Tuesday, February 15, 2011

नुवाकोटको चतुरालेमा जुवा तास खेल्ने खेलाउनेलाई महिला समुहले कारवाही गर्ने

कूल तामाङ्
फागुन ३ नुवाकोट। नुवाकोटको चतुराले गाविसमा जुवा तास खेल्ने खेलाउनेलाई महिला समुहले कारवाही गर्ने    भएका छन् । बरबन्दी महिला समुहले तास खेलाउनेलाई १ हजार रुपैया, खेल्नेलाई ५ सय रुपैया र हेर्नेलाई २ सय ५० रुपैया जरिवाना गर्ने भएको छ ।

गाउमा पुरुषहरु घरको काममा नसघाउने, तास खेलेर दिन विताउन थालेपछि महिलाहरुले यो अभियान सुरु गर्ने भएका हुन् । महिलाहरुको सक्रियतामा तास जुवा विरुद्धको अभियान सुरु भए पछि गाउको विकृति कम हुने विस्वास लिइएको छ ।

No comments:

Post a Comment