हो की भन्ने प्रश्नमा आमाढोका गुरुङले घर नजिकै आफुहरु काम गदै गर्दा आफन्तको बिरालोले आफ्नी छोरीको हात खाएको बताउनु भयो । बिरालो ठुलो भएकोले पछि मार्न पनि सकिएन । बिरालो, कुकुर जस्ता जनावरले टोके पछि एण्टीरेवीज भ्याक्सीनदिनु पर्ने भएकाले जिल्ला अस्पताल मुस्ताङले पोखरा लैजान रिफर गर्ने तयारी गरिरहेको अहेव चुरामणि पोख्रेलले जानकारी दिनु भयो ।

Saturday, February 12, 2011

महोत्सव तेस्रो दिन पनि जारी ,स्थानिय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती


एस वि गौतम माघ २९ सिन्धुली ।
 सिन्धुलीगढी पर्यटनको आधार रसिलो जुनार सिन्धुलीको उपहार भन्ने मुलनाराका साथ सिन्धुलीमाढीमा माघ २७ गतेवाट सुरु भएको मध्यमाञ्चल क्षेत्रिय महोत्सव आज तेस्रो दिन पनि जारी छ ।
महोत्सवको तेस्रो दिन आज महानायक राजेश हमालको विशेष प्रस्तुती रहेको थियो । महानायक हमालको स्वागतका लागी महोत्सव स्थलमा हजारौ मानिसहरुको घुइचो लागेको थियो । त्यस्तै स्थानिय तथा राष्ट्रिय कलाकारहरु तेज आले,लेखराज गुरुङ,रमेश खड्का लगाएतको सांगेतिक प्रस्तुतीवाट र एउटा खुट्टा नभएर पनि आफ्नो नृत्य प्रस्तुत गरि रमा न्यौपानेले दर्शकहरुलाइ मनोरन्जन प्रदान गर्नुभएको थियो । यसैगरि मनोक्रान्तिका साधक सौर्यमले लगातार ३ घण्टा शिर्षासन योग गरेर सवैलाइ आश्चर्यचकित पार्नुभएको थियो ।
करिव ४० लाखको लागतमा सुरु गरिएको महोत्सवमा करिव ३ लाख मानिसले अवलोकन गर्ने र ३ करोडको आर्थिक कारोवार हुने अनुमान गरिएको छ । महोत्सव अवधिभर उधोग, व्यापार, पर्यटन,कृषि, घरेलु तथा लघु उद्यम, विज्ञान प्रविधीको बृहत प्रदशनी गरिने भएको छ ।  पर्यटन वर्ष २०११ को उपलक्ष्यमा सिन्धुलीको कमलामाई,कालिकामाई,शिद्धवावा मन्दिर एवं सिन्धुलीगढीलाई पर्यटन क्षेत्रको रुपमा विश्व मै पहिचान गराउने उदेश्य महोत्सवले लिएको छ भने कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको वृहत सास्कृतिक कार्यक्रम, स्थानिय, राष्ट्रिय, तथा अन्तराष्ट्रिय व्यवसायीवाट उत्पादित सामानहरुको प्रदशनी ,  कृषि जन्य वस्तुको प्रदशनी ,दृष्टिविहिन कलाकारवाट लोकदोहोरी कार्यक्रम  अन्य मनोरन्जनात्म कार्यक्रमहरुमा , सर्कस, विङहरु र मौतका कुवा रहुने उधोग वाणिज्य सघं सिन्धुलीले जनाएको छ । महोत्सव फागुन ७ गतेसम्म चल्नेछ । यसैविच महोत्सवकै अवसरमा नेपाल रेडक्रस सोसाइटी शाखा सिन्धुलीले हिजोदेखि आयोजना गरेको रत्तदान कार्यक्रममा यो समाचार तयार गर्दासम्म ३६ जनाले रक्तदान गरिसकेको आयोजकले जनाएको छ ।

शहीदको नाउँमा गेट । तस्वीरः राजेन्द्र न्यौपाने गोरखा ।



 एकीकृत ने.क.पा. ( माओवादी )गोरखाले शहीदहरुको नाममा गोरखा जिल्लाको मुख्य बजारमा  गोरखाले शहीदहरुको नाममा गोरखा जिल्लाको मुख्य बजारमा बनाएको शहीद स्मृति गेट । माओवादीले फागुन १ गते सोह्रौं जनयुद्ध दिवस मनाउने तयारी गरिरहेको छ ।

बालबालिकहरूलार्इ पोलियो खुवाउँदै । तस्वीरः राजेन्द्र न्यौपाने



 गोरखा जिल्लाको शहीदगेटचोक स्थित मेरी स्टोप्सको परिसरमा पोलियो थोपा खुवाउँदै स्वास्थ्य स्वयंसेविका गायत्रि भट्ट । माघ २९ र फागुन १ गते देशभरीका ६८ जिल्लामा पोलियो खोप अभियान सञ्चालन भैरहेको छ ।

राष्ट्रपति रामवरण यादवबाट मध्यमाञ्चल क्षेत्रीय महोत्सवको उद्घाटन गर्दै । तस्वीरः एस बी गौतम

  

Friday, February 11, 2011

बैशाखीमा उभिएको ऐंजेरु जस्तै भएको छ सरकारः डा. भट्टराई

राजेन्द्र न्यौपाने,
  माघ  २८ गोरखा। एकिकृत नेकपा माओवादीका उपाध्यक्ष डा.वावुराम भट्टराईले माओवादी झलनाथ खनाल नेतृत्वको वैशाखीमा उभिएको ऐंजेरु सरकारमा सहभागी नहुने घोषणा गर्नुभएको छ । उहाँले गोरखा जिल्लामा संविधान सभाको निर्वाचनमा निर्वाचित भएपछि ३६ औं पटक गोरखा आउनुभई भूम्लीचोक गाउँ विकास समिति स्थित भद्रकाली माध्यमिक विद्यालयको स्वर्ण महोसत्व समापन समारोहलाई सम्बोधन गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।
 
उहाँले एमाले सँग भएको सात बुँदे सहमति कार्यान्यन नभएकाले आफुहरुले सरकार बाहिरै बस्ने निणर्य गरेको बताउनु भयो । अब सरकारका कामका आधारमा बाहिरैबाट सहयोग गरेर माओवादी शान्ति र संविधानमा केन्द्रित हुने उहाँको भनाई थियो । शान्ति र संविधानको लागि जनताले माओवादीको नेतृत्वमा नै सरकार चाहेका थिए तर देशी विदेशी शक्तिकेन्द्रको कारण एमालेलाई स्वीकार गरेको खुलासा गर्नुभयो । यो सरकार वुख्याचा, कठपुतली जस्तो सरकार भएको पुष्टि भएको छ डा. भट्टराईले भन्नुभयो । कांग्रेस, पञ्च र माओवादी जोसंग भएपनि टाँसिएर सरकारमै बस्न पर्ने एमाले सिखण्डी पात्र भएको ठोकुवा गर्नुभयो ।
 
सहमति कार्यान्वयन नुहँदा माओवादीलाई नखाँउ भने दिनभरिको शिकार खाउँ भने कान्छा बावुको अनुहार जस्तै भएको छ भन्नुभयो । सरकार निर्माणमा भूरेटाकुरे पार्टीका नयाँ राजाहरु रजाईगर्न लागेकोमा जनता आश्चर्यमा परेको बताउनुभयो । जनताले आफ्नो शासन आफैले चलाउन पाउनुपर्ने बताउँदै उहाँले जनताका सबै छोरीछोरीलाई निःशुल्क र अनिवार्य शिक्षा दिनुपर्ने बताउनुभयो । शिक्षा विना समाजको प्रगती हुन नसक्ने बताउँदै शिक्षालाई किनवेचको बस्तु नबनाई सबैलाई वरावर शिक्षाको व्यवस्था हुनुपर्ने बताउनुभयो । मुठ्ठिभर मानिसहरुले देशको सम्पत्ती भ्रष्टचार गरेर अरबौं कुम्ल्याएको बताउँदै राज्यको सम्पतिमाथि जनताको अधिकार हुनुपर्ने बताउनुभयो । जन्मदैमा १५ सय ऋणको भारी बोक्नुपर्ने अवस्था देशमा रहेको बताउँदै यस्तो अन्यायलाई पल्टाउन राज्यसत्ता प्राप्तिको आन्दोलनमा लाग्नु जरुरी रहेको ठोकुवा गर्नुभयो ।
 
 
सेतो हात्ती जस्तो गरी राजतन्त्र पालेका थियौं बर्षेनी करोडौं रुपियाँ खाएर बस्थ्यो त्यस्तालाई हामीले फाल्यौं जसले जित्यो उसलाई कुर्चीमा बस्न नदिने र जसलाई जनताले हराउनुभयो उसले कुर्ची ओगटेर बस्ने कस्तो अचम्मको खेल भएको छ भन्दै उहाँ जनतालाई अव सडकमा आउन आह्वन गर्नुभयो । उहाँले अधिकार प्राप्तिका लागि जनतालाई आन्दोलनमा उत्रन आग्रह गर्दै सुर्यलाई हत्केला र बादलले छेकेजस्तै गरेपनि वास्तवमा छेक्न सकिदैन त्यस्तै प्रतिगामिले जति षड्यन्त्र गरेर छेकेपनि भिषण आन्दोलन गरेर तोडिछाड्ने चेतावनी दिनुभयो । उपाध्यक्ष डा. भट्टराईले एमालेलाई सिखण्डीको उपमा कुर्सीलाई एमालेको धर्म,सिद्धान्त र भएको प्रस्ट्याएउनुभएको छ । उहाँले भन्नुभयो “एमाले नामको सिखण्डी पात्र जता फाईदा हुन्छ उतै टासिन्छ कुर्ची उसको धर्म र सिद्धान्त छ कहिले काँग्रेस , कहिले राजा र कहिले माओवादीसँग उ टासीन्छ ।”
 
माओवादीले शान्ति र संविधानको लागि मरिमेटेर लागिपरेको बताउँदै त्यो पुरा नभएको स्वाङ पार्दै विदेशीको आडमा राष्ट्रपति शासन वा सैनिक कु हुन सक्छ त्यो रोक्न संविधान बन्नु जरुरी छ भन्नुभयो । उहाँले जनताको संघीय गणतन्त्र अवश्यंभावी भएको भन्दै ठूलो आन्दोलनका आँधीवेहरीले यो देशमा जनताको हातमा सत्ता आउने निश्चित भएको ठोकुवा गर्नुभयो । गोरखा जिल्लाको मिरकोट माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समापन कार्यक्रममा बोल्दै झलनाथले सात दिन सम्म सरकार निर्माण गर्न नसकेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो नहुनु मामा भन्दा कानो मामा बेस भनेर हामीले एमालेको नेतृत्वलाई स्वीकार गरेका थियौ तर यो सरकारको खुट्टी देख्दैमा थाहा भई सक्यो । कुपीण्डोलाई काठको खुट्टा हाल्दिएका थियौ तर हिडँन सकेन । शान्ति र संविधान बनाउन यो सरकारलाई बाहिरै बसेर आग्रह गर्छौ डा. भट्टराईले भन्नुभयो । उहाँले भद्रकाली माध्यमिक विद्यालयको नवनिर्मित ६ कोठे भवनको उद्घाटन समेत गर्नुभएको थियो । उहाँले विद्यालयको इतिहास समेटिएको भद्रकाली स्मारिकाको विमोचन समेत गर्नुभयो । कुल ५२१ जना विद्यार्थीहरुले अध्ययन गर्ने सो विद्यालयमा तीन जना मात्र ब्रमाण क्षेत्रीका विद्यार्थीहरु रहेको विद्यालयका प्रधानाध्यापक दिल बहादुर गुरुङले बताउनुभयो ।
 
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानसिङ गुरुङको अध्यक्षतामा भएको थियो । गोरखा जिल्लाको मिरकोट माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समापन कार्यक्रममा बोल्दै झलनाथले सात दिन सम्म सरकार निर्माण गर्न नसके को आरोप लगाउनु भयो । उहाँले भन्नुभयो नहुनु मामा भन्दा कानो मामा बेस भनेर हामीले एमालेको नेतृत्वलाई स्वीकार गरेका थियौ तर यो सरकारको खुट्टी देख्दैमा थाहा भई सक्यो। कुपीण्डोलाई काठको खुट्टा हाल्दिएका थियौ तर हिडँन सकेन । शान्ति र संविधान बनाउन यो सरकारलाई बाहिरै बसेर आग्रह गर्छौ डा. भट्टराईले भन्नुभयो । सम्बोधनका क्रममा सभासद समेत रहनु भएका डा. बावुराम भट्टराईले यो अध्याँरो सधै नरहने भन्दै केहि ढिलो हुन सक्छ तर एक दिन उज्याँलो भएरै छाड्छ चिन्ता नगर्नुहोस भन्नुभयो । आगो पनि नठोसी बल्दनै त्यसैले अधिकार प्राप्तीका लागि संघर्ष गर्नुपर्ने उहाँको भनाई थियो । तपाईहरुले तल (सडक)बाट निरन्तर संघर्ष र खबरदारी गर्नु पर्छ देशका ठुला ठालु भन्नेहरु एक दिन ठिक हुन्छन उहाँले प्रष्ट पार्नुभयो । मन्तव्यकै क्रममा उहाँले शिक्षामा हुने गरेको व्यापारीकरणको अन्त्य हुनुपर्ने बताउनु भएको थियो ।