Showing posts with label नेपाल. Show all posts
Showing posts with label नेपाल. Show all posts

Wednesday, April 18, 2012

अनौपचारिक शिक्षा खर्चमात्र धेरै, उपलब्धि शून्य

गजुरी (धादिङ), ६ वैशाख । विकट उत्तरी तिप्लिङ गाविसको तथ्याङ्क हेर्ने हो भने त्यहाँ अहिले कोही पनि निरक्षर छैनन् । 

सबैलाई साक्षर बनाउने अभियान नै सञ्चालन गरेर सबै साक्षर भएको तथ्याङ्क जिल्ला शिक्षा कार्यालयमा रहेको अनौपचारिक शिक्षा डेस्कमा उपलब्ध छ । तिप्लिङ गाविसलाई व्यावहारिक रूपमा हेर्ने हो भनेचाहिँ धेरै मानिसले आफ्नो नाम पनि लेख्न सक्दैनन् भन्दा कार्यालयमा बस्ने पत्याउँदैनन् तर यो सत्य हो । गाविसका अधिकांश मानिसले आफ्नो नाम समेत लेख्न नसकेको प्रमाण जिविसको कार्यालयमा देख्न सकिन्छ । तिप्लिङबाट जिविसमा माग भएका योजनामा ल्याप्चे लगाइएको प्रशस्त निवेदन छन् । 

उत्तरको तिप्लिङमात्र होइन दक्षिणको महादेवस्थान गाविस पनि तथ्याङ्कमा साक्षर भएको तर व्यवहारमा ल्याप्चे बढी भएको गाविसमा पर्छ । सरकारले खर्च गरेको करोडौँ रकम सकिइसक्यो । तथ्याङ्कमा साक्षर भएको देखिन्छ तर व्यवहारमा हेर्न जाने हो भने धेरैजसो मानिस ल्याप्चे छन् । तिप्लिङ गाविसमा तामाङ समुदायको बसोबास छ भने महादेवस्थान गाविसमा चेपाङलगायतका जनजाति र ब्राह्मणक्षेत्रीको बसोवास छ । उनीहरू शिक्षा, स्वास्थ्यबाट वञ्चित हुँदै आएका छन् । 

साक्षरता अभियानअन्तर्गत १९ गाविसमा अहिले अनौपचारिक शिक्षाअन्तर्गतका कार्यक्रम सञ्चालन भइरहेको जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले जानकारी दिनुभयो । जिल्लाका ५० गाविसमा साक्षर गराउनुपर्ने ८३ हजार १७८ मध्ये पाँच हजार २३९ जना गत वर्ष साक्षर भएको पनि सुवेदीले जानकारी दिँदै जिल्लामा अनौपचारिक शिक्षालाई प्राथमिकता दिन नसकिएको बताउनुभयो । जिल्लामा अनौपचारिक शिक्षाका लागि रु तीन करोड खर्च भइसकेको छ तर उपलब्धि न्यून भएकाले सरोकारवालालाई नयाँ नीति बनाएर लागु गर्न अनुरोध गरिएको छ । 

राजनीतिक भागबन्डा नमिलेका कारण गत वर्ष जिल्लाको चैनपुर र नलाङ गाविसमा अनौपचारिक शिक्षाका निरीक्षक नियुक्त गर्न नसकेर काम भएको थिएन । अनौपचारिक शिक्षा केन्द्रले मङ्गलबार धादिङबेँसीमा आयोजना गरेको कार्यक्रममा केन्द्रका निर्देशक बाबुराम पौडेलले अनौपचारिक शिक्षाको कार्यक्रम उपलब्धिमूलक हुन नसकेको बताउनुभयो । कार्यक्रममा उपनिर्देशक केशवप्रसाद दाहालले ३१ लाख साक्षर भएको तथ्याङ्क रहेको बताउँदै यसका लागि रु तीन अर्ब ४६ करोड खर्च भएकाले आशा गरेअनुरूप प्रगति नभएको समीक्षा गर्नुभयो । 

सरकारले चलाएको अनौपचारिक शिक्षा कार्यक्रमको मोडेल हरेक वर्ष फेरिने र जागिर खानका लागि चलाइएको जस्तो भएकाले आगामी वर्षदेखि अनौपचारिक शिक्षासँगै सीपको कक्षा एकैपटक चलाउन जिल्लामा क्रियाशील सरोकारवालाले अनौपचारिक शिक्षा केन्द्रसँग माग गरेका छन् । 

अन्तर्जातीय विवाह गर्ने जोडी पुनःस्थापित -Inter-Cast marriage

दाङ, ६ वैशाख । अन्तर्जातीय विवाह गरेकै कारण विस्थापित गङ्गापरस्पुर गाविस–६ ठुलीचौर दाङ निवासी २६ वर्षीय नरबहादुर बुढा र २१ वर्षीया सिर्जना विकलाई मङ्गलबार सोही गाउँमा पुनःस्थापना गरिएको छ ।

मङ्गलबार ठूलीचौर पुगेको मानवअधिकारकर्मी, दलित अधिकारकर्मी, सरोकारवाला र पत्रकारको टोलीले इलाका प्रहरी कार्यालय गढवाको सहयोगमा उहाँहरूलाई पुनःस्थापना गरेको हो । गाउँका भद्रभलाद्मीसँग टोलीले छलफल गरी गाउँलेकै रोहबरमा नरबहादुर र सिर्जनालाई पुनःस्थापना गराएको हो । तीन वर्ष पहिले पे्रमविवाह गरेका एकै गाउँका नरबहादुर र सिर्जना घरपरिवारले स्वीकार नगरेपछि भारत र माइतमा बस्दै आउनुभएको थियो । 

केही दिनअगाडि भारतबाट फर्किएका नरबहादुर र सिर्जनालाई गङ्गापरस्पुर गाविसका सामाजिक परिचालकको सहयोगमा घरमा भित्र्याइएको थियो तर घरमा भित्र्याएको भोलिपल्ट नै नरबहादुरका दिदी शान्ति बुढा, ठूलीआमा नन्दकली डिसी, उनका छोरा ज्ञानेन्द्र छोरी खिमाले ‘कामीको छोरी बिहे गरेकालाई पनि किन भित्र पसालेको’ भन्दै लछारपछार गरी घरनिकाला गरेपछि गाउँमा समेत बस्न नसक्ने स्थिति भएको भन्दै नरबहादुर र सिर्जना न्याय माग्दै जिल्ला सदरमुकाम घोराही आउनुभएको थियो । कथित तल्लो जातको नाममा अन्तर्जातीय विवाह गरेकै कारण आफूहरूले विभेद गरेर गल्ती गरेको भन्दै ज्ञानेन्द्र र खिमाले माफी मागेका छन् ।

मङ्गलबार त्यहाँ पुगेका हरप्लेस दाङका संयोजक विनोद केसी, दलित गैरसरकारी संस्था महासङ्घ (डिएनएफ) का केन्द्रीय उपाध्यक्ष निर्मला गुप्ता, उत्पीडित जातीय मुक्ति समाज दाङका अध्यक्ष मानबहादुर विश्वकर्मा, दलित महिला एकता केन्द्रका कल्पना नेपाली, दलित पत्रकार सङ्घ दाङका अध्यक्ष जनक नेपाली तथा पत्रकार समक्ष उनीहरूले माफी मागेका हुन् ।रासस

Sunday, April 1, 2012

पन्ध्र वर्ष नुपुग्दै विवाह गर्छन् बालिकाहरू

सोलुखुम्बूको वाकु वाप्सा, मगर गाउँका अधिकांश वालिकाले १५ वर्ष नपुग्दै विवाह गर्ने गरेका छन्। बालविवाह कानुनद्वारा वर्जित भएको  कुरासँग ती बालिका र उनीहरूका अभिभावक कसैलाई वास्ता छैन। वाप्सा बदबर टोलकी सुष्मा रजानमगर (१४)को वाकु- ९ लाखुका  किशोर हिराकाजी रानामगर(१६)सँग भरखरै विवाह भयो। कानुनी रूपमा दुवैको उमेर नपुगे पनि अभिभावककै सहमतिमा उनीहरूको विवाह  भएको हो। सुष्मा र हीराकाजी अहिले माइती-ससुराली गरिरहेका छन्। 

एक वर्षपहिले वाप्सा बलेफाकी कोपिला खपाङ्गी मगर (१४)ले सोमान मगर (२१) सँग प्रेम विवाह गरिन्। ओठ निचोर्दा दूध आउने बालिका  कोपिलाले विवाह गर्दा उनका अभिभावकले खासै आपत्ति जनाएनन्। आफूलाई मन पराएको भन्दै सोमानले जबरजस्ती गरेपछि बाध्य भएर  विवाह गर्नुपरेको कोपिला बताउँछिन्। विवाहपछि ४ कक्षाको उनको पढाइ त्यसै रोकिएको छ भने उमेर नपुग्दै गृहस्थी जीवन सुरु भएको छ।  विवाहले पढ्ने धोको समाप्त भएको कोपिला बताउँछिन्। 

कोपिला खपाङ्गीकै उमेरमा हिमाली मगर (१४) ले गोपाल मगर (१८) सँग गत वर्ष विवाह गरिन्। हिमाली र गोपाल आफ्नै राजीखुसीले  विवाह गरेको बताउँछन्। विवाहपछि ७ कक्षामा अध्ययनरत दुवैको स्कुल छुटेको छ। अहिले हिमाली गाउँमै घरखेती गर्छिन् भने गोपाल कहिले  गाउँ त कहिले नाम्चे आउने-जाने गर्छन्। 

सुष्मा, कोपिला र हिमालीको मात्र होइन, गाउँका सबैजसो किशोरीको पन्ध्र वर्ष नपुग्दै विवाह हुने गरेको छ। १५ वर्ष नपुग्दै विवाह गर्नेहरूको  लस्करमा जोडिन्छिन् बेबिना मगर (१८), जसले चार वर्षपहिले गाउँकै अमर मगरसँग विवाह गरेर दुईवटा सन्तान जन्माइसकेकी छिन्।  उनीहरू आमाबाबुसँग छुट्टिएर बस्दै आएका छन्। १५ वर्षमा टेक्ने क्रममै विवाह गरेकी सुजता मगर (१९) को छोरो ४ वर्षको भैसकेको छ।  विष्णु मगर (१५) ले गाउँकै शम्भु मगर (१८) सँग डेढ वर्षपहिले विवाह गरिन्। 

करिब १ सय ५० घर मगर परिवार रहेको वाप्सा गाउँमा तुलनात्मक उमेर पुगेर विवाह गर्ने सुविता मगर (१८) र राजु रानामगर (१८) हुन्।  अरूका केटाकेटीले सानैमा विवाह गरे पनि आफूले उमेर पुगेरै छोरीको विवाह गरिदिएको सुविताकी आमा चिनीमाया रजानमगर बताउँछिन्।  ९० प्रतिशत बालिकाको किशोरावस्था पार नभै विवाह हुने स्थानीय गोविन्द थापामगर बताउँछन्। गोविन्द भन्छन्- कानुनले अवैध मानेको  बालविवाह त्यहाँ परम्पराकै रूपमा स्थापित छ। 

पछिल्ला ७ वर्षमा सबैभन्दा धेरै उमेर पुगेर आफूले विवाह गरेको सन्ध्या थापामगर (२१) बताउँछिन्। उनले दुईवर्ष पहिले गाउँकै हीरा मगर  (२१) सँग विवाह गरेकी थिइन्। सन्ध्याका अनुसार पहिलो राजश्वालासमेत नहुँदै वाप्साका धेरै युवतीको विवाह भैसक्छ। २०६१/६२ यता  वाप्साका दुई दर्जनभन्दा बढीको बालविवाह भएको छ। बालविवाहलाई सामाजिक विकृति मानिए पनि आफ्नो गाउँमा सामान्य बन्दै गएको  सन्ध्या बताउँछिन्।

अरूका छोराछोरीले बालविवाह गरे पनि आफ्ना छोराछोरीलाई त्यस्तो गर्न नदिने स्थानीय अजम्बरी सामुदायिक संस्थाकी कोषाध्यक्ष सीता  मगर बताउँछिन्। बालविवाहको चलनले बालिबालिकाको पढाइ चौपट भएको कोषाध्यक्ष मगरको अनुभव छ। अहिलेसम्म वाप्साको बदबर,  बलेफा, खानी र रोयखोला टोलका कुनै मगर बालिकाले एसएलसीसम्म नगरेको सिता बताउँछिन्। अधिकांश केटाहरूले पनि १८-१९ वर्षमा  विवाह गर्ने गरेका छन्। सानो उमेरमा विवाह गर्ने चलनले गाउँ शिक्षामा ज्यादै पिछडिएको स्थानीय बासिन्दा भक्तबहादुर मगर बताउँछन्। 

बालविवाहले शिक्षा आर्जन तथा व्यक्तित्व विकासमा बाधा परेको र परिवार सञ्चालन गर्न गाह्रो भएको सन्ध्या थापा बताउँछिन्। स्थानीय  स्कुलमा कक्षा १० पढ्दापढ्दै विवाह गरेकी सन्ध्या स्वयम् त्यसपछि पढाइ छाड्न बाध्य भइन्। बालविवाह हुनुमा अभिभावकहरू नै दोषी  भएको सन्ध्याको आरोप छ। 'ठूलाहरूले गाउँको विवाह तथा सामूहिक कार्यमा साना केटाकेटीहरूलाई जुटाइदिने, जिस्क्याउने, उकास्ने आदि  काम गर्छन्,' सन्ध्या भन्छिन्- 'यसले बालविवाह गर्न प्रोत्साहित गरेको छ।' केहीले भने साथीभाइको देखासिखीले सानैमा विवाह गरेको बताउँछन्। आफू सानै भए पनि मनमिलेपछि एक्लै बस्न नसकेर विवाह गरेको बेबिना मगर बताउँछिन्।

आर्थिक एवं शैक्षिक रूपमा पछाडि रहेको वाप्सा गाउँमा बालविवाह रोक्न विशेष सचेतनात्मक अभियान खाँचो भएको गैरसरकारी संस्था  पहाडी विकास तथा संरक्षण समूह नेपालको वाकु हेर्न सामाजिक परिचालक पर्विमाया खालिङ राई बताउँछिन्। पहाडी विकासले वाप्सामा  गरिबी निवारण कार्यक्रम सञ्चालन गरिरहेको छ। सामाजिक परिचालक राईका अनुसार कार्यक्रममा समेटिएका परिवारहरूको सामुदायिक  संस्थामार्फत बालविवाह रोक्न अभियान चलाउन पहल भैरहेको छ।
साभारः साप्ताहिक

Tuesday, April 12, 2011

आज शिक्षक दिवस

काठमाडौं, २९ चैत । नेपाली शिक्षकहरुको जेठो संस्था नेपाल राष्ट्यि शिक्षक सङ्गठन स्थापनाको ३२ औं वर्षमा प्रवेश गरेको अवसरमा मङ्गलबार देशभर शिक्षक दिवस मनाइँदैछ ।

विसं २०३६ चैत २९ गते मकवानपुरको भुटनदेवी माविमा भएको भेलाबाट बद्रीप्रसाद खतिवडाको अध्यक्षतामा गठित सो सङ्गठनले आफ्नो पेसागतसँगै प्रजातान्त्रिक आन्दोलनमा सकि्रयता जनाउँदै आएको छ ।

हाल शिक्षकहरुका विभिन्न संस्था भएकाले सबै सङ्गठनले सोही दिनलाई स्थापना दिवस मान्ने विषयमा पनि सहमति हुन सकेको छैन ।

सङ्गठनका अध्यक्ष बाबुराम अधिकारीले स्थापना दिवसलाई शिक्षक दिवसका रुपमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरिने जानकारी दिनुभयो ।

उहाँले यस अवसरमा सबै शिक्षकहरुलाई बधाइ दिनुभएको छ ।

आज रमनवमी धुमधामका साथ मनाईदै ॥

कूल तामाङ्ग÷काठमाडौँ २९ चैत । आज चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ुरामनवमीु पर्व आज देशभित्र र बाहिर हिन्दु धर्मावलम्विहरुद्वारा श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ ।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका अवसरमा भगवान् रामचन्द्रका मन्दिरहरुमा पूजापाठ गरिन्छ । आज जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लागेको छ ।

त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी ताल तथा कुण्डहरुमा स्नानका साथ व्रत बसी रामगीता पाठ अध्यात्म वाल्मिकीय तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभर भजनकीर्तन गर्ने परम्परा छ ।

आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ुव्रतार्कु नामक धर्मग्रन्थमा उल्लेख छ ।

अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको दसौँ अवतारका रुपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरुको नाश गर्नुभएको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएकाले उहाँको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

Monday, April 11, 2011

बिस्केट जात्राको पहिलो दिन रथ तानातान गर्दा चक्का फुस्कियो

 चैत  २८ भक्तपुर । आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्राको पहिलो दिन आइतबार रथ तानातान गर्दा चक्का फुस्किएको छ । चक्का फुस्किएपछि निश्चित ठाउँसम्म पनि रथ पुर् याउन सकिएको छैन । तौमढी टोलको पाँचतल्ले मन्दिरबाट रथ तान्न सुरु भएको थियो ।

 तल्लो र माथिल्लो टोलबीच तानातान हुँदा माथिल्लो टोल दत्तात्रयतर्फ रथ लैजान सफल भएको थियो । रथ लैजाने क्रममा नेमकिपाको पार्टी कार्यालय नजिक इनोचोमा रथको पाङ्ग्रा फुस्किएपछि थन्किएको छ । पाँचतल्लेबाट लगिएको रथ दत्तात्रय पुर् याएर पुनः गःबहालमा ल्याएर राख्नुपर्ने हुन्छ ।यसैबीच नववर्षको चार दिन अगाडिदेखि सुरु हुने बिस्केटजात्राको दोस्रो दिन आज मूल देवता बेताल र भैरवनाथलाई बलि चढाइँदैछ । भद्रकाली रथलाई गःहिटीस्थित खँलाटोलमा अजिमा द्योछें भद्रकाली देवघर मा पुर् याई भैरव नाइके र चगुठीद्वारा बलीपूजा गर्ने परम्परा छ । 

उक्त बलिपूजाको मासु प्रसादका रुपमा बाँडिन्छ ।आइतबार भैरवनाथ र भद्रकालीको रथ तानेर बिस्केटजात्रा सुरु गरिएको थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ४५ साधारणसभा आजदेखि काठमाडौंमा सुरु।

२८ चैत, काठमाण्डौं ।नेपाल उद्योग वाणिज्य महासङ्घको ४५ साधारणसभा आजदेखि काठमाडौंमा सुरु हुँदै छ । निजी क्षेत्रको प्रतिनिधि संस्था महासङ्घको साधारणसभाको प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्नुहुनेछ । महासङ्घको ६१ सदस्यीय नयाँ नेतृत्व चयनका लागि पसर्ि चुनाव हुने कार्यक्रम छ । नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा आजाद श्रेष्ठ र सुरज वैद्यले उम्मेद्वारी दिनुभएको छ । दुवै पक्षले आ-आफ्ना प्यानल खडा गरेर चुनावी प्रतिस्र्धामा उत्रिएका छन् । यसगरी उपाध्यक्ष पदका लागि भने आजाद प्यानलबाट कृष्णप्रसाद ताम्राकार प्रदीपजंग पाण्डे प्रदीपमान वैद्य र निरक केसीले उम्मेद्वारी दिनुभएको छ भने सुरज प्यानलबाट भाष्करराज राजकर्णिकार किरण शाख पशुपति मुरारका र भवानी राणा हुनुहुन्छ ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीशको नाम सिफारिशका लागि संवैधानिक परिषद्को बैठक बस्दै

चैत २८ काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशको नाम सिफारिशका लागि आज संवैधानिक परिषद्को बैठक बस्दै छ । साँझ बस्ने परिषद् बैठकले प्रधानन्यायाधीशका लागि वरिष्ठ न्यायाधीश खिलराज रेग्मीको नाम सिफारिश गर्ने भएको छ । रेग्मीको नाम सिफारिशपछि नयाँ प्रधानन्यायाधीश नियुक्तिको संसदीय सुनुवाईको प्रकि्रया सुरु हुनेछ । 

उमेर हदका कारण वर्तमान प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले १४ महिने कार्यकाल पूरा गर्दै आउने वैशाख २२ गते अवकाश लिँदै हुनुहुन्छ ।

हुरीबतास संगै परको चट्याङको कारण बिजुलीको मिटर पड्किदा एक महिलाको मृत्यु

कूल तामाङ् 
  चैत्र २८ धादिङ। धादिङ जिल्लाको गोगनपानीमा हिजो साझ हुरीबतास संगै परको चट्याङको कारण घरमा राखिएको विजुलीको मिटर पड्किदा एक महिलाको मृत्यु भएको छ ।

गोगनपानी गाविस वडा नंं २ की ३० बर्षिय राधिका थापाको चट्याङको कारण बढी भोल्टेसको करेन्ट आई घरको मिटरबक्स पड्किदा घटनास्थलमै मृत्यु भएको स्थानीय श्यामलाल श्रेष्ठले बताउनुभयो । चट्याङको कारण गाउका एक दर्जन भन्दा बढी मिटर पड्किएको छ भने सोही वडाकी कान्छी वाग्ले घाइते हुनु भएको छ । घाइतेको काठमाडौको एक अस्पतालमा उपचार भईरहेको छ ।

एभी इन्टरपाइजेजका साचालकको गोली हानी हत्या

काठमाडौं, चैत २८ ।काठमाडौँस्थित खिचापोखरीमा अज्ञात व्यक्तिले चलाएको बन्दुकको गोली लागेर आइतबार एक व्यापारीको निधन भएको छ ।

राती ९ वजे चलाएको बन्दुकले अन्जनीकुमार चाचन घाइते भएपछि उनलाई तत्काल वीर अस्पताल उपचारार्थ लगिएको थियो । उनको हात र पेटमा गोली लागेको बताइएको छ ।

एभी इन्टरपाइजेजका साचालक चाचनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


Sunday, April 10, 2011

जनगणनामा बास्तबिक परिचय उपलब्ध गराउन आग्रह

चन्द्र श्वर बस्तकोटि
 चैत २७ मुस्ताङ ।जनगणना सम्वन्धि सचेतना फैलाउन उद्देश्यले आइतबार मुस्ताङको सदरमुकाम जोमसोममा जिल्ला जनगणना कायालय मुस्ताङले सचेतना गोष्ठीको आयोजना गरेको छ । प्रत्येक दश वर्षमा गरिने जनगणना देश भरि जस्तै मुस्ताङमा पनि असार तिन गते देखि १३ गते सम्म हुने भएको छ । सबैलार्ई बास्तबिक परिचय उपलब्ध गराउन आग्रह गदै जनगणना सम्बन्धि सचेतना अभिवृद्धि गर्ने अभिप्रायको साथ जिल्ला गनगणना कार्यलयको आयोजनामा सचेतना गोष्ठी सम्पन्न भएको हो ।

 जेष्ठ १ देखि १८ सम्म जनसंख्याको सुचिकरण लिने त्यस्तै असार ३ गते देखि १३ सम्म राष्ट्रिय जनगणनाका लागि व्यक्तिगत विवरण संकलन गर्ने बताइएको छ भने यसको ताकी यसको कार्यालय यहि चैस १ गते स्थापना भएको थियो । यसका लागि ८ जना कर्मचारी खताइने र प्राथामिक विद्यालयका शिक्षकहरुलाई गणकका रुपमा र निम्न माध्यामिक विद्यालयका शिक्षकहरुलाई सुपरिवेक्षका रुपमा परिचालन गरिने जिल्ला जनगणना अधिकृत आनन्दराज अर्यालले बताउनभयो ।

यस भन्दा पहिला २०५७ सालको जनगणना अनुसार मुस्ताङ जिल्लाको जनसंख्या करिव १५ हजार रहेको थियो । तर यसपाली गरिने जनगणनामा मुस्ताङको जनसंख्या १७ हजार एक सय ६२ हुने जिल्ला जनगणना कार्यालयले अन्दाज गरेको छ । क्रममा  रहेका नागरिकको अवस्थाका बारेमा जानकारी हुने भएकाले राष्ट्रिय जनगणना २०६८ मा घरघरमा आउने तथ्याङ्क संकलक लाई आफ्ना बास्तबिक परिचय उपलब्ध गराउन  जिल्ला जनगणना कार्यालय मुस्ताङले आग्रह गरेको छ ।

प्रत्येक दश÷दश वर्षमा हुने जनगणनाको बारेमा जानकारी गराउन सदरमुकाम जोमसोममा आयोजना गरिएको सचेतना गोष्ठिमा कार्यालयले सवैको सहकार्यमा हुनुपर्नेमा जोड दिइएको थियो ।

देशको योजना निर्माणमा प्रभाव पार्ने भएकाले सही तथ्याङ्क संकलन गर्न सबै क्षेत्रबाट सहयोग सहयोग हुनुपर्ने  कार्यालयले जनाएको छ ।

विगतका जनगणनामा सिमान्तकृत, जनजाति, पछाडीपारिका समुदाय, दलितको जनसंख्या भन्दा निकै कम तथ्याङ्क संकलन हुने भएकाले यस बर्ष सचेत हुनुपर्नेमा समेत जोड दिएका थिए । जिल्लाका विभिन्न क्षेत्रमा कार्यालयका कर्मचारीका साथै स्थानियस्तरमा रहेका विद्यालयका शिक्षकहरूको समेत सहभागिता गराई तथ्याङ्क संकलन गरिने कार्यालयले जनाएको छ ।

गोष्ठीको अध्यक्षता जिल्ला जनगणना प्रमुख  प्रमुख जिला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले गर्न भएको थियो ।

चैतेदसैँ र नयाँ वर्षका नाममा जवर्जस्ती चन्दा सङ्कलन कार्यमा सङ्लग्न पाँच पक्राउ

चैत २७  दोलखा। चैतेदसैँ र नयाँ वर्ष मनाउन भन्दै दोलखाका विभिन्न स्थानमा जबर्जस्ती चन्दा सङ्कलन गर्ने कार्य तीव्र भएको छ । लामोसाँघु-जिरी सडकखण्डका विभिन्न स्थानमा हतियार प्रदर्शन गर्दै युवा समूहहरुले चन्दा सङ्कलन तीव्र पारेका हुन् । 

धारिलो हतियार देखाई सवारीसाधनमा जबर्जस्ती चन्दा सङ्कलन गरिरहेको अवस्थामा प्रहरीले लामोसाँघु-जिरी सडकखण्डअन्तर्गत दोलखाको खावाबाट पाँचजना युवालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काभ्रे-३ का राजु बस्नेत सोही गाविस वडा नम्बर ५ का राजन बस्नेत जीवनकुमार दाहाल सुवासकुमार खड्का र १९ वर्षका शिव दाहाल रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरीबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरुविरुद्ध सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

माओवादीलाई फुटाउन देशी-विदेशी शक्तिबीच चलखेल भइरहेको :हितमान शाक्य


चैत २७ काठमाडौँ। एकीकृत नेकपा माओवादी नेता हितमान शाक्यले एमाओवादीलाई फुटाउनका लागि देशी-विदेशी शक्तिबीच चलखेल भइरहेको आशङ्का व्यक्त गर्नुभएको छ ।

अखिल क्रान्तिकारी बागलुङ् सम्पर्क समितिले  आयोजना गरेको तेस्रो भेलाको उद्घाटन गर्दै उहाँले एमाओवादी मुलुकको सबैभन्दा ठूलो पार्टी भएकाले त्यसलाई फुटाउने चलखेल भइरहेको दाबी गर्नुभयो ।

शान्तिप्रकि्रया र संविधान लेखन कार्यलाई सँगसँगै लगेर तोकिएको समयमा नै संविधान जारी गर्नका लागि काङ्ग्रेस लगायत सरकार बाहिर रहेका अन्य दललाई समेत सरकारमा सहभागी हुन उहाँले आग्रह गर्नुभयो ।

कार्यदल गठन गर्न एमाओवादी र एमाले सहमत

चैत २७ काठमाडौँ । सत्ता साझेदारीका विषयमा पछिल्लोपटक उत्पन्न सङ्कट समाधान गर्नका लागि सत्ता सहयात्री दल एकीकृत नेकपा माओवादी र नेकपा एमालेबीच कार्यदल गठन गर्ने सहमति भएको छ ।

सत्ता साझेदार एनेकपा माओवादी र नेकपा एमालेका शीर्ष नेताबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा सरकार साचालनको न्यूनतम् साझा कार्यक्रम तय गर्ने सरकार साचालन कार्यविधि तयार पार्ने र मन्त्रीहरुले पालना गर्नुपर्ने आचारसंहिता निर्माण गर्नका लागि सो कार्यदल गठन गर्ने सहमति भएको हो ।

विगत केही सयमदेखि सरकार गठनमा देखिएको ढिलाइ र सत्ता बाँडफाँडका विषयमा भएका अन्योलतालाई चिर्नका लागि दुई दिनभित्र सरकार साचालनको न्यूनतम् साझा कार्यक्रम तय गर्ने साचालन कार्यविधि तयार पार्ने र आचारसंहिता निर्माण गर्न कार्यदल गठन गरिएको एनेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँकाअनुसार कार्यदलले सरकार साचालनका लागि न्यूनतम् साझा कार्यक्रम तय गर्ने सरकार साचालनमा कस्तो कार्यविधि तयार पार्ने र सरकारमा प्रतिनिधित्व गर्नेहरुले पालना गर्नुपर्ने आचारसंहिता कस्तो रहने भन्ने बारेमा स्पष्ट खाका तयार गर्नुपर्ने छ ।

सत्ता साझेदार दुई दलका तर्फबाट चार-चारजना रहने गरी गठित सो कार्यदलमा एनेकपा माओवादीका तर्फबाट उपाध्यक्ष श्रेष्ठ र नेताहरु पोष्टबहादुर बोगटी दिनानाथ शर्मा र देव गुरुङ हुनुहुन्छ भने एमालेका तर्फबाट भरतमोहन अधिकारी भीम रावल सुरेन्द्र पाण्डे र भीम आचार्य रहनुभएको छ ।

छलफलमा प्रधानमन्त्री खनाल एकीकृत नेकपा माओवादीका अध्यक्ष दाहाल र सरकारलाई पूर्ण दिन दुई दलका नेता सम्मिलित वार्ता टोलीका सदस्यहरुको पनि उपस्थिति थियो ।

श्रम अनुमति लिएर मात्र विदेश जान सरकारको आग्रह

 चैत २७ काठमाडौँ । सरकारले भविष्यमा हुन सक्ने जोखिमबाट बच्न तथा सरकारी सेवा सुविधा प्राप्त गर्न श्रम अनुमति लिएरमात्रै रोजगारीका लागि जान आग्रह गरेको छ ।

खाडी मुलुकमा कामका लागि जाने नेपाली समस्यामा पर्ने गरेको र श्रम अनुमति लिएर नजाँदा कुनै दुर्घटना या आपतमा परे उद्धार गर्न नसकिने भन्दै यस्तो आग्रह गरेको हो ।

श्रम तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार करिब दुई लाख नेपाली श्रम अनुमति पत्र नलिएर वैदेशिक रोजगारीमा गएका छन् । जसले गर्दा उनीहरुको कुनै जानकारी सरकारसँग छैन । यसरी जानेमा महिलाहरु पनि रहेका छन् ।

मन्त्रालयका सहसचिव पूर्णचन्द्र ढुङ्गेलका अनुसार सरकारबाट २७ हजार महिलाले मात्रै श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेशिएका छन् । उनीहरुको जानकारी मात्रै सरकारले राखेको छ ।

रोजगारीका लागि विदेशिनेहरु बेचविखनमा पर्ने गरेको बताउँदै उहाँले यसरी जाँदा आफू कसरी सुरक्षित भइन्छ भनेर प्रत्येक व्यक्तिले जानकारी लिन आवश्यक रहेको बताउनुभयो ।

वैदेशिक रोजगारीमा गएकाहरु सुरक्षित तरिकाले काम गर्न सकुन् भन्ने उद्देश्यले सरकारले खाडी मुलुकमा एकद्धार प्रणाली लागु गर्न सुरु गरेको छ ।

कामदार पठाउनुअघि सरकारले सम्बन्धित मुलुकमा स्वीकृति लिनका लागि सो प्रणाली लागु गरिएको बताउँदै सहसचिव ढुङ्गेलले कुबेतमा भने गत फागुनदेखि सो प्रणाली लागु भइसकेको जानकारी गराउनुभयो ।

पुस्तकालयद्वारा निःशुल्क स्वास्थ्य क्लिनिक सुरु

काठमाडौँ २७ चैत । विशालनगर पुस्तकालय कामपा-५हाँडीगाउँले शनिबारदेखि प्रत्येक दिन एक घन्टा निःशुल्क स्वास्थ्य क्ल्ािनिक सुरु गरेको छ ।

क्लिनिकको हास्य कलाकार बसुन्धरा भुसालले उद्घाटन गर्दै पुस्तकालयले सामाजिक सेवाको काम गरेर महत्वपूर्ण काम सुरु गरेको र हरेक पेसा व्यवसाय गर्ने व्यक्तिले केही प्रतिशत सामाजिक सेवामा खर्च गर्नुपर्ने विचार राख्नुभयो ।

हास्य कलाकार दीपकराज गिरी र नायिक पूजना प्रधानले आफूले कमाएको थोरै पैसा समाजिक सेवाका क्षेत्रमा लगानी गरेमा आत्मसन्तुष्टि प्राप्त हुने बताउनुभयो ।

सो अवसरमा कलाकार भुसाल र प्रधानले आर्थिक रुपमा कमजोर भएका मानिसलाई स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि स्वास्थ्य कोष खोल्न पुस्तकालयलाई रु।२५ हजार सहयोग गर्नुभयो ।

पुस्तकालयका अध्यक्ष गणेश श्रेष्ठले सर्वसाधारण जनताको ठूल-ठूला अस्पतालमा पहुँच नपुग्ने र लामो समयसम्म कुर्नुपर्ने भएकाले स्थानीय जनतालाई सुविधाका लागि निःशुल्क स्वास्थ्य क्लिनिक साचालन गर्न सुरु गरेको जानकारी दिनुभयो ।

क्लिनिकमा सोही क्षेत्रमा बसोबास गर्ने डा।sुन्दन अर्याल त्रिवि श्ािक्षण अस्पताल डा।विश्वराज श्रेष्ठ ओम अस्पताल डा।निरजप्रसाद पराजुली धुलिखेल अस्पताल डा।दीप लामिछाने पाटन अस्पताल डा। श्वेता बराल गङ्गालाल अस्पताल र डा।मोहना गिरी वीर अस्पताल ले सेवा पुर् याउनुहुनेछ ।
पुस्तकालयले शनिबार नै रक्तदान कार्यक्रमको आयोजना गरेकामा ९८ जना स्थानीय बासिन्दाले रगत दिएका थिए ।

पाँच महिनादेखि बेपत्ता चौलागाइको अबस्था अझै अज्ञात

 चैत २७ कंचनपुर । पाँच महिनादेखि बेपत्ता भएका लोकसेवा आयोग सुदूरपश्चिम कार्यालयका क्षेत्रीय निर्देशक नवराज चौलागाईंको अवस्थाका बारेमा संयुक्त राष्ट्रसङ्घीय आयोग ओचएसीएचआरले चासो व्यक्त गरेको छ ।

स्विट्जरल्यान्डको जेनेभास्थित ओएचसीएचआर केन्द्रीय सचिवालयले चौलागाईंको खोजीका लागि चासो राखेको हो ।

कात्तिक अन्तिम सातादेखि डोटीबाट बेपत्ता चौलागाईंको खोजीका लागि पहल गरिदिन मानव अधिकार शिक्षा क्लब रिलेक काचनपुरले ओएचसीएचआरलाई अपिल पठाएकामा सोको प्रत्युत्तरमा ओएचसीएचआर अन्तर्गतको युएन वर्किङ ग्रुप अन इन्फोस्र्ड अर इन्भोल्युन्टरी डिस्एपियरेन्सेज डब्लुजीईआइडी ले घटनाको पूर्ण विवरण बेपत्ताको खोजीका लागि हालसम्म भएका प्रयास लगायतका विवरण माग गरेको छ ।

ओएचसीएचआरबाट प्राप्त अनुरोध अनुसार चौलागाईंका आफन्त र अन्य सरोाकरवालासँग सम्पर्क र समन्वय गरी आवश्यक विवरण पठाइने रिलेक काचनपुरका अध्यक्ष माधव अधिकारीले बताउनुभयो ।

यसअघि रिलेकले चौलागाईंको अवस्था पहिचान गरी बेपत्ता गराउन संलग्न दोषीमाथि कार्वाहीको माग गर्दै प्रधानमन्त्री झलनाथ खनाललाई अपिल गरेको थियो । चौलागाईंको अवस्था हालसम्म अज्ञात छ ।

Saturday, April 9, 2011

सङ्घीयता र शासकीय स्वरुपको विषयमा दलहरुबीच सहमति भए जेठ १४ मै संविधान जारी गर्न सकिने

 चैत २६ काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य पशुपति चौलागाईंले सङ्घीयता र शासकीय स्वरुपको विषयमा दलहरुबीच सहमति भएमा आगामी जेठ १४ मा संविधान जारी गर्न सकिने बताउनुभएको छ ।

नेकपा एमाले दोलखा-काठमाडौँ क्षेत्रीय सम्पर्क माचद्वारा  आयोजित सम्मेलनको उद्घाटन गर्दै उहाँले शान्तिप्रकि्रया र संविधान लेखनका कार्यमा राजनीतिक दलहरुबीच बसेर विवादित विषयमा छलफल गरी सहमति गरेमा जेठ १४ मा संविधान जारी हुन सक्ने विचार व्यक्त गर्नुभयो ।

एमाओवादीले शान्तिप्रकि्रया पूरा गर्न्र नचाहेको उल्लेख गर्दै उहाँले एमाआवादीले विद्रोह गर्ने र मुलुकको सारा संरचना ध्वस्त पार्ने सोच राख्ोर एकलौटी शासन गर्ने सपना देखेमा उसका लागि आफ्नै पार्टी समाप्त पार्न खोजे जस्तो हुने टिप्पणी गर्नुभयो ।

सभासद् शान्ति जिरेलले जेठ १४ मा संविधान जारी गर्नका लागि विषयतग समितिहरुमा देखिएका विवादित विषयमा सहमति भएमा तोकिएको समयमा नै जारी गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा एमाले बागमती अाचल सम्पर्क कमिटिका अध्यक्ष कुमार खकुरेल एमाले दोलखा जिल्लाका उपाध्यक्ष भूवनिसंह थापालगायतले तोकिएको समयमा नै संविधान जारी गर्नका लागि एमालले मुख्य भूमिका खेलेर अन्य दललाई समेत सहमतिमा ल्याउनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा शान्ति र संविधान नारा लिएर ७५ जिल्लामा साइकलयात्रा गर्न सफल हुनुभएका दोलखा जिल्ला नाम्दु गाविसका किरण घिमिरेलाई सम्मान गरिएको थियो ।

थरुहट स्वायत्त राज्य परिषदले आह्ान गरेको अनिश्चितकालिन आमहड्ताल फिर्ता


 चैत २६ दाङ्। थरुहट स्वायत्त राज्य परिषदले आह्ान गरेको अनिश्चितकालिन आमहड्ताल फिर्ता लिएको छ । परिषदले काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरि नजिकै आईरहेको चैते दशै र छिल्लीकोट महोत्सवलाई मध्यनजर गर्दै बेलुका पौने ५ बजेबाट आमहड्ताल फिर्ता लिएको थरुहट राज्य परिषदले जनाएको छ । 

एकिकृत नेकपा माओबादी एमाले र फोरम बिच भएको सम्झौता खारेजीको माग गर्दै थरुहटले हिजो देखी दाङ बाके बर्दिया कैलाली र कंचनपुर लगाएत तराईका २२ जिल्लामा गरेको अनिश्चीतकालिन आमहड्तालको आह्वान गरेको थियो । आमहड्ताल फिर्ता लिए पछी यातायातका साधन संचालनमा आउन थालेका छन । 

 दुई दिने बन्दले प्रभावीत भएको जनजिवन अहिले सामान्य बन्दैछ ।

अब बन्ने संविधानमा प्रत्येक नागरिकको हक अधिकार सुनिश्चित हुनुपर्नेमा जोड

चैत  २६ सिन्धुपाल्चोक। नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले अब बन्ने संविधानमा प्रत्येक नागरिकको हक अधिकार सुनिश्चित भएको हुनुपर्ने बताउनुभएको छ ।


सिन्धुपाल्चोकको टेकनपुर गाविसस्थित कालिका उच्चमाविको ४४ औं वार्षिकोत्सवको उद्घाटन समारोहमा बोल्दै नेता सिटौलाले राष्ट्रभन्दा दल ठूलो नहुने उल्लेख गर्दै देश र जनतामाथि धोका दिने कसैलाई पनि जनताले माफी दिन हुँदैन भन्नुभयो । 

सो अवसरमा उहाँले जिल्लास्तरीय भलिबल प्रतियोगिताको फाइनलमा प्रथम र दोस्रो हुने समूहलाई नगद तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।