Monday, April 4, 2011

भारतीय सरकारवाट सहयोग प्राप्त एम्वुलेन्स संचालनमा

कूल तामाङ्
चैत २१  नुवाकोट। भुतपुर्व सैनिक संघ नुवाकोटले भारतिय सहयोगमा प्राप्त एम्वुलेन्स संचालनमा ल्याएको छ । दुई महिना अघि भारतीय सरकारवाट प्राप्त एम्वुलेन्सको नेपाली कांग्रेसका सभापति जगदीश्वर नरसिह केसीले सोमबार उद्घाटन गर्नुभयो ।

भुतपूर्व सैनिक संघ नुवाकोटका अध्यक्ष जीतवहादुर बोगटीको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न वक्ताहरुले संघको पहलमा आएको एम्बुलेन्सले जिल्लामा विरामीहरुको लागि सहज हुने बताएका थिए । 

सहभागी वक्ताहरुले एम्बुलेन्सको अभावमा समस्या झेलिरहेका ग्रामीण भेगका बासिन्दाहरुले सेवा पाउने आशा व्यक्त गरेका थिए । 

No comments:

Post a Comment