चैत २२ काठमाडौं। माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति शासन लगाउने षड्यन्त्र भइरहेको बताउनु भएको छ । गोरखा विद्यार्थी समाजले काठमाडौंमा गरेको कार्यक्रममा शान्ति प्रक्रिया र संविधान लेखनको कामलाई धरापमा पारेर राष्ट्रपति शासन लगाउने षड्यन्त्र भइरहेको भट्टराईले आरोप लगाउनुभयो।
गोरखा विद्यार्थी समाजले गरेको चियापानमा भट्टराईले संविधानमा षडेन्त्र भए जनताले नयाँ ढङ्गबाट आन्दोलन उठाउने चेतावनी दिनुभयो । अर्का उपाध्यक्ष नारायणन काजी श्रेष्ठ प्रकाशले ले आफ्नो दलले राष्ट्रिय र्वाधीनता र क्रान्तिकारी आन्दोलनविरुद्ध कसैसँग सम्झौता नगर्न प्रष्ट पार्नुभयो ।
अर्को प्रसङ्गमा उपाध्यक्ष श्रेष्ठले आफू र उपाध्यक्ष भट्टराईबीच घनिष्ट सम्बन्ध रहेको प्रष्ट पार्दै दुवै नेता मिलेर गोरखासहित सिङ्गो देशलाई नै एकढिर्का बनाउने
बतानुभयो ।
No comments:
Post a Comment