एजेन्सी
चैत ३ बेङ्गलोर । विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि रक्षा गर्ने अभियानमा रहेको अस्ट्रेलियाले बुधबार क्यानडालाई सजिलै सात विकेटले पराजित गरेको छ । यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको अस्ट्रेलियाले सन् १९९९ विश्वकपदेखि अपराजित रहेको छ । यस जितसँगै विश्वकपमा अस्ट्रेलियाको विजयी यात्रा ३३ खेल पुगेको छ ।
चैत ३ बेङ्गलोर । विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि रक्षा गर्ने अभियानमा रहेको अस्ट्रेलियाले बुधबार क्यानडालाई सजिलै सात विकेटले पराजित गरेको छ । यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको अस्ट्रेलियाले सन् १९९९ विश्वकपदेखि अपराजित रहेको छ । यस जितसँगै विश्वकपमा अस्ट्रेलियाको विजयी यात्रा ३३ खेल पुगेको छ ।
समूह ए अन्तर्गतको खेलमा आज टस जितेको क्यानडाले पहिले ब्याटिङ गर्दै ४५/४ ओभरमा अलआउट हुँदै २११ रनको योगफल तयार पारेको थियो । अस्ट्रेलियाले लक्ष्य ९१ बल बाँकी छँदै २१२ रन बनाई हासिल गर्यो । यस पराजयसँगै क्यानडाको यात्रा टुङ्गिएको छ । चालू विश्वकपमा क्यानडाको प्रदर्शन एक जित र पाँच हारको रहृयो ।
प्रारम्भिक ब्याट्सम्यानद्वय सेन वाट्सन र ब्राड हाडिनले १८३ रनको ठूलो साझेदारी निर्वाह गरेपछि अस्ट्रेलियालाई लक्ष्य पछ्याउने कठिन भएन । यद्यपि यी दुवै ब्याट्सम्यान शतकबाट वञ्चित भए । वाट्सन ९४ रनमा र हाडिन ८८ रनमा पवेलियन फर्के ।
वाट्सनले ९० बलमा नौ चौका र चार छक्का प्रहार गरे । उनको एक छक्का १०२ मिटरको थियो । जुन चालू विश्वकपमा सबभन्दा लामो प्रहार हो । हाडिनको ब्याटबाट ११ चौका र दुई छक्का निस्कियो । त्यसपछि कप्तान रिकी पोन्टिङ पनि सात रनमा आउट भए । उपकप्तान माइकल क्लार्कले अविजित १६ रन बनाएर अस्ट्रेलियालाई जित दिलाए । चालू विश्वकपमा अस्ट्रेलिया एकमात्र अपराजित टिम हो ।
यसअघि अस्ट्रेलियाका तेज बलिङ आक्रमणलाई क्यानडाका किशोर ब्याट्सम्यान हिरल पटेलले निस्तेज पारेका थिए । पटेलले ४५ बलमा पाँच चौका र तीन छक्का प्रहार गरी ५४ रन बनाएपछि क्यानडाले राम्रो सुरुवात पाएको थियो । पटेलको यो अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वश्रेष्ठ पाली हो । पटेलले ३७ बलमा नै अर्धशतक छोएका थिए तर त्यसपछि तेजबलर ब्रेट लीले ४६ रनमा चार विकेट लिएपछि उत्तर अमेरिकी राष्ट्र २६ बल बाँकीछँदै अलआउट भयो ।
क्यानडा एक समय दुई विकेटको क्षतिमा १५० रन बनाएर आरामदायक स्थितिमा थियो तर त्यसपछि अस्ट्रेलियाले १९ रनमा पाँच विकेट निकालेर खेलको स्थिति फरक पारेको थियो ।
No comments:
Post a Comment