Showing posts with label विविध. Show all posts
Showing posts with label विविध. Show all posts

Monday, April 4, 2011

तराईमा भेडापालन व्यवसाय व्यवसाय सङ्कटमा


                                      
                                        दीपेन्द्रप्रसाद िसंह,धनुषा,चैत २१ ।

चरणको व्यवस्था नहुँदा धनुषामा भेडापालन व्यवसाय सोचेजस्तो फस्टाउन नसकेको किसानहरुले बताएका छन् । भेडापालन गर्दा दिनभरि भंेडाको पछिपछि कुदनुपर्ने भेडाको नवजात बच्चाहरुलाई रेखदेख गर्नुपर्ने तथा ती बच्चाहरुलाई कुकुर र स्यालबाट बचाउनको लागि रातिभरि जाग्राम बस्नुपर्ने र त्यसमा पनि भेडाको लागि सुरक्षित चरणको व्यवस्था नहुँदा समस्या भइरहेको धनुषा हरिहरपुर ३ का किसुन भेडिहरले बताउनुभयो ।
किसुनको मात्रै नभई जिल्ल्ााको उत्तरी ग्रामीण क्षेत्रमा बसेर भेंडापालन व्यवसाय गर्दै आएका भेडिहरहरुको पुख्र्यौली पेशा चरणको अभावमा संकटमा पर्न लागको स्थानियबासिन्दाहरुको भनाइ छ । पहिले जस्तै  खाली जमिन नहुनु  जंगल फडानी भई बढी जनघनत्व भएपछि आफूहरुको व्यवसाय समस्यामा परेको किसानले बताएका छन् । भंेडापालन गर्दा उचित मूल्य नपाएकोले भंेडापालन व्यवसायप्रति किसानको आकर्षण दिनप्रतिदिन घटदै गएको छ भेडिहरहरुका अनुसार तराई क्षेत्रमा पालिएको भेडा भारतीय व्यापारीमार्फत् सिमावर्ती विहारको पटना मधुवनीसहितको भारतीय बजारमै बिक्री हँुदै आएको छ ।

Friday, April 1, 2011

नेपाली युवाले पैदलमार्फत विश्व भ्रमण गर्ने

चैत १८ काठमाण्डौ।
जलवायु परिवर्तनको असरबाट विश्वलाई बचाउने सन्देशसहित एक नेपाली युवकले पैदलमार्फत विश्व भ्रमण गर्ने भएका छन् । पर्वतको क्याङ्ग गाविस-१ का २८ वर्षीय प्रेम पुनले आगामि बैशाख १२ गतेबाट पैदलनै विश्व भ्रमण गर्न लागेका हुन । वृक्षा रोपण गर्दै जाऔ विश्वलाई विनासबाट जोगाउँदै जाऔ भन्ने नारासहित हरित क्रान्तिको लागि विश्वलाई एकताबद्ध पार्ने र अन्तर्राष्ट्रिय क्षेत्रमा आवाज बुलन्द बनाउने उद्देश्यको साथ मनोक्रानित राष्ट्रिय अभियानको आयोजनामा यात्रा हुन लागेको हो । १२ वर्षभित्रमा लक्ष्य पुरा गरिने आज राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

Friday, March 11, 2011

जडिवुटीवाट उपचार गर्ने पाण्डव गिरी सम्मानित

फागुन २७ कास्की ।
कुष्ठरोग, छाला रोग, सर्पले टोकेको तथा विभिन्न प्रकारका रोगहरु जडिवुटी मार्फत प्राकृतिक उपचार गर्दै आउनुभएका धम्पुस गा.वि.स. वडा नं ७ का पाण्डव गिरीलाई धम्पुसवासीहरुले सम्मान गरेका छन् । उहाँलाई वाजागाजा र झाँकी सहित धम्पुसको विभिन्न क्षेत्र परिक्रमा समेत गराएको वताइएको छ । एउटा खुट्टा क्यान्सरकै कारण काट्नुपर्ने अवस्थामा पुगेका सोही गा.वि.स. वडा नं ८ का हितमान परियारको खुट्टा पनि प्राकृतिक उपचार पश्चात निको भएपछि त्यसै को खुशीयालीमा वहाँलाई सम्मान गरेको धम्पुसवासीहरुको भनाई छ । वहाँले अहिलेसम्म जडिवुटीको प्रयोगवाट धेरै विरामीहरुलाई निको पार्नुभएको छ ।

Tuesday, March 8, 2011

सिरहामा एक वर्षमा १ सय ५१ महिला हिंसाको घटना

दिनेश्वरप्रसाद गुप्ता फागुन २४ लहान ।
सिरहामा यो वर्ष महिला हिंसाको घटना १ सय ५१ भएको ओरेक नेपालले आज एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरेको छ । तथ्यांक अनुसार घरेलु हिंसा १, बलात्कार ४, सामुहिक बलात्कार १, बलात्कारको प्रयास २, यौन शोषण ५, हत्या २, कुटपिट ९७, गालीगलौज २, बोक्सीको आरोप १०, मानसिक यातना २, बहुविवाह १४ अन्य १४ गरी १५१ महिला हिंसाको घटना भएको हो । मानव अधिकार संरक्षक (संजाल) सिरहा लहानको आयोजनामा आज १०१ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रमका प्रमुख अतिथी सभासद् लक्ष्मण मेहताले जिल्लामा यस किसिमको महिला हिंसा हुँदा पनि प्रहरी प्रशासनले समयमा न्याय दिलाउन नसकेको भन्दै नयां संविधानमा महिला अधिकारको कुरा स्पष्ट किसिमले उल्लेख गर्नको लागि दवाव दिंदै आएको बताउनुभयो ।

Wednesday, February 23, 2011

महिला पनि विद्युत् जडान तालिम लिँदै


अनिता केसी फागुन ११ पर्वत । घरमा पुरुष नहुँदा विद्युत्सम्बन्धी समस्याले सताउन थालेपछि पर्वतको माझफाँट गाउँ विकास समितिका महिलाहरु आफै विद्युतसम्बन्धी तालिम लिन कस्सिएका छन् । घरमा बत्ती बाल्न जडान गरेको विद्युत्सम्बन्धी स–साना समस्याले पनि धेरै गाह्रो बनाएपछि महिलाहरु सामुहिक रुपमा विद्युत् जडानसम्बन्धी तालिम लिन थालेका हुन् । विद्युत् जडान तालिमपछि घरमा आईपर्ने विद्युत्सम्बन्धी सामान्य समस्याका लागि पनि गाउँका पुरुषलाई गुहार्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास उनीहरुमा छ । महिलाहरुकै अगुवाईमा पर्वत जिल्लामा नै पहिलो पटक महिलाका लागि विद्युत् जडानसम्बन्धी तालिम सञ्चालन गरिएको हो । नारी चेतना केन्द्र माझफाँटले गाउँ विकास समितिको सहयोगमा तालिम सञ्चालन गर्दै आएको छ । यसअघि विद्युत् जडानसम्बन्धी तालिममा पुरुषहरु मात्र सहभागी हुन्थे । महिलाले पनि गर्न सक्छन ’ स्थानिय अनिता खत्रीले भन्नुभयो –‘खतराको काम पुरुषले गर्ने महिलाले गर्न नहुने भन्ने छैन’। विद्युत् जडान तालिम लिनेमा धेरैजसो विवाहित महिलाहरु छन् । श्रीमान् विदेशमा भएकोले घरमा धेरै समय बस्ने महिलाहरु नै तालिम लिएर आफ्नो समाधान समाधानका लागि अग्रसर देखिएका हुन् । उनीहरुले एक महिनामा विद्युत् जडानसम्बन्धी सामान्य जानकारी मात्र दिइने प्रशिक्षक राम श्रेष्ठ बताउनुभयो । बिजुलीको प्रयोग समेत महिला नै बढी गर्छन् । तत्काल काम चलाउन सहयोग पुरयाउने उद्देश्यले तालिमका लागि सहयोग गरिएको गाविस सचिव तिलोचन अर्यालले बताउनुभयो ।

Tuesday, February 15, 2011

नुवाकोटको चतुरालेमा जुवा तास खेल्ने खेलाउनेलाई महिला समुहले कारवाही गर्ने

कूल तामाङ्
फागुन ३ नुवाकोट। नुवाकोटको चतुराले गाविसमा जुवा तास खेल्ने खेलाउनेलाई महिला समुहले कारवाही गर्ने    भएका छन् । बरबन्दी महिला समुहले तास खेलाउनेलाई १ हजार रुपैया, खेल्नेलाई ५ सय रुपैया र हेर्नेलाई २ सय ५० रुपैया जरिवाना गर्ने भएको छ ।

गाउमा पुरुषहरु घरको काममा नसघाउने, तास खेलेर दिन विताउन थालेपछि महिलाहरुले यो अभियान सुरु गर्ने भएका हुन् । महिलाहरुको सक्रियतामा तास जुवा विरुद्धको अभियान सुरु भए पछि गाउको विकृति कम हुने विस्वास लिइएको छ ।

नव निर्वाचित पत्रकार पदाधिकारीहरुलाई लहानमा सम्मान

दिनेश्वर गुप्ता फागुन ३ लहान ।
मधेश मिडिया मिशन नेपाल र क्रान्तिकारी पत्रकार संघको संयुक्त आयोजनामा आज नेपाल पत्रकार महासंघ सिरहाका नव निर्वाचित पदधिकारीहरुलाई सम्मान गरेको छ । नव निर्वाचित पदधिकारीमा अध्यक्षलगायत अधिकांश मधेश मिडिया मिशनसंग आवद्ध छन् । यसै बीच मैथिली भाषा र साहित्यका महाकवि विद्यापत्किो नामले नेपाल सरकारद्वारा स्थापित विद्यापति पुरस्कारको लागि संघीय मामला संविधानसभा संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालयद्वारा गठित विद्यापति पुरस्कार कार्यदलले सुझाव संकलन गर्ने सम्बन्धमा लहान आइपुगेको छ । सुझाव संकलनको क्रममा कार्यदल स्थानीय मैथिली भाषा साहित्य संस्कृतिप्रति सम्र्पीत व्यक्तिहरुबाट अवधारणा सम्बन्धमा आवश्यक सुझाव संकलन गरेका छन् । डाक्टर पशुपतिनाथ झाको संयोजकत्वमा आएको सो टोलीमा प्राज्ञ रामभरोस कापडी, डाक्टर विजय कुमार लाल, देवेन्द्र मिश्र लगायतका व्यक्तिहरु रहेको पत्रकार विरेन्द्र कर्णले जनाएको छ । र लहानबाट प्राप्त अर्को समाचार अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा र सप्तरीले डिजिटल नम्बर प्लेट रहेका सवारी साधनहरुलाई आगमनमा रोक लगाएको छ । रात्री समयमा डिजिटल नम्बर प्लेट रहेका सवारी साधनको पहिचान गर्न समस्या हुने गरेकोले रोक लगाएको छ । ट्राफिक प्रहरीले डिजिटल नम्बर प्लेट रहेका सवारी साधनलाई रोकेर डिजिटल नम्बर हटाउने अभियान तिब्र बनाएको छ ।

Monday, February 14, 2011

रानीमहल घुम्न आउनेलाई आज फूलको गुच्छा उपहार


सीता डोटेल फागुन २ पाल्पा ।
प्रेम दिवसको अवसर पारेर पाल्पाको रानीमहल घुम्न आउनेलाई आज स्थानीय समुदायले फूलको गुच्छा उपहार दिने भएका छन् । रानीमहल दरबार संरक्षणमा संलग्न समाजसेवा असल शासन क्लबका संयोजक दीपक पाण्डेले ‘प्रणय दिवसमा रानीमहल पुग्नेको रेकर्ड राख्ने र टीका तथा फूलले स्वागत गर्ने जानकारी दिनुभयो । उहाँले दरबार प्रवेश निःशुल्क रहेको र हात्ती डुंगामा सवारी पार्किङको व्यवस्था पनि मिलाइएको बताउनुभयो । पर्यटन बर्ष सन् २०११ लाई मध्यनजर गरेर स्थानीय युवाहरूले रानीमहल दरबार नजिकै कालीगण्डकी तिरमा स्थानीय रिसोर्ट सञ्चालन गर्ने तयारीसमेत गरेका छन् । 

गोरखामा ६१ औं प्रजातन्त्र दिवस मनाईने

 फागुन  १ गोरखा । गोरखा जिल्लामा आज स्थानीय विकास अधिकारी तिलक पौडेलको अध्यक्षतामा बसेको सर्बपक्षिय भेलाले ६१ औं प्रजातन्त्र दिवस फागुन ६, ७ र ८ गते भव्य रूपले मनाउने निर्णय गरेको छ। दिवस मनाउनको लागि १०१ सदस्यीय स्थानीय विकास अधिकारीको संयोजकत्वमा मूल समारोह समिति समेत गठन गरिएको छ ।

दिवसको पहिलो दिन रानीपोखरी परिसर सरसफाई गर्ने, अस्पतालमा फलफूल वितरण गर्ने, दोश्रो दिन प्रभातफेरी गर्ने, लोकतन्त्र र संविधान विषयमा अन्तक्र्रिया गर्ने र तेश्रो दिन समापन गर्ने कार्यक्रम रहेको छ ।

Saturday, February 12, 2011

अमेरिकी उपमन्त्री ओटेरो काठमाडौंमा

माघ २९ काठमाडौ । प्रजातन्त्र र विश्व मामिलासम्वन्धी अमेरिकी उपमन्त्री मारिया ओटेरो नेपाल भ्रमणका क्रममा आज काठमाडौं आइपुग्नु भएको छ । भारत र भुटानको भ्रमण पुरा गरी ओटेरो आज काठमाडौं आइपुग्नु भएको अमेरिकी दूतावासले जनाएको छ ।

ओटेरो नेपाल भ्रमण गर्ने ओबामा प्रशासनलको सबैभन्दा उच्च पदस्थ अधिकारी हुनुहुन्छ । नेपाल बसाईका क्रममा ओटेरोले भुटानी शरणार्थी समस्या समाधानमा तेश्रो मुलुक पुनर्बाससँगै घरफिर्ता प्रक्रियाबारे छलफल गर्नुहुने बताइएको छ ।

काठमाडौं आइपुगे लगतै ओटेरोले माइति नेपालको कार्यालयको भ्रमण गर्नु भएको बताइएको छ ।

Wednesday, February 9, 2011

काठमाण्डौ जाने क्रममा वसमै वच्चा जन्मियो

माघ २६
एस्वी गौतम, सिन्धुली ।
सिन्धुलीवाट काठमाण्डौ जादै गर्दा आज विहान वसमै एक महिलाले वच्चा जन्माएकी छिन् । हषार्हि गाविस ५ का उत्तराम सार्किको श्रीमती वर्ष ३५ कि शोभा सार्किले सिता यातायातमा छोरा जन्माउनु भएको हो ।
६ महिनाको गर्भ जाच गर्न जादा स्वास्थ्य अवस्था नराम्रो भएको भन्दै स्वास्थ्यकर्मिले काठमाण्डौ जान सल्लाह दिएपछि काठमाण्डौ जाने क्रममा काठमाण्डौको कलकीं नजिक वसमै वच्चा जन्मिएको र नजिकैको क्लिनिकमा स्वास्थ्य जाचँ गराउदा वच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको वसमै यात्रा गरेका अमले सिन्धुलीका केशव गौतमले जानकारी दिनुभएको छ ।

Tuesday, February 8, 2011

छ सय खसी बाख्रालाई पीपीआर भ्याक्सिन

कूल तमाङ
माघ २५ नुवाकोट  जिल्ला पशुसेवा कार्यालयको प्राविधिक टोलीले तारुका गाविसमा छ सय खसी
बाख्रालाई पीपीआर भ्याक्सिन लगाएका छन् ।तारुका गाविस  वडा नं. ५ र ६ का किसानहरुको बाख्रामा पीपीआर रोग देखिएपछि कार्यालयले सोमबार निशुल्क भ्याक्सिन लगाएको हो ।

पशु स्वास्थ्य प्राविधिक राजेन्द्र प्रसाद चौधरीको नेतृत्वमा प्रविधिक टोलीले गोरखनाथ प्रावि र चन्दनीमा क्याम्प सञ्चालन गरी खसीबाख्रालाई भ्याक्सिन लगाएको हो ।

सुरुमा खसी, बोका तथा बाख्राले ¥याल काढ्ने, सिंगान बगाउने जस्ता लक्षण देखिएपछि बाख्रा झोक्राउने र भुडी फूल्ने रोग देखापरेको थियो । रोगले एक सातामा आधा दर्जन खसी बाख्रा मरेको थियो ।

रोपवे निर्माण अन्तिम चरणमा

राजेन्द्र न्यौपानेमाघ २५ गोरखा । मनकामना– ८  ग्याजाबाट मुग्लिन बजार नजिक नाग्दीखोलामा निर्माणाधिन रोपवे अन्तिम चरणमा पुगेको छ । रोपवेको दुईतर्फी लट्ठा (ट्र्याक केवुल) तान्ने काम सकिएको र घिर्नी घुमाउने लट्ठा (हलिङ केवल) मंगलबारदेखि तान्न शुरु हुने निर्माण सहयोगी संस्था सिकोडरले जनाएको छ ।

यही हप्ताको अन्तसम्म स्थानीय प्रस्तावित वालकन्या कृषि सहकारी संस्थालाई एक कार्यक्रमका बीच रोपवे हस्तान्तरण गरिने भएको सिकोडरका कार्यक्रम प्रमुख हरि अधिकारीले जानकारी दिए । निर्माणपछि मनकामना गाविस. का २ सय घरधुरीले उत्पादित कृषि उपज मुग्लिन बजारमा १० मिनेटमा पु¥याउन सक्ने छन् ।

 पृथ्वीराजमार्गको नाग्दीखोला नजिकको तल्लो स्टेशनबाट सामान मुग्लिन बजार लैजान  ह्विल व्यारो (रेक्सा) पनि सहयोगी संस्थाले बनाइदिने भएको छ । १ हजार ५९ मिटर लामो सो योजना कुल १४ लाख ८३ हजार ५ सय १२ रुपैयाको लागतमा निर्माण सम्पन हुन लागेको हो ।
     

Sunday, February 6, 2011

दाङमा आजदेखि वन डढेलो साप्ताह

सर्मिला डिसी,
माघ २३, दाङ ।
 वन क्षेत्रमा डढेलो लाग्नै नदिने र लागिहाले त्यसबाट हुने क्षती न्यून गर्ने उद्देश्यले दाङमा आजदेखि वन डढेलो साप्ताह मनाउन शुरु गरिएको छ । जिल्ला वन कार्यालय दाङले वन डढेलोबारे सवै उपभोक्ताहरुमा जानकारी गराउने उद्देश्यले डढेलो सप्ताह मनाउन शुरु गरिएको हो । माघ २९ गतेसम्म चल्ने डढेलो सप्ताह अन्र्तगत वन डढेलो र यसबाट हुने नोक्सानीका बारेमा जानकारी गराइने भएको छ । सप्ताहको पहिलो दिन आज दाङका १५ वटा रेञ्जपोष्ट अन्र्तगतका माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यालयहरुमा वन डढेलोका बारेमा निवन्ध प्रतियोगिता गर्न लागिएको छ ।

Saturday, February 5, 2011

कर्णाली नदिमा शव फेला पर्‍यो

कृष्ण ओली, 
माघ २२ बाजुरा ।
बिहिबार साँझदेखि कर्णाली नदिमा बगेर बेपत्ता एक जना नेपाली सेनाका जवानको शव आज विहान भेटिएको छ । सुर्खेत घर भइ रणदल गुल्म कोल्टी ख गुल्ममा कार्यरत जवान अमृत सुनुवारको शव आज विहान कर्णाली नदिको किनारामा भेटीएको प्रहरीले जनाएको छ । कोल्टीबाट घर विदाको लागि हिडेका सुनुवार बास बस्न गोत्री गाँउमा जानका लागि कर्णाली नदि पार गर्दै गर्दा एक्कासी नदिमा डुबेर बिहिबार साँझ बेपत्ता हुनु भएको थियो ।

कुटपिट गरेको आरोपमा धनकुटामा २ जना पक्राउ


किरण राई, 
माघ २२, धनकुटा ।
 सवारी धनीलाई  कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनकुटाले गएराति २ जनालाई धनकुटाको पाख्रिवासको मुवाखोलावाट नियन्त्रणमा लिएको छ । धरानवाट भेजपुरका लागि  छुटेकाको १ ख २७१५ नम्वरको गाडीलाई नियन्त्रणमा लिएर सवारी धनीलाई कुटपिट गरी गाडी आफैले चलाएर लान खोजेको सूचाना पाएपछि गएको प्रहरी टोलीले २ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । प्रहरी धनकुटा १ हिलेका प्रकाश तामाङ्ग र अमृत तामाङ्गलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Thursday, February 3, 2011

१४ बुँदे सहमति कार्यान्वयनको माग राख्दै नुवाकोटका शिक्षकहरुले आज जिल्ला शिक्षा कार्यालय घेराउ

माघ २०, नुवाकोट ।
शिक्षकका पेशागत संगठनहरु र सबै सरोकारवाला संघ संस्थाहरुको सहमतिमा गत वर्ष भएको १४ बुँदे सहमति कार्यान्वयनको माग राख्दै नुवाकोटका शिक्षकहरुलेल आज जिल्ला शिक्षा कार्यालय घेराउ गरेका छन् ।

वर्षौंदेखि अस्थायी रहेका शिक्षकहरुलाई प्रकृया पु¥याएर स्थायी गर्ने मन्त्रिपरिषदको निर्णयलाई उल्टाउँदै हालै सरकारले खुल्ला प्रतिष्पर्धाबाट स्थायी गर्ने निर्णय गरेपछि शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् ।

अस्थायी शिक्षकलाई प्रकृया पु¥याई स्थायी गर्ने, शिक्षकहरुलाई निजामति सरह सुविधा दिइ विदाइ गर्ने तथा प्रावि द्वितीयलाई निमावि तृतीय र निमावि द्वितीयलाई मावि तृतीयमा पदस्थापन गर्ने सहमतिका प्रमुख बुँदाहरुलाई पनि तत्काल कार्यान्वयनमा शिक्षक संगठनहरुले माग गरेका छन् ।

नेपाल शिक्षक युनियन, अखिल नेपाल शिक्षक संगठन,  नेपाल राष्ट्रिय शिक्षक परिषद, राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ,  राहत शिक्षक जिल्ला संघर्ष समिति, अस्थायी शिक्षक आन्दोलन समितिका अध्यक्षहरुले हस्ताक्षर गरेको संयुक्त प्रेस विज्ञप्तीमा अस्थायी शिक्षक आन्दोलन समितिले गर्ने विरोधका कार्यक्रम र आन्दोलनहरुप्रति पूर्ण समर्थन र ऐक्यवद्धता प्रकट गरेका छन् ।

शव फेला पयो

राजेन्द्र न्यौपाने
गोरखा, २० माघ । पुस ३ गतेदेखि हराई रहेकी गोरखा जिल्ला खोप्लाङ गाउँ विकास समिति घर भएकी सुकुमाया कुमालको शव फेला परेको छ ।
खोप्लाङ वडा नं.९ स्थित सातदोबाटोमा शव फेला परेको हो । शव कंकालमा परिणत भैसकेको भएपनि लगाएको लुगाको आधारमा शवको पहिचान गरिएको छ ।
चाँगुभीरमा शवको कंकाल देखिएपछि प्रहरीको सहयोगमा पहिचान गरिएको हो । घटनाको पकृतिलाई नियाल्दा लुगा फुकालेर चाँगुभीरबाट हाम्फालेर मृत्यु भएको प्रहरीले अनुमान गरेको छ ।
घटना के कारणले हुनगयो भन्ने बारेमा अनुसन्धान हुने जिल्ला प्रहरी कार्यलयको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए  ।

Sunday, January 30, 2011

वसको ठक्करवाट एक वालकको मृत्यु

एस्वी गौतम,माघ १६ सिन्धुली ।
सिन्धुलीमा आज वसको ठक्करवाट एक वालकको मृत्यु भएको छ । डकाहावाट सिन्धुली सदरमुकाम आउदै गरेको ना ३ ख ७७२ नम्वर को सुपर सुनकोसी वसको ठक्करले कमलामाई नगरपालीका १२ भिमान ईनारपानिका जित वहादुर कार्कीको छोरा शुसिल कार्कीको घटनास्थलमै मृत्यु भएको हो । चालक तथा वसलाई ईलाका प्रहरी कार्यालय भिमानमा नित्रन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Thursday, January 27, 2011

जनमुक्ती सेनाहरु च्याउ खेती तर्फ आकर्षित


मस्तवीर कयाकङरह्वा, माघ १३, कैलाली ।

जनमुक्ति सेनाको सातौ डिभिजन अन्तर्गत पर्ने कैलालीको लिस्नेगाम स्मृति ब्रिगेडका जनमुक्ति सेनाहरु च्याउ खेतीतर्फ आकर्षित भएका छन् । च्याउ खेतीको शुरुवातमै मनग्य आम्दानी हुन थालेपछि उनीहरु च्याउ खेती तर्फ आकर्षित भएका हुन् । लिस्नेगाम स्मृति बिग्रेडभित्र छुट्टै छाप्रो बनाई विभिन्न लाईन निर्माण गरि हजारौँ च्याउका बोटाहरु उमारेको ब्रिगेड कमाण्डर लाल बहादुर चन्द (दर्शन) ले बताउनुभयो । आफ्नै परिश्रमबाट केहि गर्नुपर्छ भन्ने उद्दे