Tuesday, February 15, 2011

शान्ति र संविधान विफल पार्ने षड्यन्त्रः डा. भट्टराइ


राजेन्द्र न्यौपाने  फागुन ३ गोरखा ।
एकीकृत ने.क.पा. माओवादी का उपाध्यक्ष डा. बाबुराम भट्टराईले अन्य दलहरुले निहु खोज्ने तरिकाले शान्ति र संविधान निर्माण प्रक्रियालाई विफल पार्ने षड्यन्त्र गरेको बताउनुभयो । शान्ति र संविधानलाई पूरा गर्ने उदेश्य सहित एमालेलाई सहयोग गरेको बताउँदै उहाँले शान्ति विरोधीहरु सक्रिय भएको बताउनुभयो ।
   
 वि.स. २०२६ सालमा एस.एल.सी. बोर्डफस्ट हुनुभएका भट्टराईले विद्यालयको स्वर्ण महोत्सव स्तम्भको उद्घाटन र स्मारिका विमोचन समेत गर्नुभएको छ । आफ्नो तीन पटक जन्म भएको बताउँदै दोश्रो पटकको जन्म विद्यालयले दिएको बताउनुभयो ।
फागुन ९ गतेसम्म चल्ने स्वर्ण महोत्सवको आज डा. भट्टराइले उद्घाटन गर्नुभएको हो । आफुले पढेको विद्यालयको स्वर्ण महोत्सवको कार्यक्रममा आउनुभएका भट्टराई भावुक भएर कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । उहाँ संविधानसभाको निर्वाचन पछि ३७ औं पटक गोरखा आउनुभएको हो ।

No comments:

Post a Comment