Wednesday, April 6, 2011

उपसमितिको संयोजक छान्ने जिम्मा संवैधानिक समितिलाई

चैत २३ काठमाण्डौं ।
संवैधानिक समितिअन्तरगत गठित विवाद उपसमितिको संयोजक चयनमा देखिएको विवाद समाधान गर्न बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज पनि निष्कर्ष विहिन भएको छ । संविधानसभा अध्यक्ष र संवैधानिक समितिका सभापतिको पहलमा भएको तीनदलको बैठकमा दुहरुले पूर्ववत अडान राखेपछि यसको निर्णय अब संवैधानिक समितिले लगाउनु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उपसमितिको संयोजक राख्ने÷नराख्ने विषय पार्टीको आन्तरिक विषय भएको भन्दै माओवादीले प्रचण्ड फेरि संयोजक बन्न नसक्ने अडान राखेको थियो । कार्यव्यस्तताका कारण अध्यक्ष प्रचण्डले उपसमितिमा बस्न नसक्ने जानकारी गराइ पनि यसबारे सहमति जुटन नसकेकोले आगामी २५ गते बस्ने संवैधानिक समितिको बैठकले संयोजकको टुङ्गो लगाउने माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । संविधानसभाको प्रमुख दलको हैसियतले प्रचण्ड नै संयोजक बस्दा बाँकी विबाद समाधान गर्न सझिलो हुने भन्दै बस्न आग्रह गरिएको कागे्रस सभासद रमेश लेखकले जानकारी दिनुभयो । स्रोतका अनुसार माओवादी नेता देव गुरुङ्गले पार्टीका तर्फबाट कसलाई संयोजक बनाउने भन्ने निर्णय अन्य दलले गर्न नमिल्ने तर्क गर्नुभएको थियो । आगामी वैशाख १ गते म्याद सकिंदै गरेको उपसमितिको दोस्रो पटक गत चैत्र १५ गते म्याद थप गरिएपछि बैठक बस्न सकेको छैन । संविधान जारी गर्ने दिन जेठ १४ आउन ५२ दिन बाँकी रहँदासमेत उपसमिति संयोजकमा प्रमुख दलहरु अल्झिएको भन्दै साना दलले विरोध जनाएका छन् ।

No comments:

Post a Comment