सुशील पन्त चैत २३ काठमाण्डू ।
मधेशवादी दलले निर्वाचन आयोगले शुरु गरेको मतदाता परिचयपत्र अभियानप्रति विरोध जनाएका छन । व्यबस्थापकिा संसदको आज बसेको बैठकको सुरुमै सभामुखसंग समय लिएर मधेशवासी दलका नेताहरुले नागरिकता परिचयपत्रको आधारमा मात्र मतदाता परिचयपत्र दिने अभियानले लाखौ मधेशी मतदान अधिकारवाट वञ्चित हुने बताएका हुन् । तराइ मधेश लोकतान्त्रिक पार्टीका हृदयश त्रिपाठीले नागरिकताका आधारमा मतदाता परिचयपत्र बनाउन निर्वाचन आयोगले सुरु गरेको अभियान त्रुटिपूर्ण भएको आरोप लगाउनुभयो । तराइका हजारौं जनता नागरिकता विहिन भएको अवस्थामा सुरु गरिएको अभियानले लाखौ मधेशीलाइ मतदान अधिकारवाट बञ्चित बनाउने भन्दै त्रिपाठीले मधेशीकालागि मान्य नहुने बताउनुभयो । सदभावना पार्टीका लक्ष्मणलाल कर्णले नागरिकताको समस्या बाकी रहेको समयमा सुरु भएको मतदाता परिचयपत्र वितरण अभियानले सात प्रतिसत नागरिक मतदानको अधिकारवाट वञ्चित बन्नुपर्ने अबस्था आउने दावी गर्नुभयो । कर्णले मधेशमा शान्ति सुरक्षा कायम गर्ने र आतंकवादीलाइ पक्राउ गर्ने निहूमा मधेशी जनतालाइ दुःख दिने र आतंकित बनाउने काम भएको टिप्पणी गर्नुभयो । संसद बैठकमा विधायन समितिका सभापति यशोदा गुरुङ्ग सुवेदीले ‘मेलमिलाप कार्यविधिका सम्बन्धमा व्यबस्थागर्न बनेको विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभएको छ । यसैबीच, व्यबस्थापिका संसदले कास्की ३ बाट नेपाली कांगे्रसका तत्कालिन सभासद कृष्णबहादुर गुरुङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । गुरुङ्गको गत सोमबार हृदयघातका कारण निधन भएको थियो ।
No comments:
Post a Comment