Tuesday, February 15, 2011

एकीकृत माओवादी र एमालेबीच सातबुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता


काठमाडौं फागुन ३ ।
एकीकृत नेकपा माओवादी र नेकपा एमालेले सातबुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको दुई दलका शीर्ष नेताहरुको बैठकले सहमति, विस्तृत शान्ति सम्झौताको भावनाअनुसार भएको भन्दै त्यसबारेमा प्रष्ट हुन पनि आग्रह गरेको छ । माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष एवम प्रधानमन्त्री झलनाथ खनाले निकालेको संयुक्त वक्तव्यमा सरकारलाई सहमतिका आधारमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै सबै दलहरुलाई सरकारमा सहभागी हुन अपिल गरिएको छ । शान्ति प्रक्रिया र संविधान निर्माणको कार्यभार सफल पार्न सहमतिमा लिएर अघि बढ्नेपनि दुई दलका नेताले प्रतिबद्धता जनाएका छन । गणतन्त्र,धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र सामाजिक न्यायको उपलव्धी रक्षा गर्दै अघि बढ्न दुई दलले आह्वान गरेका छन । माओवादी सेनाको छुट्टै फोर्स बनाउने लगायत प्रधानमन्त्री निर्वाचनका क्रममा भएको सहमतिप्रति अन्य दलले आपत्ति जनाएपछि दुवै नेताका तर्फवाट आज सहमति कार्यान्वयनको प्रतिबद्धता आएको हो । यसैबीच विहान बसेको माओवादी पदाधिकारी बैठकले गृहमन्त्रालयलाई थाति राखेर अरु मन्त्रालयम सहमति गर्नेगरी सरकारमा जाने निर्णय गरेको थियो । माओवादी स्रोतका अनुसार विदेश विभाग प्रमुख कृष्णबहादुर महराको नेतृत्वमा माओवादी सरकारमा सामले हुनेछ । अव छिट्टै स्थायी समितिको बैठक बसेर सरकारमा सहभागी हुने नेताहरु छनोट गर्ने माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो ।

No comments:

Post a Comment