Saturday, April 9, 2011

माओवादी शान्ति प्रकि्या र संविधानप्रति प्रतिवद्ध र इमान्दार भए मुलुकले एक महिनामै संविधान पाउने कांग्रेस सभापती कोइरालाको दावी


कुल तामाङ चैत २६ नुवाकोट ।नेपाली कांग्रेसका सभापती शुशिल कोइरालाले माओवादी प्रतिवद्ध र इमान्दार भए मुलुकले एक महिना भित्रमा संविधान पाउने बताउनुभएको छ । 


शान्ति प्रकि्रया र संविधान निर्माणका लागी माओवादीले विश्वासका वातावरण बनाउनु नसक्नु नै सबैभन्दा ठुलो समस्या भएको उहाले बताउनुभयो । हरेक विवादमा माओवादी जोडिएको दाबी गर्दै सभापति कोइरालाले उनीहरुले इमान्दारिता नदेखाउदा शान्ति प्रकि्रया र संविधान निर्माण कार्य अन्योलमा परेको बताउनुभयो । 



सम्विधानसभाको निर्वाचन भएको दुईवर्ष वितीसकेको अवस्थामा माओवादीले हतियारको राजनिती छाड्न नसकेको बताउदै माओवादीले शान्ति प्रकि्याका लागी कव्जा सम्पती फिर्ता वाईसिएल अर्धसैनिक दस्ताको अन्त्य गर्नुपर्ने बताउनुभयो । 



२०४६ को जनआन्दोलन दिवसको अवसर पारेर स्व। गणेशमान सिहको सम्झनामा नेपाली कांग्रेस नुवाकोटले आयोजना गरेको जनजागरण अभियानका क्रममा आज विदुरमा आयोजित कार्यक्रममा वोल्दै कोइरालाले लोकतान्त्रिक सम्विधानमा प्रजातन्त्र कानूनी शाषन र मानव अधिकारीका लागी कांग्रेसका माओवादीको पछि नलाग्ने बताउनुभयो । 



सभापती कोइरालाले सम्विधान लेखनका लागी काग्रेस नेता गिरीजाप्रसाद कोइराला पछि माओवादीमा नेतृत्वको जिम्मेवारी सरेको तर माओवादीले जिम्मेवारीलाई इमान्दारीता देखाउन नसक्दा पुनः त्यो जिम्मेवारी कांग्रेसमा सरेको वताउनुभयो । कांग्रेस जिम्मेवारी र इमान्दारी वहन गर्ने पार्टीको रुपमा विस्तार गर्न सभापती कोइरालाले पार्टी भित्र नयाँ सिस्टम लागु गर्न तयार रहेको जानकारी दिदै सहयोगका लागी केन्द्रिय सदस्यहरुलाई आग्रह गर्नुभयो । 



कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिह केसीले कांगेसलाई दुस्मन देख्ने सोच माओवादीको सामन्तवादी सोच भएको वताउनुभयो । कांगेसले २००७ सालदेखी गणतन्त्रको पक्षमा आन्दोलन गरेको दावी गर्दै केन्द्रिय सदस्य केसीले माओवादीले आफ्नो हिंसात्मक आन्दोलनमा गणतन्त्रको उच्चारण कहिले नगरेको दावी गर्नुभयो । 



कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य डा. प्रकाशशरण महत गगन थापा धनराज गुरुङ मिन विश्वकर्मा राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल पत्रकार लवराज लम्साल लगायतका नेताहरुले माओवादी इमान्दारी साथ प्रस्तुत नहुदा जेठ १४ भित्र सम्विधान आउन नसक्ने अवस्थाको श्रृजना हुन थालेको वताएका छन । 



कांग्रेस नुवाकोटका सभपति जगदिश्वरनरिसंह केसीको सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रममा जिल्लाका ६१ गाउ इकाई समिति क्षेत्रिय समिती भातृ संगठन र जिल्ला समितीका गरी तीन सय कार्यकर्ताको सहभागीता रहने कांग्रेसले जानकारी दिएको छ । प्रशिक्षण भोली सम्म चल्ने छ ।

No comments:

Post a Comment