भुमिसुधार मन्त्रालय पाए सरकारमा जान्छौः महासचिव मैनाली
एसवी गौतम चैत २३ सिन्धुली । नेकपा मालेका महासचिव सिपि मैनालीले एकिकृत माओवादी र नेकपा एमालेविच भएको सातवुदे सहमती आफ्नो पाटिलाई कुनैपनि हालतमा मान्य नहुने वताउनु भएको छ । आज सिन्धुलीमाढीमा कार्यकर्ता भेटघाट कार्यक्रममा सभाषद समेत रहनुभएका माले महासचिव मैनालीले यस्तो वताउनुभएको हो । साथै अव भुमिसुधार मन्त्रालय पाएमात्र झलनाथ खनाल नेतृत्वको सरकार जाने हैन भने नेकपा माले कुनै हालतमा सरकारमा नजाने वताउनुभएको हो । महासचिव मैनालीले माले कार्यकर्तामाझ करिव २ घण्टा छलफल गरेर उदयपुर हिड्नु भएको छ ।
No comments:
Post a Comment