Monday, February 14, 2011

रानीमहल घुम्न आउनेलाई आज फूलको गुच्छा उपहार


सीता डोटेल फागुन २ पाल्पा ।
प्रेम दिवसको अवसर पारेर पाल्पाको रानीमहल घुम्न आउनेलाई आज स्थानीय समुदायले फूलको गुच्छा उपहार दिने भएका छन् । रानीमहल दरबार संरक्षणमा संलग्न समाजसेवा असल शासन क्लबका संयोजक दीपक पाण्डेले प्रणय दिवसमा रानीमहल पुग्नेको रेकर्ड राख्ने र टीका तथा फूलले स्वागत गर्ने जानकारी दिनुभयो । उहाँले दरबार प्रवेश निःशुल्क रहेको र हात्ती डुंगामा सवारी पार्किङको व्यवस्था पनि मिलाइएको बताउनुभयो । पर्यटन बर्ष सन् २०११ लाई मध्यनजर गरेर स्थानीय युवाहरूले रानीमहल दरबार नजिकै कालीगण्डकी तिरमा स्थानीय रिसोर्ट सञ्चालन गर्ने तयारीसमेत गरेका छन् । 

No comments:

Post a Comment