चैत २३ काठमाण्डौं ।
सभासदहरुले संविधान जारी गर्ने समय नजिकिदै जाँदासमेत संविधान बन्ने–नबन्ने अन्यौल बढेको भन्दै चिन्ता व्यक्त गरेका छन । एक÷अर्कोलार्इ आरोप प्रत्यारोप गर्नुको साटो संविधानसभाको बाकी समयको भरपुर सदुपयोग गरी तोकिएको समयमै संविधान जारीगर्ने बाताबरण सृजनागर्न माग गरेका छन् । व्यवस्थापिका संसदको आज बसेको बैठकको विशेष समयमा एकीकृत माओवादीका लोकेन्द्र विष्टमगरले संविधान जारीगर्ने समयको भरपूर सदुपयोग गरेर आगामै जेठ १४ मै संविधान जारीगर्नुपर्ने बताउनुभयो । संविधान जारीगर्ने समय एक महिना २२ दिव बाकी रहदा समेत संविधान बन्ने नबन्ने अन्यौलता बढेको स्मरणगर्दै उहाँले दलहरु आरोप प्रत्यारोपमा नलागेर संविधान निर्माणमा केन्द्रीत हुन आग्रह गर्नुभयो । माओवादी पोलिटव्युरो सदस्य समेत रहेका विष्टले संवैधानिक राष्ट्रपतिले कार्यकारी राष्ट्रपतिले जस्तो मनपरि बोल्दै हिडेको आरोप लगाउनुभयो । राष्ट्रपतिले संविधान विपरित अभिव्यक्ती दिदै हिडेको भन्दै उहाँले आपत्ति जनाउनुभयो । संविधान जारी गर्ने समय छोटिदै जादा तराइका जिल्लामा आपराधिक घटनाका सृङ्खला बढेकोले विशेष सुरक्षा कार्यक्रम लागूगर्न उहाँले माग गर्नुभयो । नेकपा एमालेकी पद्मकुमारी अर्यालले आगामी जेठ १४ गते संविधान जारी गर्ने अबस्था क्षिण बन्दै गएको अबस्थामा कम्तिमा नयाँ संविधानको एकीकृत मस्यौदा ल्याउने अबस्थाकालागि दलहरुबीच सहमति जरुरी रहेको बताउनुभयो । शन्ति प्रक्रिर्याले पूर्णता नपाइ संविधान जारी गर्ने अबस्था आउन नदिन शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने बिषयमा सरकार, माओवादी र प्रतिपक्ष कागे्रसले गम्भीर ढंगले मनन गर्नुपर्ने बताउनुभयो । विपक्षी दलले राखेका गम्भीर विषयमा प्रधानमन्त्रीले औपचारिकताका लागिमात्र जवाफ दिएर भष्ट्राचारीलाइ उन्मुक्ति दिन खोजेको आरोप लगाउनुभयो ।
No comments:
Post a Comment