एस वि गौतम माघ २९ सिन्धुली ।
सिन्धुलीगढी पर्यटनको आधार रसिलो जुनार सिन्धुलीको उपहार भन्ने मुलनाराका साथ सिन्धुलीमाढीमा माघ २७ गतेवाट सुरु भएको मध्यमाञ्चल क्षेत्रिय महोत्सव आज तेस्रो दिन पनि जारी छ ।
महोत्सवको तेस्रो दिन आज महानायक राजेश हमालको विशेष प्रस्तुती रहेको थियो । महानायक हमालको स्वागतका लागी महोत्सव स्थलमा हजारौ मानिसहरुको घुइचो लागेको थियो । त्यस्तै स्थानिय तथा राष्ट्रिय कलाकारहरु तेज आले,लेखराज गुरुङ,रमेश खड्का लगाएतको सांगेतिक प्रस्तुतीवाट र एउटा खुट्टा नभएर पनि आफ्नो नृत्य प्रस्तुत गरि रमा न्यौपानेले दर्शकहरुलाइ मनोरन्जन प्रदान गर्नुभएको थियो । यसैगरि मनोक्रान्तिका साधक सौर्यमले लगातार ३ घण्टा शिर्षासन योग गरेर सवैलाइ आश्चर्यचकित पार्नुभएको थियो ।
करिव ४० लाखको लागतमा सुरु गरिएको महोत्सवमा करिव ३ लाख मानिसले अवलोकन गर्ने र ३ करोडको आर्थिक कारोवार हुने अनुमान गरिएको छ । महोत्सव अवधिभर उधोग, व्यापार, पर्यटन,कृषि, घरेलु तथा लघु उद्यम, विज्ञान प्रविधीको बृहत प्रदशनी गरिने भएको छ । पर्यटन वर्ष २०११ को उपलक्ष्यमा सिन्धुलीको कमलामाई,कालिकामाई,शिद्धवावा मन्दिर एवं सिन्धुलीगढीलाई पर्यटन क्षेत्रको रुपमा विश्व मै पहिचान गराउने उदेश्य महोत्सवले लिएको छ भने कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको वृहत सास्कृतिक कार्यक्रम, स्थानिय, राष्ट्रिय, तथा अन्तराष्ट्रिय व्यवसायीवाट उत्पादित सामानहरुको प्रदशनी , कृषि जन्य वस्तुको प्रदशनी ,दृष्टिविहिन कलाकारवाट लोकदोहोरी कार्यक्रम अन्य मनोरन्जनात्म कार्यक्रमहरुमा , सर्कस, विङहरु र मौतका कुवा रहुने उधोग वाणिज्य सघं सिन्धुलीले जनाएको छ । महोत्सव फागुन ७ गतेसम्म चल्नेछ । यसैविच महोत्सवकै अवसरमा नेपाल रेडक्रस सोसाइटी शाखा सिन्धुलीले हिजोदेखि आयोजना गरेको रत्तदान कार्यक्रममा यो समाचार तयार गर्दासम्म ३६ जनाले रक्तदान गरिसकेको आयोजकले जनाएको छ ।
No comments:
Post a Comment