Friday, March 18, 2011

सचिवलाई गाउँ फर्कन आग्रह

राजेन्द्र न्यौपाने
चैत ४ गोरखा
अखिल नेपाल किसान संघ गोरखाले सम्पूर्ण गा.वि.स सचिवहरुलाई एक हप्ता भित्र आफ्नै गाउँ विकास समितिमा फर्की काम गर्न अनुरोध गरेको छ । अखिल नेपाल किसान संघका जिल्ला अध्यक्ष विपिन चन्द्र ढकालद्धारा शुक्रवार हस्ताक्षरित विज्ञप्तीमा सो कुरा जनाईएको छ । विज्ञप्तीमा सदरमुकाम वसेका गाविस सचिवहरुलाई एक हप्ता भित्रै गाउँमा अफिस खडा नगरे उत्पन्न खतराको संम्वन्धित निकाय नै हुने चेताबनी दिइएको छ । संघले यस अभियानलाई सहयोग गर्न जिल्ला स्थित राजनैतिक दल,पत्रकार,मानवअधिकारी ,नागरीक समाजमा एवं शुरक्षा निकायसंग आग्रह गरेको छ ।

No comments:

Post a Comment