कुल तामाङ फागुन १९ नुवाकोट ।
नुवाकोटको चिर्केश्वर महादेवस्थान वरपर रहेको वनमा आगलागी भएको छ । बेलकोट, जिलिङ, कुमरी, दुइपीपल गाविसको सीमानामा पर्ने महादेवस्थान वरपरका सयौ हेक्टर जमीनमा आगलागी भइरहेको स्थानीयबासिन्दाहरुले जनाएका छन् । महाशिवरात्रीको अवसरमा हिजो सो स्थानमा मेला भर्न गएका भक्तजनहरुको लापरवाहीका कारण वनमा आगलागी भएको हो । समुदायलाई हस्तान्तरण नगरेको र सरकारी स्तरबाट पनि संरक्षणको पहल नभएको वनमा आगलागी हुँदा सयौं हेक्टरमा लगाइएको सल्लो लगायत अन्य बहुमुल्य जडिवुटी नष्ट भएको स्थानीय केदारप्रसाद पुडासैनीले बताउनुभयो ।
No comments:
Post a Comment