राजेन्द्र न्यौपाने
चैत ४ गोरखा । गोरखा मदानेडाँडामा रहेको गाई फारममा दुध चिस्याउने साधनको अभावले दुध विक्रिमा अभाव परेको छ । जर्सि र हलिस्याण्ड जातका १० गाई रहेको रेन्वो देवी फर्ममा दैनिक ३० लिटर दुध उत्पादन हुने गर्दछ । दुध चिस्याउनका लागि आवश्यक साधन नभएका कारण बेलुकाको दुध क्यानमा राखेर पानीमा डुबाउनु परेको गुनासो फर्म संचालक चन्द्र वहादुर तामाङको गुनासो रहेको छ । मासिक ६ हजार तलव दिएर एक जना कर्मचारी दुध ढुवानी गर्न राखेको र दुध गोरखा नगरपालिकाको चन्द्र ज्योति दुध डेरीले लैजाने तामाङले जनाउनुभयो । १० वटा गाईलाई यतिवेला पयाप्त घाँसको अभाव परेको र दुध पनि कम आएको छ । अहिले १ वटा गाई भर्खरै व्याएको अर्का व्याउने वेला भएको छ भने ८ गाई नियमित दुध दिईरहेको छ । उत्पादित गाईको दुधको मुल्य परिणामको आधारमा १८ रुपैया देखि २० रुपैयाँ सम्म दिने गरेको र यस मुल्यले फारमका लागि आवश्यक दाना, चोक्कर किन्न मात्र पुग्ने गरेको गुनासो रहेको छ । सो डेरीको आसपासका गाउँमा रहेका करिव १०० भन्दा वढी किसानका घरमा पालिएका भैसीका २०० भन्दा वढी दुध पनि बजारका अभावमा विक्रि हुन नसकेको गाउँलेहरुको गुनासो रहेको छ । सिकोडर नेपालको साना किसान बजार कार्यक्रम लागु भएता पनि प्रभावकारी नभएको, किसानहरुले राहत नपाएको किसान होम प्रसाद सेडाईको गुनासो थियो ।
No comments:
Post a Comment