Saturday, February 12, 2011

अमेरिकी उपमन्त्री ओटेरो काठमाडौंमा

माघ २९ काठमाडौ । प्रजातन्त्र र विश्व मामिलासम्वन्धी अमेरिकी उपमन्त्री मारिया ओटेरो नेपाल भ्रमणका क्रममा आज काठमाडौं आइपुग्नु भएको छ । भारत र भुटानको भ्रमण पुरा गरी ओटेरो आज काठमाडौं आइपुग्नु भएको अमेरिकी दूतावासले जनाएको छ ।

ओटेरो नेपाल भ्रमण गर्ने ओबामा प्रशासनलको सबैभन्दा उच्च पदस्थ अधिकारी हुनुहुन्छ । नेपाल बसाईका क्रममा ओटेरोले भुटानी शरणार्थी समस्या समाधानमा तेश्रो मुलुक पुनर्बाससँगै घरफिर्ता प्रक्रियाबारे छलफल गर्नुहुने बताइएको छ ।

काठमाडौं आइपुगे लगतै ओटेरोले माइति नेपालको कार्यालयको भ्रमण गर्नु भएको बताइएको छ ।

No comments:

Post a Comment