Tuesday, February 15, 2011

नव निर्वाचित पत्रकार पदाधिकारीहरुलाई लहानमा सम्मान

दिनेश्वर गुप्ता फागुन ३ लहान ।
मधेश मिडिया मिशन नेपाल र क्रान्तिकारी पत्रकार संघको संयुक्त आयोजनामा आज नेपाल पत्रकार महासंघ सिरहाका नव निर्वाचित पदधिकारीहरुलाई सम्मान गरेको छ । नव निर्वाचित पदधिकारीमा अध्यक्षलगायत अधिकांश मधेश मिडिया मिशनसंग आवद्ध छन् । यसै बीच मैथिली भाषा र साहित्यका महाकवि विद्यापत्किो नामले नेपाल सरकारद्वारा स्थापित विद्यापति पुरस्कारको लागि संघीय मामला संविधानसभा संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालयद्वारा गठित विद्यापति पुरस्कार कार्यदलले सुझाव संकलन गर्ने सम्बन्धमा लहान आइपुगेको छ । सुझाव संकलनको क्रममा कार्यदल स्थानीय मैथिली भाषा साहित्य संस्कृतिप्रति सम्र्पीत व्यक्तिहरुबाट अवधारणा सम्बन्धमा आवश्यक सुझाव संकलन गरेका छन् । डाक्टर पशुपतिनाथ झाको संयोजकत्वमा आएको सो टोलीमा प्राज्ञ रामभरोस कापडी, डाक्टर विजय कुमार लाल, देवेन्द्र मिश्र लगायतका व्यक्तिहरु रहेको पत्रकार विरेन्द्र कर्णले जनाएको छ । र लहानबाट प्राप्त अर्को समाचार अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा र सप्तरीले डिजिटल नम्बर प्लेट रहेका सवारी साधनहरुलाई आगमनमा रोक लगाएको छ । रात्री समयमा डिजिटल नम्बर प्लेट रहेका सवारी साधनको पहिचान गर्न समस्या हुने गरेकोले रोक लगाएको छ । ट्राफिक प्रहरीले डिजिटल नम्बर प्लेट रहेका सवारी साधनलाई रोकेर डिजिटल नम्बर हटाउने अभियान तिब्र बनाएको छ ।

No comments:

Post a Comment