फागुन १ गोरखा । गोरखा जिल्लामा आज स्थानीय विकास अधिकारी तिलक पौडेलको अध्यक्षतामा बसेको सर्बपक्षिय भेलाले ६१ औं प्रजातन्त्र दिवस फागुन ६, ७ र ८ गते भव्य रूपले मनाउने निर्णय गरेको छ। दिवस मनाउनको लागि १०१ सदस्यीय स्थानीय विकास अधिकारीको संयोजकत्वमा मूल समारोह समिति समेत गठन गरिएको छ ।
दिवसको पहिलो दिन रानीपोखरी परिसर सरसफाई गर्ने, अस्पतालमा फलफूल वितरण गर्ने, दोश्रो दिन प्रभातफेरी गर्ने, लोकतन्त्र र संविधान विषयमा अन्तक्र्रिया गर्ने र तेश्रो दिन समापन गर्ने कार्यक्रम रहेको छ ।
No comments:
Post a Comment