क. प्रचण्ड, अध्यक्ष, एकीकृत नेकपा (माओवादी)
आज हाम्रो पार्टी वर्गसङ्घर्षको अत्यन्त गौरवशाली र चुनौतीपूर्ण स्थानमा आएको छ । पार्टीको विचार, नीति, योजना र कार्यक्रमको वैज्ञानिकता, सर्वहारावर्गप्रतिको अटुट निष्ठा एवम् श्रमजीवी जनसमुदायका हितका निम्ति जस्तोसुकै कठिनाइको सामना गर्न तथा बलिदान दिन पनि तयार रहने उच्च आर्दशयुक्त प्रतिबद्धताले नै हामीलाई आजको गौरवशाली स्थानसम्म ल्याइपुरयाएको हो । विश्वमा एउटा पनि वास्तविक समाजवादी संस्था नरहेको तथा चारैतिर साम्राज्यवाद विस्तारवादलगायतका प्रतिक्रियावादीहरुद्धारा घेरिएको आजको प्रतिकूल अन्र्तराष्ट्रिय परिस्थितिमा समेत मालेमावादको रक्षा, प्रयोग र विकासलाई सही ढङ्गले अगाडि बढाउन सक्नुमा नै हाम्रो आजसम्मको र भावी विजयको पनि ग्यारेण्टी अन्र्तनिहित रहेको छ । वर्गसंघर्षको विकासको नियमभन्दा अन्तरसङ्घर्षको बढी चुनौतीपूर्ण हुने कुरा निश्चित छ । वर्गसङ्घर्षको क्षेत्रमा आउने नयाँ–नयाँ चुनौतीसंगै पार्टीभित्र नयाँ–नयाँ विचारधारात्मक संघर्षको विकास हुनु हाम्रो इच्छाभन्दा स्वतन्त्र वस्तुगत नियम हो । जति–जति हामी केन्द्रीय सत्ता कब्जाको नजिक–नजिक पुग्दै जान्छौं, त्यति–त्यति विचारको विकास, पार्टीको सर्वहाराकरण र हाम्रो संगठन र कार्यशैलीमा क्रान्तिकारी रुपान्तणको आवश्यकता पर्दै जान्छ र साथै आमी जति–जति सत्ताको नजिक पुग्दै जान्छौ त्यति–त्यति बेला पार्टीमा व्यक्तिवादी अराजकता, नोकरशाही पदलोलुपता, अस्वस्थ प्रतिस्थपर्धा, क्षेत्रियता, अन्धजातियता जस्ता अनेक रुपमा विजातीयता प्रवृत्तिहरुले टाउको उठाउने खतरा पनि बढ्दै जान्छ । ठीक त्यसैकारण पार्टीभित्र विचारधारात्मक सङ्घर्ष शुद्धीकरणको महत्व पनि वर्गसङ्घर्षको विकाससँगै गुणात्मक रुपले बढ्न जान्छ र अतः वर्गसङ्घर्षका चुनौतीहरुको सामना गर्न विचारधारात्मक सङ्घर्ष र शुद्धीकरणको प्रक्रियालाई सही ढङ्गले अगाडि बढाउन सहयोग पुरयाउने उदेश्यले केन्द्रीय कार्यालयको तर्फबाट यो निर्देशिका जारी गरिएको छ । (क) राजनैतिक पार्टीहरुको आवश्यकता समाजमा वर्गसङ्घर्षको विकाससँग अभिन्न रुपले जोडिएको छ । जबसम्म समाजमा राजनैतिक पार्टीको आवश्यकता रहन्छ र जबसम्म समाजमा राजनैतिक पार्टी रहन्छ, तबसम्म वर्गसङ्घर्षको प्रतिविम्बको रुपमा पार्टीभित्र विचारधारात्मक सङ्घर्ष पनि चलिरहन्छ । समाजमा वर्गसङ्घर्षको अन्त्यसँगै पार्टीभित्र अन्तरसङ्घर्षको पनि अन्त्य हुन्छ र त्यस स्वयम् राजनैतिक पार्टीको अस्तित्व पनि समाप्त हुन्छ । वर्गसङ्घर्ष र पार्टी रहँदासम्म विपरीतहरुका बीचमा सापेक्षित एकता र निरपेक्ष सङ्घर्ष कुनै पनि वस्तुको अस्तित्व विकास र विामसको कारण बन्ने भौतिकवादी द्वन्द्ववादको नियम पार्टीमा पनि स्वतः लागू भइरहन्छ । व्यकक्तिको मनोगत इच्छाबाट स्वतन्त्र यो वस्तुगत नियलाई प्रत्येक कम्युनिष्ट क्रान्तिकारीले सर्वप्रथम दह्रोसँग बुझ्न र आत्मासात् गर्न जरुरी छ ।
(ख) निश्चित विचारधारा निश्चित पार्टीको पहिचान र सङ्गठानात्मक एकताको आधार हुने गर्दछ । तर एकपटक निश्चित विचार र त्यस आधारमा निर्मित पार्टी यान्त्रिक र जड्वत् रुपमा रहन सक्दैन र बरु वर्गसङघर्षको विकाससँगै अपरिहार्य विचारधारात्मक सङ्घर्षको बीचबाट विचारको विकास गर्दै नयाँ आधारमा नयाँ एकता हासिल गर्न कम्युनिष्ट क्रान्तिकारीहरु हमेशा सचेत र सक्रिय रहनु पर्दछ । विचारधारात्मक सङ्घर्ष नै पार्टी जीवनको आधार हो भन्ने वस्तुगत तथ्यलाई गहिरोसँग आत्मसात् नगरी कोही पनि वास्तविक अर्थमा द्वन्द्वात्मक भौतिकवादी बन्न सक्दैन ।
(ग) पार्टीभित्र चल्ने सङ्घर्षको स्वरुप मित्रतापूर्ण र शज्ञुतापूर्ण दुई भिन्न प्रकृतिको हुनसक्छ । सामसन्यः मित्रतापूर्ण सङघर्षको समाधान बहस, छलफल, आत्मालोचना, आलोचा ्र सामान्य सङ्गठनात्मक अनुशासनको कार्वाही आदि विधिद्वारा अल गरिन्छ । त्यसरी एकता–सङ्घर्ष–रुपान्तरण हुँदै नयाँ आधारमा नयाँ एकता हासिल गरी अन्ततः मित्रतापूर्ण सङ्घर्षले पार्टीलाई सजीव र सकारात्मक रुपले अग्रगति प्रदान गरिरहेको हुन्छ ।
जब आधारभूत विचारधारामा नै अन्तर पर्दछ, तब पार्टीभित्र सङ्घर्षको विकास हुन पुग्र्दछ । त्यो अवस्थामा दुई भिन्न विचारधाराको एउटै पार्टी रहन सक्दैन । त्यसप्रकारको शत्रुतापूर्ण अन्र्तविरोधको हलको समाधान अन्ततः एक वा अर्काको विचार पक्षको निष्काशन, विद्रोह वा फुटबाट हुने गर्दछ भन्ने तथ्यलाई पनि कम्युनिष्ट क्रान्तिकारीहरुले दह्रोसँग आत्मसात् गर्न सक्नुपर्दछ ।
तर यससन्र्दभमा विशेषरुपले सर्तक रहनुपर्ने दुई भिन्न विचालाबारे क्रान्तिकारीहरुको ध्यान गइरहनुपर्दछ । ती विचलन हुन्–मित्रतापूर्ण सङ्घर्षलाई नै शत्रुतापूर्ण सङ्घर्षका रुपमा बुझ्ने र हल गर्न खोज्ने मनोगत सङ्कीर्णतावादी विचलन एवम् शत्रुतापूर्ण सङ्घर्षका रुपमा बुझ्ने र हल गर्न खोज्ने मनोगत सम्झौतावादी वा अनुभववादी विचलन, यी दुबै विचलनले अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन र नेपालकै कम्युनिष्ट आन्दोलनमा पनि पार्टी र क्रान्तिलाई ठूलो क्षेति पुरयाउँदै आएका छन् । सम्झौतावादी विचलनले अन्ततः वर्गसमन्यपूर्ण दक्षिणपन्थी संशोधनवादतिर नै लैजान्छ भने सङ्कीर्णवादी विचलनले अन्ततः जडसूत्रीय संशोधनवादी विचलनतिर लैजान्छ । दक्षिणपन्थी संशोधनवादलाई मुख्य खतरा मान्दै जडसूत्रीय संशोधनवादका विरुद्ध पनि सङ्घर्ष गरिरहनु अहिलेको आवश्यकता हो । नेपालको यो सन्दर्भमा एमाले गुटले सम्झौतावादी दक्षिणपन्थी संशोधनवाद र मोहनविक्रम गुटले सङ्कीर्णवादी जडसूत्रीय संशोधनवादको पैतिनिधित्व गर्दै आएका छन् । यी दुवैरुपका संशोधनवादसँग निरन्तर सङ्घर्ष गरेर नै हाम्रो गौरवशाली पार्टीको विकास भएको तथ्य स्मरण गरिरहनुपर्दछ ।
(घ) अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन र नेपाली कम्युनिष्ट आन्दोलनका प्रचुर सकारात्मक र नकारात्मक अनुभवहरुबाट शिक्षा लिएर हाम्रो पार्टीले अन्तरपार्टी सङ्घर्षलाई सही र वैज्ञानिक ढङ्गले हल गर्ने विधिको विकास गर्दै आएको छ । हालै सम्पन्न पार्टी केन्द्रीय समितिको पीवीको बैठकले २१ औं शताब्दीमा जनवादको विकास सम्बन्धीप्रस्तावको मर्मअनुसार खुल्ला र स्पष्ट बहसद्वारा अन्तरसङ्घर्ष सञ्चालन गर्ने विधिलाई नयाँ उचाइमा उठाएको छ । हालै हाम्रो पार्टी केन्द्रमा विकास भएको अन्तरविरोध शत्रुतापूर्ण नभएर मित्रतापूर्ण अन्तरविरोधको सीमाभित्र रहेकाले यसलाई एकता–सङ्घषर््ा–रुपान्तरणको विधिद्वारा हल गरी नयाँ एकता कायम गर्न पीवीले अनवश्यक निर्णय लिएको छ ।
राजनैतिक प्रत्याक्रमणसँग जोडिएको विचारको विकास सङ्गठनात्मक कार्यशैलीमा क्रान्तिकारी रुपान्तरणको आवश्यकताभन्दा बाहिर गएको यो अन्तरविरोधलाई व्यक्तिगत आग्रह–पूर्वाग्रह पा जित–हारको मानिसबाट बुझ्नु ठूलो गल्ती हुनेछ ।अलिकति अन्तरविरोध देखिने वित्तिकै दायाँ वा बायाँ तन्काउँदै लगेर गुट र फुटको सङ्घारमा पुरयाइहाल्ने नेपाली कम्युनिष्ट आन्दोलनको नकारात्मक विरासतबाट मुक्त रहँदै विचारकेन्द्रित बहसद्वारा सिङ्गो पार्टी माथि उठाउन क्रान्तिकारीहरुले पनि मेहनत गर्नुपर्दछ । अभिव्यक्तिमा स्वतन्त्रता र काम–कार्वाहीमा एकरुपताको लेनिनवादी सङ्गठनात्मक सिद्धान्तलाई महान सर्वहारा सांस्कृतिक क्रान्तिका तीन गर र तीन नगरको सिद्धान्त एवं हाम्रो पार्टीको जनवादसम्बन्धि प्रस्तावको मर्मसँगसँगै समयजन (फ्यूजन) गरेर पार्टी जीवनलाई नवीन गति प्रदान गर्न प्रत्येक पार्टी सदस्यले एतिहासिक जिम्मेवारीबोधको साथ पहल लिन आवश्यक छ ।
No comments:
Post a Comment