Showing posts with label विचार विश्लेषण. Show all posts
Showing posts with label विचार विश्लेषण. Show all posts

Monday, April 16, 2012

अन्दाजमा एन्टिबायोटिक्स नखाऔं

काठमाडौ, वैशाख ४ - बालबालिकाहरूको निमोनिया निको बनाउनदेखि वयस्कको क्षयरोग, घाउखटिरा, पेटको अल्सर, चर्मरोग, यौनरोग, कुष्टरोग, टाइफाइड, कालाज्वर, मलेरियाजस्ता रोगहरू निको पार्न तथा नियन्त्रणमा लिन एन्टिबायोटिक्सको प्रयोग गर्नुपर्ने हुनसक्छ । एन्टिबायोटिक्सको प्रयोग दिनानुदिन बढ्दो छ । आजभोलि त एन्टिबायोटिक्स सेवन गर्न डाक्टरसँग जँचाइरहनु नपर्ने भएको छ । ज्वरो आएको होस् वा पखाला चलेको, हामी आफैं वा औषधि बिक्रेताको अन्दाजको भरमा कुनै चिकित्सकको सल्लाहबिना नै एन्टिबायोटिक्स प्रगोग गर्ने गछौर्ं । घाँटी खस्खसाएमा मात्र पनि एजिथ्रोमाइसिन प्रयोग गर्न सजिलो मान्छौं । आजभोलि डाक्टरसँग जँचाउने झन्झटभन्दा एन्टिबायोटिक्स किन्न सजिलो छ ।
सधारणतया एन्टिबायोटिक्स सूक्ष्म जीवाणु (ब्याक्टेरिया, फन्जाइ) हरूबाट उत्पादन गरिन्छ । हाल केही एन्टिबायोटिक्स रासायनिक प्रतिक्रियाद्वारा पनि उत्पादन गर्न थालिएको छ । यसले सूक्ष्म जीवाणुहरूलाई मार्ने तथा वृद्धि रोक्ने भएकाले यसलाई माइक्रोबियल एजेन्ट पनि भनिन्छ । सन् १९४१ मा अलेक्जेन्डर फ्लेमिङले फन्जाइबाट पहिलो एन्टिबायोटिक्स पेनिसिलिनको उत्पादन गरेका थिए । पेनिसिलिनले आधुनिक चिकित्सा पद्धतिलाई नै एउटा नयाँ मोड दियो । पत्ता लागेको ७२ वर्ष पार नगर्दै सात सयभन्दा बढी एन्टिबायोटिक्स सात हजारभन्दा बढी व्यापारिक नाम लिएर बजारमा आइसकेका छन् । यसले चिकित्सा पद्धतिलाई सफल त बनाएको छ तर गलत प्रयोगले संकटलाई पनि निम्त्याउँदै गएको छ । बजारमा बढी प्रयोजनमा रहेका एन्टिबायोटिक्समा एमोक्ससिलिन, एजिथ्रोमाइसिन, सिप|mोफ्लोक्सासिन, सेफेक्जिम, सेफोड्क्सिम, मेट्रोनिडाजोल आदि हुन् ।
जुनसुकै औषधिको पनि राम्रा र नराम्रा असरहरू हुन्छन् । त्यसैले भनिन्छ, कुनै पनि औषधि खानु भनेको एउटा जोखिम उठाउनु हो । अत्यधिक औषधि सेवन विषालु पनि हुनसक्छ । एन्टिबायोटिक्स धेरै किसिमका हुन्छन् । यिनीहरूका बनोट, काम र प्रवृत्ति पनि फरक-फरक हुन्छन् । त्यसैले यसले हाम्रो शरीरमा गर्ने असर पनि फरक-फरक हुन्छन् । तर सबै एन्टिबायोटिक्सले सेवनकर्ताहरूलाई असर गर्छ भन्न सकिँदैन । पेनिसिलिन समूहका एन्टिबायोटिक्स्
(एकोक्सिसिलिन, एम्पिसिलिन) प्रयोग गर्ने ५ देखि ७ प्रतिशतमा एलर्जी हुनसक्छ । जसले गर्दा छाला चिलाउने, राता-राता डाबरहरू आउने जस्ता असर देखि रक्तकोषहरू नष्ट भएर हेमोलायटिक एनेमिया अर्थात् रक्तअल्पता वा रक्तसञ्चार नै बन्द भएर मानिसको मृत्युसमेत हुनसक्छ । धेरैजसो एन्टिबायोटिक्सको विषादीपनले पेटको गडबढी हुनु, पेट दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु सामान्य हो । सुई दिएको ठाउँमा सुन्निन पनि सक्छ । यसले स्नायु प्रणालीमा असर गर्ने भएकाले रिंगटा लाग्ने, टाउको दुख्ने, थकान, तनाव एवं कमजोरी महसुस हुनसक्छ ।
हाम्रो आन्द्रामा केही गुणकारी ब्याक्टेरिया हुन्छन्, जसलाई नर्मलफ्लोरा भनिन्छ । ती ब्याक्टेरियाले भिटामिन 'के' र भिटामिन 'बी' समूहका केही भिटामिनको उत्पादन गर्ने तथा शोषण गर्नमा मद्दत गर्छन् । एन्टिबायोटिक्सको प्रयोगले यी गुणकारी ब्याक्टेरियालाई मार्ने हँदा, स्वाभाविक रूपमा ती भिटामिनहरूको कमी हुन्छ । त्यस्तै एन्टिबायोटिक्सको एउटा अर्को असर हो, सुपरइन्फेक्सन् ! अर्थात् एउटा रोगको औषधि सेवन गर्‍यो, त्यो रोग त निको हुन्छ तर अर्को रोगको जन्म
हुन्छ ।
नवजात शिशुलाई टेट्रासाइक्लिन एन्टिबायोटिक्स ख्वाउँदा उनीहरूको दाँत पहेंलो हुन्छ । गर्भवती महिलाहरूले एन्टिबायोटिक्सको प्रयोग गर्दा गर्भमा रहेको बच्चामा शारीरिक तथा मानसिक असरहरू देखिनुका साथै कुनैकुनै अवस्थामा गर्भ तुहिन पनि सक्छ । एन्टिबायोटिक्सको प्रयोगले अत्यधिक रक्तस्राब हुनु, कलेजो, मृगौला एवं हड्डीहरू कमजोर हुने जस्ता असरहरू बाहेक अर्को एउटा प्रमुख असर हो,  ड्रग रेसिस्टेन्स । जुनसुकै एन्टिबायोटिक्स सेवन गर्दा त्यसको पूरा अवधिसम्म आवश्यक मात्रामा सेवन गर्नुपर्छ तर हामी रोगमा सामान्य सुधार आउने बित्तिकै औषधि खान छोडिदिन्छौं, परिणाम ब्याक्टेरियाको प्रतिरक्षाशक्तिमा विकास हुन्छ अर्थात् ड्रग रेसिस्टेन्ट हुन्छ । जसले गर्दा अर्को पटक सोही ब्याक्टेरियाले गरेको संक्रमणलाई पहिलाको एन्टिबायोटिक्सले काम नगर्ने
हुन्छ । यसरी ड्रग रेसिस्टेन्ट हुँदै जाँदा भविष्यमा रोगमाथि विजय पाउन गारो हुन सक्छ । यसबाहेक एन्टिबायोटिक्सका अरू पनि धेरै असर हुन्छन् । नबुझी अनावश्यक रूपमा, गलत परिणाम र मात्रामा एन्टिबायोटिक्स सेवन गर्नु हितकर हुँदैन । पैसाको लोभ वा कामको व्यस्तताले स्वास्थ्यको अवहेलना गरी चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक्स मात्र होइन, कुनै पनि औषधि सेवन गर्नु खतरनाक हुनसक्छ ।
लेखक मेची अञ्चल अस्पतालमा कार्यरत छन् ।
डा. बालकृष्ण साह
Source : ekantipur

Friday, March 25, 2011

नयाँ नेपालको आर्थिक दिशा

एन पी रिजाल ।
नयाँ नेपाल निर्माण गर्न देशमा विद्यमान सम्पूर्ण पक्षहरुमा सुधार ल्याउनु आवश्यक छ । अर्थतन्त्रलाई कमजोर स्थितीबाट माथि उठाउन अर्थशास्त्री प्रो. आर. रोदानले भनेझै ठूलो धक्काको आवश्यकता पर्दछ । नत्र आर्थिक विकासका गतिविधिहरुले गति लिन सक्दैनन् । अर्थतन्त्रका सुचकहरु सकारात्मक नभएको परिस्थितिको सिर्जनामा वर्तमान समयमा विद्यमान संक्रमणकालिन परिस्थितिले सबैभन्दा बढी रुपमा भूमिका खेलेको छ । विगतमा विभिन्न किसिमका आर्थिक विकासका योजनाहरु ल्याइए तर त्यसलाई कार्यान्वयन गर्ने संयन्त्रहरु भने असफल भए । तिब्र राजनीतिक हस्तक्षेप, भष्टाचार, अस्थिर सरकार, असुरक्षा, दक्ष श्रम साधानको अभाव, जनसहभागिताको कमी जस्ता विविधि कारणहरुले गर्दा आर्थिक विकासका योजनाहरु कार्यान्वयन हुन सकेनन् । केही रुपमा कार्यान्वयन भए पनि त्यसलाई दिगो रुप दिन भने सकिएन । फलस्वरुप भौतिक पूर्वाधारहरुको विकास पनि गर्न सकिएन । जुन कुनै पनि देशको समग्र क्षेत्रहरुको विकासका लागि आधार स्तम्भको रुपमा रहेको हुन्छ । फलस्वरुप रोजगार मुलक र उत्पादन मुलक नयाँ क्षेत्रहरुको सिर्जना हुन सकेनन् ।
अहिले मुलुक नयाँ राज्य संरचनाको प्रतिक्षामा छ । त्यसपछिको आर्थिक दिशा कस्तो प्रकारको हुने तत्कालिन परिस्थितिले निर्धारण गर्ने कुरामा दुई मत छैन । त्यसबेलाको राजनीतिक संयन्त्रको प्रभावकारिताको परीक्षाको रुपमा आर्थिक विकासको प्रगतिको स्थर पनि हुनेछ । कस्तो प्रकारको आर्थिक नमुना अपनाउने ? त्यसका लागि विभिन्न किसिमका विकल्पहरु छन । जसमा आन्तरिक र बाह्य क्षेत्रबाट गरिने लगानीले उल्लेखनीय भूमिका खेल्ने छ ।
तर जव हामी आर्थिक प्रगतिको दिशातर्फ मुलुकलाई धक्का दिने प्रयास गर्दछौँ । त्यसबेला आवश्यक पर्ने शक्तिको सही मूल्याड्ढन गरिनु आवश्यक छ । सही मूल्याड्ढन नगरिएका आर्थिक उत्प्रेरक तत्नहरुले वास्तविक दिशा दिन सक्दैनन् । यस्तो परिस्थितिमा गरिएको लगानी र समय पनि खेर जाने गर्दछ । जुन देशको अद्योतिगामी दिशा तर्फको शड्ढेत हो । यस्ता परिस्थितिबाट देशलाई पुन प्रगतिको दिशानिर्देश गर्न धेरै समय कुर्नु पर्ने हुन्छ ।
कुनै पनि अर्थतन्त्रमा आर्थिक फड्को मार्न जनसहभागिताले पनि महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । किनकी, जनसहभागिता आर्थिक विकासलाई उत्प्रेरक तत्वको रुपमा रहने गर्दछ । नेपालमा श्रम साधनको सदुपयोग प¥याप्त मात्रामा गर्न सकिरहेको छैन । स्वदेशभित्र प¥याप्त मात्रामा रोजगारका अवसरहरुको अभाव रहेको र कृषि क्षेत्रवाट पनि जीवन निर्वाह गर्न नसके पछि लाखौँ नेपालीहरु मजदुरको रुपमा भारतका विभिन्न सहरहरुमा कार्यरत रहेका छन् । अर्कोतिर, मजदुरको रुपमा तेस्रो मुलुक गएका नेपाली श्रमशक्तिको उपभोग यहाँ भौतिक पूर्वाधारहरुको सिर्जनामा लगाउनु पर्दछ । जसलाई जनसहभागिताको रुपमा सदुपयोग गर्न सकिन्छ । अक्रोतिर, मानव साधनको विकासमा प¥याप्त मात्रामा लगानी गरिनु पर्दछ । वर्तमान समयमा उच्च आर्थिक प्रतिफल प्राप्त गर्नका लागि आवश्यक पर्ने दक्ष मानव साधन तयार गर्न ठूला संस्थानहरु स्थापना गरिएका छन् र त्यसकै लागि ठूलो स्थरमा लगानी पनि गरिएको छ । अक्रोतिर, ठूला संस्थानहरु र उद्योगहरुमा मानव संम्साधन विभाग भनेर छुट्टै विभाग पनि स्थापना गरिएको हुन्छ जसले दक्ष मानव साधनको छनौट गर्ने गर्दछ साथै संस्थाभित्र विद्यमान मानव साधनलाई समयानुकुल रुपमा परिचालन गर्ने गर्दछ । जुन दक्ष संयन्त्र संस्थाको उद्देष्य प्राप्त गर्ने प्रमुख माध्यमको रुपमा रहेर क्रियाशिल हुन्छ । त्यसैले समय शान्दर्भिक मानव साधनको विकास गरिनु पर्दछ । जुन नेपाली अर्थतन्त्रको आधार स्तम्भ हो ।
नेपालको भौगोलिक विविधता, प्राकृतिक सम्पदाहरुमा भएको पहुँच र सौन्दर्यतालाई नकार्न मिल्दैन । यही वास्तविक्तालाई आधार मानी विगतमा ‘हरियो वन नेपालको धन’, ‘नेपालको पानी सुनको खानी’ र ‘एसियाको स्विट्जरल्याण्ड’ जस्ता उक्तिहरु ल्याईए तर यी उक्तिहरु त्यस स्थितीमा मात्र शान्दर्भिक हुन सक्थे जव सम्पूर्ण पक्षबाट त्यसको प्राप्तिका लागि परिन्थ्यो । तर त्यसलाई वास्तविक्तामा बदल्न कुनै प्रकारको प्रभावकारी कलम चालिएन । नेपालमा ८३ हजार मेघावाट जलविद्युत उत्पादन गर्न सकिने सम्भावना छ । जसलाई सदुपयोग गर्दा मात्रै पनि देशले ठूलो आर्थिक फड्को मारि सक्थ्यो । तर यसलाई समर्थन गर्न आवश्यक पर्ने लगानी, उचित वातावरणको सिर्जना, सुरक्षा व्यवस्था र सही सदुपयोग जस्ता उत्प्रेरक तत्वहरु भएनन् । नेपालको भौगोलिक वनावटमा भएको विविधताले गर्दा विभिन्न प्रकारको वन सम्पदा छ । साथै विविधता युक्त हावापानी जडीबुटी उत्पादन, फलफूल उत्पादन र कृषि उत्पादनका लागि पनि उपर्युक्त किसिमको रहेको छ । यसलाई सही रुपमा सदुपयोग गर्न हरित क्रान्तिको नारा ल्याई प¥याप्त मात्रामा लगानी र श्रमशक्तिको उपभोग गरी मुलुकलाई आर्थिक प्रगतिको गति दिन सकिन्छ ।
एसियाको स्विट्जरल्याण्डको रुपमा नेपाली नेताहरले समय समयमा भन्ने गरेको भाषण पनि शान्दर्भिक हुन सकेन । नेपाल प्राकृतिक सौन्दयता, सांस्कृतिक विविधता, जैविक विविधता बोकेको देश हो तर विगतका तथ्याड्ढहरुलाई विश्लेषण गर्दा के देखिन्छ भने नेपालमा पर्यटकहरुको आगमन बढ्न सकेको छैन । पर्यटकीय सम्भावना रहेका क्षेत्रहरुको पहिचान र प्रवर्दन गर्न आवश्यक पर्ने भौतिक पूर्वाधारहरुको अभाव भयो । जुन वैदेशिक पर्यटकहरुको आगमनमा वृद्धि गरी विदेशी मुद्रा आर्जन गर्ने सपना वास्तविक रुपमा खोज्ने हो भने सम्पूर्ण पर्यटकीय सम्भाव्ताका क्षेत्रहरुको पहिचान, सुरक्षा व्यवस्थामा सुधार, प¥याप्त भौतिक पूर्वाधारको विकास, प्रचार–प्रचारमा वृद्धि गरिनुका साथै आथ्त्यिताको संस्कारमा सुधार जस्ता पक्षहरुमा जोड दिनु पर्दछ । जुन भावी नेपालको लागि दिगो आय–आर्जन गर्ने स्रोत बन्ने छ ।
नेपाली अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्र पनि ठूलो आर्थिक सम्भाव्यता बोकेको क्षेत्र हो । कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा बढी हिस्सा ओगटीरहेको कृषि क्षेत्र जीवन निर्वाह मुखी अवस्थामा नै रहेको छ । परम्परागत प्रविधिमा आधारित कृषि क्षेत्रमा बढी भन्दा बढी रुपमा नयाँ प्रविधि भित्रयाएर आधुनिकिकरण र व्यावसाहीकरण गरिनु पर्दछ । मेची अञ्चलका सबै जिल्लाहरु चिया र पहाडी जिल्लाहरु इलाम, पाँचथर, ताप्लेजुङमा भएको अलैचीको व्यवसाहीकरणलाई हामी नकार्न सक्दैनौ तर जुम्लाको स्याउ लक्षित स्थानमा पु¥याउन आवश्क पर्ने उचित वातावरणको सिर्जना भए त्यस्ता क्षेत्रहरुको आर्थिक विकासको स्थितीमा काया पलट गर्न सकिन्छ । यस्ता सम्भाव्यता बोकेका क्षेत्रहरको पहिचान गर्न र प्रयोग गर्न आवश्यक पर्ने लगानी र वातावरणको सिर्जनामा अत्याधिक मात्रामा ध्यान दिनु आवश्यक छ । जुन लगानी कृषिमा आधारित उद्योगहरुमा पनि लगानी गरिनु पर्दछ । किनकी, यी दुई क्षेत्रहरुलाई संगसंगै अगाडी बढाउन सकेमा मात्र पनि देशको आर्थिक स्थिती प्रगति तर्फ रुपान्तरित हुनेछ । यसका लागि नयाँ प्रविधिको प्रयोग, सहकारी खेतीको व्यवस्था र कृषि क्षेत्रमा प¥याप्त मात्रामा अनुदान र ऋणलाई पनि प्राथमिकता दिनु पर्दछ । यी दुई क्षेत्रहरुमा गरिने ठूलो स्थरको लगानी र स्रोत्र साधनको परिचालनले नयाँ आर्थिक दिशाको लक्ष्य प्राप्त गर्न उल्लेखनीय योगदान दिनेछ ।
देशमा विद्यमान आर्थिक परिसुचकहरु अत्यन्त सुस्त भएको अवस्थामा आर्थिक विकासको गति दिन अर्थतन्त्रमा देखा परेका आर्थिक रुपान्तरणका मागहरुलाई वेवास्था गर्न खोजियो भने मुलुकमा प्रगतिशिल आर्थिक दिशाको सिर्जना कहिल्लै हुन सक्दैन । कारण, अर्थतन्त्रमा अति आवश्यक पर्ने ठूला धक्काहरु बेबास्था गरिएको परिस्थितिको सिर्जना हुन्छ । राजनीतिक अस्थिरता, भौगोलिक प्रभाव, शैक्षिक समुदायको अभाव इत्यादि जस्ता कारक तत्वहरु क्रियाशिल रहेको मुलुकमा आर्थिक रुपान्तरणका मागहरु बीचैमा हराउने गर्दछन् । अक्रोतिर, आर्थिक प्रगतिको नयाँ दिशाका मागहरु कहिल्लै पनि देखा नपर्न पनि सक्दछन् । यस्तो स्थिती अर्थव्यवस्थामा विद्यमान रहिरहेको अवस्थामा आर्थिक प्रगतिका लागि आवश्यकता महसुस गरिएको ठूलो धक्का असम्भव हुनेछ । जुन स्थिती नेपाली अर्थतन्त्रमा नआउला भन्न सकिदैन । किनकी, विगतमा विभिन्न आन्तरिक र बाह्य तत्वहरुले नेपाली अर्थतन्त्रमा पारेको प्रभाव पुन नदोहोरिने परिस्थितीको सिर्जना भए बेग्लै कुरा हो तर ती तत्वहरु पुन नेपाली अर्थतन्त्रमा देखा परे भने अर्थतन्त्रले गति लिन सक्दैन र पुन देशमा अन्यौलताका स्थितीहरु सिर्जना हुने परिस्थिति बन्ने छ .

Wednesday, March 23, 2011

बहुलवाद र बहुदलीयता


मोहन वैद्य ‘किरण’
मूल्याङ्कनले उपयुक्त बेलामा बहुलवादमाथि सार्थक बहस गराएको छ । एकथरि साथीहरु बहुलवादलाई संविधानमै समावेश गर्नुपर्छ भनेर आइरहनु भएको छ । हामी त्यसको दृढ विपक्षमा छौं छौं  ! यसबारे मैले आफ्ना पूर्वप्रकाशित रचनाहरुमा स्पष्ट पारेको छु तर यस प्रकारको बहस हुन सकेको थिएन । त्यसैले गर्दा म यो बहसको सुरुवात बहुलवाद भनेको के हो भन्ने कुराबाटै सुरु गर्न चाहान्छु ।

बहुलवाद के हो ?
बहुलवाद भनेको विश्वको उत्पत्तिको क्षेत्रमा बहुतत्वलाई प्राथमिकता दिने सिद्धान्त हो । यसले विश्वको उत्पात्ति र विकास एउटै तत्ववाट होइन्, बहुतत्वबाट भएको मान्यता राख्छ । बहुलवादले सामाजिक जीवन र चिन्तनका विविध क्षेत्रमा बहुलताको पक्षपोषण गर्दछ । बहुलवाद प्राचीन भारतीय दर्शनका साथै प्राचीन युनानी दर्शनमा पनि पाइन्छ । भारतीय जैन दर्शनमा अनेकान्तवादको जुन सिद्धान्त छ, त्यो बहुलवाद नै हो ।

प्रारम्भिक भौतिवादमा पनि पृथ्वी, जल, तज, हावा वा परामाणुहरु जस्ता विभिन्न भौतिक तत्वहरुबाट संसार बन्यो भन्ने सिद्धान्तमा बहुलवादको केही लक्षणहरु पाइन्छन् । त्यस्तै, प्रारम्भीक आदर्शवादमा बहु–ईश्वरको चर्चा चगरिएको पाइन्छ । यो प्राचीनकालीन बहुलवादको कुरा भयो । आधुनिक कालमा भने बहुलवादको जन्म सर्वप्रथम जर्मनीमा भएको पाइन्छ ।

सत्रौं शताब्दीको अन्त्य र १८ औ. शताब्दीको प्रारम्भतिरका जर्मन बुद्धिवादी दर्शनिक लाइबनित्जले संसार चेलनामय बहुतत्व (monads) बाट बनेको छ भनेका थिए । पछि आए। बहुलवादी दर्शनलाई विकसीत गर्ने काम अमेरिकी व्यवहारवादी दार्शनिक विलिमय जेम्सले गरेका छन् । बीसौं शताब्दीको सुरुमा उनले यो विश्व एकरुप (universe) हैन, बहुरुप (multivers) छ भने। पछिल्लो समयमा बहुलावादी दर्शन इङ्ल्याडलगायत विश्वका विभिन्न देशमा फैलियौं र यसलाई बहुलवादी राजनीति व्यवस्थाको दार्शनिक आधारका रुपमा स्थापित गर्ने काम भयो । युरो–कम्युनिज्मको धाराले संसदीय व्यवस्था र बहुलवादलाई स्वीकार गरयो । अन्ततः बहुलवाद उत्तर आधुनिकतावादी दर्शनको प्रमुख आधारशीला बन्न पुग्यो । हाम्रो नेपालमा पनि ठ्याक्कै त्यही–कम्युनिज्म हुदै एमालेले बहुलवादलाई अङ्गीकार गरयो र उत्तरआधुनिकतावादको प्रवेशसँगै यहाँ पनि बहुलवाद बहसको विषय बन्न गएको छ । बहुलवादको दार्शनिक पक्ष बहुलवादको दार्शनिक पक्षको कुरा गुर्नअघि हामीले दर्शनका तीन प्रमुख धाराबारे पनि चर्चा गर्नु आवश्यक छ, ती हुन्–

अद्धैतवाद (monism), द्धैतवाद(dualism) र बहुलवाद(pluralsiam) । अद्धैतवाद दुई प्रकारका छन् । आदर्शवादी र द्धन्द्धात्मक भौतिकवादी । हरेक दर्शनका विभिन्न पाटा वा क्षेत्र हुन्छन्, जस्तै तत्वमीमांमा, ज्ञानमीमांमा, आभारमीमांमा आदि । तत्वमीमांमाले यो संसारको सृष्टि गर्ने तत्व एउटै छ कि धेरै भन्ने प्रश्नको उत्तर खोज्दछ ।

संसारको सृष्टि गर्ने तत्व एउटै छ भन्ने दर्शन सामान्यतया अद्धैतवाद हो तर त्यो एउटै तत्व परचेतना, परमेश्वर वा चेतना हो भनेर मानियो भने त्यो आदर्शवादी अद्धैतावाद भयो । त्यो तत्व एउटै छ तर त्यो परमेश्वर वा चेतना होइन, भौतिक तत्व हो भनेर मानियो भने त्यो भौतिकवादी वा द्धन्द्धात्मक भौतिवादी अद्धैतवाद हो । यी दुवै अद्धैतवादभित्र पर्छन् । फरक के छ भने एउटाले अलौकिक शक्तिलाई मान्दछ, अर्कोले भौतिक शक्तिलाई मान्दछ, । यो धेरै ठेलो भिन्नता हो । यसैगरी द्धैतबादले पदार्थ र चेतना दुवैलाइृ समानान्तर रुपमा प्राथमिक तत्व मान्दछ । बहुलवाद त्यो हो जसले बहुततवलाई प्राथकिम दर्जामा राख्दछ । तत्वदर्शनकै क्षेत्रमा बहुलवादीहरु भने विभिन्न किसिमका तत्वहरुले यो संसारको सृष्टि भयो भन्ने विश्वास गर्दछन् । यस सन्दर्भमा कसैले बहुदेवता, बहुचेतना कसैले परमाणु बहुलता र कसैले पृथ्वी, जल , तेल, वायु आकाश आदि बहुतत्वलाई प्रथामिक स्थानमा राख्ने गर्दछन् । तत्वदर्शनका क्षेत्रमा बहुलवादीहरु भौतिवादी, आदर्शवादी र तटस्थतावादी तीनै प्रकारका रहेका छन् । यो संसारको उत्पत्ती र विकासका लागि प्राथमिक तत्व चेतना वा पदार्थमध्ये कुन हो ? यो प्रश्नको जवाफमा आदर्शवादले चेता र भौतिकवादीले पदार्थलाई प्रस्तुत गर्दछ । यो स्थितीमा बहुलवादीले उक्कने ठाउँ नै पाउँदैन् । यो स्थितीमा बहुलवादीहरु तटस्थातावादी बन्दछन् । र अन्ततः ती आदर्शवादको भासमा फँस्न पुग्दछन् ।

बहुलवादहरु एकातिर आदर्शवादी तथा भौतिवादी दुवै प्रकारको अद्धैतवादको विरोध गर्दै संसारमा बहुलता व्यास्त छ भन्दछन् भने अर्कोतिर त्यसप्रकारको बहुलतालाई एकरुपतामा जोड्नका लागि इश्वरको पनि खोजि गर्दछन् । यो बहुलवादीहरुमा विद्यमान आफ्नो तर्कलाई आफैं खण्डन गर्ने वितण्डतावादी चिन्तन हो । ज्ञानमीमांसाको क्षत्रेमा पनि बहुलवादीहरुले सत्यको बहुलता स्विकार्छन् । आदर्शवादीहरु सत्य सदाका लागि निरपेक्ष, अपरिवर्तनीय र एउटै हुन्छ भन्छन् । द्धन्द्धात्मक भौतिकवादीहरु एकातिर सत्यलाई मूर्त तथा समग्र रुपम ग्रहण गर्दछन् । भने अर्कोतिर सापेक्ष एवम् निरपेक्ष हुने कुरा मान्दछन् तर बहुलवादीहरुका दृष्टिमा सत्य बहुल नै हुनछ । उनीहरु सत्यलाई उपयोगीतावादी कोणबाट हेर्दटन् । त्यसअनुसार सत्य हरेक व्यक्तिका हित र सफलतासँग जोडिएको बहुविध प्रकारका हुने गर्दछन् । उनीहरु सामाजिक व्यावहारलाई सत्यको कसौटी मान्दैनन् ।

आचारमीमांसाको क्षेत्रमा बहुलवाद भनेको चरम व्यक्तिवाद र उपभोक्तावाद हो । यसले के कुरा मान्दछ, भने हरेक समाजमा मानिस प्रकृतिजगत्का परमाणुजस्तै हुन् यी एकदम स्वतन्त्र र यी एकअर्काबाट पृथक हुन्छन् । व्यक्तिका स्वार्थलाई ने सवै भन्दा माथि राख्ने व्यक्तिवाद नै आचारका क्षेत्रमा बहुलवाद हो यसले समाजलाई निषेध गर्दै निजी हित, अभिरुचि र आचरणमा आधारित बहुमूल्य प्राणालीको पक्षपोषण गर्दछन् । समाजको हितलाई प्राथमिकतामा राख्ने सिद्धान्त समाजवाद हो । राजनीति क्षेत्रमा आखर्शवाद वा एकमनावादखले एकदमै तानाशाही र एकाधिकारवादी शासनसत्ताको सिद्धान्त मान्दछ । त्यो भनेको सामन्तवादी सिद्धान्त निरङ्कुश राजतन्त्र, सैनिक अधिनायकतन्त्र वा फासिवाद हो । बहुलवादले पूँजीवादी वर्गका हक, हित, स्वार्थ र स्वतन्त्रतालाई अत्यन्तै निरपेक्ष् रुपमा प्रस्तुत गर्दछ ।

बहुलवादको राजनीतिक आदर्श संसदीय बहुदलीय व्यवस्था हो । यसको आदर्श संसदिय बहुदलीय व्यवस्था हो । यसको विपरीत द्धन्द्धात्मक भौतिकवादी वा माक्र्सवादीहरुको राजनीति आदश भनेको वैज्ञानिक समाजवाद हो । जसले व्यक्ति होइन् , समाजलाई सर्वोपरि मान्छ र व्यक्ति होइन, समाजलाई सर्वोपरि मान्दछ र व्यक्तिका हितलाई समाजको हितको मातहतमा राख्दछ त बहुलवादीहरु समाजको हितलाई प्रथाकिमा राख्न चाहँदैनन् । उनीहरु व्यक्तिका हित र स्वार्थलाई नै प्रथामिकमा राख्छन् । यसरी राजनीतिक दर्शनको क्षेत्रमा पनि तीनैथरी दर्शनका आ–आफ्नै आदर्श शासनप्रणली ऐतिहासिक रुपमा विकसित भएका छन् । बहुलवादलाई हामीले रुप र सारमा हेर्न सक्छौं । सामन्तवादबाट पूँजीवादमा प्रवेश गर्दा जुन प्रगतिशिल भूमिका पुँजीवादीले खेलेका थियो, साम्राज्यवादमा फड्को हानेपछि पूँजीवादी हो , जसको चरम राजनीतिक रुप भनेको फासिवाद हो । फासिवादमा पतन भएपछि त्यो आफैंले पुर्पक्ष गर्दै  आएको बहुलवादलाई छाड.र एकमनावादमा पुग्दछ । साम्राज्यवादको अर्को विशेषता के पनि हो भने त्यसले शब्दमा उदारता, प्रजातन्त्र वा बहुलवादको पुर्पक्ष गर्दछ र कर्ममा चाहिँ चरम तानाशाहीको अभ्यासमा लाग्दछ । बहुलवादीहरुले रुपमा स्वतन्त्रताको कुरा गरे पनि सारमा पूरै तानाशाही लादेन् काम गर्दछन् । आफ्नो वर्गका लागि बहुलता र स्वतन्त्रता तर अर्को वर्गका लागि तानाशाही उनीहरुको चरित्र हुन्छ ।

दर्शनलाई पद्धति र विधिका हिसावले पनि हेर्नु जरुरी हुन्छ । आदर्शवाद, बहुलवाद र द्धन्द्धात्कम भौतिकवादका आ–आफ्ना विधि वा पद्धति हुन्छन् । आखर्शवादीहरुको एउटा ठुलो हिस्सा एकमनावादी वा अधिभूतवादी रहेको छ । उनीहरुले विपरित तत्वहरुलार्इ स्विकार्दैनन् । विपरित तत्वहरुका बीचमा सङ्घर्ष हुन्छ । भन्ने यर्थाथलाई पनि उनीहरुले अस्वीकार गर्छन् । उनीहरु जहाँसुकै एकतैएकता हुन्छ विरोधै हुदैन् भन्दर्छन् । दार्शनिक क्षेत्रमा विपरीत त्त्वहबरको अस्तित्व अस्वीकार गर्नेहरुलार्इ एकमनावादी भन्ने गरिनछ । बहुलवादले चाहीँ विपरीतहरुलाई त स्वीकार गर्दैन । बहुलवादीहरुका खृष्टिमा संसार बहुलैबहुल तथा विविधतैविधितामा आधारित हुन्छ । द्धन्द्धात्मक भौतिवादीहरु चाहीँ विपरीतहरुको एकत्वको मान्यतालाई स्वीकार गर्दछन् । तदनुसार विपरीतहरुको एकत्व भनेको एकता–सङ्घर्ष –रुपान्तर अर्थात नयाँ आधारमा नयाँ एकता हो। यहि पद्धतिको क्षेत्रमा  नैथरि दर्शनका तीन प्रकारका मान्यता देखापर्दछन् । बहुलवादको दार्शनिक मान्यता मूलतः मानसिक वा भौतिक अणु, परमाणु र कणहरुको बहुलतामा आधारित रहिआएको छ । उनीहरुको दृष्टिमा प्रत्येक अणु, परमाणु वा कणहरु निरपेक्ष रुपमा स्वतनत्र छन् र तिनैबाट संसार बनेको छ । उनीहरुको भनाइमा ती परमनणुहरुका बीच आङ्गिक एकता छैन । उनीहरुको यो सोच केवल विश्लेषणमा आभारित छ, संश्लेषणमा होइन । द्वन्द्वात्मक भौतिकवादले यो साचलाई पूरै परास्त गरेको छ ।

दर्शनको वैज्ञानिक विधि विश्लेषण मात्र होइन । द्वन्द्वात्मक एकत्वमा आधारित रहेको छ । बहुलवादले केवल विश्लेषण मात्रलाई पड्कने र संश्लेषणलाई परित्याग गर्ने गर्छ । यो अवैज्ञानिक तथा अधिभूतवादी चिन्तन हो । द्वन्द्वात्मक भौतिकवादको विपरीतहरको एकत्वको नियम विश्वको सार्वभौम नियम हो । यो विश्व देश र कालमा अवस्थित गतिशील पदार्थहरको समग्रहतामा आधारित छ । गतिशील पदार्थहरुका बीच एकता र सङ्द्धर्ष दुवै हुन्छ । लेनिनको भनाइअनुसार देश र कालमा अवस्थित पदार्थका विद्यमान गति भनेको अविच्छिन्नता (countinuity) र विच्छिन्नता (discontinuity) को एकता हो । गति भनेको अन्तविरोध हो र अन्तविरोधको एकता हो । यसरी हेर्दा अणु, परमाणु वा कणहरु गतिशील पदार्थका विविध रुप हुन् र ती परस्पर अन्योन्याश्रित रहेका हुन्छन् । विज्ञानले बहुलवाद होइन, द्वन्द्वात्मक भौतिकवादलाई साथ दिंदै आएको छ । यद्यपि कतिपय अवस्थामा बहुलवादीहरु विज्ञानलाई पनि आफ्नो पक्षमा उपयोग गर्ने कोसिस गर्दछन् । त्यो सदाका लागि सम्भव हुँदैन ।

भौतिक विज्ञानको क्षेत्रमा जब क्वान्टम सिद्धान्तको जन्म भयो र त्यसले प्रारम्भमा सबै चीज टुक्राटुक्रा अर्थात विभिन्न कणहरुमा विभाजित हुने कुरा बतायो, त्यो बेला बहुलवादीहरु अत्यन्तै खुसी भए । यसै गरी जब विज्ञानमा अनिश्चितताको सिद्धान्त विकसित भयो, त्यो बेला उनीहरुले अनिवार्यताको विरोधमा आकस्मिकताको पक्षपोषण गर्न थाले । परन्तु जब क्वान्टम यान्त्रिकीको थप विकास भयो, त्यो बेला के कुरा स्पष्ट भयो भने सूक्ष्म वस्तुहरु केवल कणहरु मात्रै होइन, कण र तरङ्गको द्वन्द्वात्मक सम्बन्धमा आधारित हुन्छन् । क्वान्टल यान्त्रिकीमा कण र तरङ्गको द्वन्द्वात्मक एकरुपताको अध्ययन गरिन्छ । त्यसले बहुलवाद होइन, भौतिकवादी द्वन्द्ववादको पुष्टि गर्दछ । वैज्ञानिक आइन्स्टाइनले एकीकृत क्षेत्रको सिद्धान्त (Unified Field Theory) प्रतिपादन गरे । यो सिद्धान्तमा उनले बहुलता हैन, एकरुपताको मान्यता प्रस्तुत गरेका छन् । सारा ब्रह्माणमा तारा, ग्रह, नक्षत्रसहित जुन अनेकौं पिण्डहरु छन्, ती आकर्षण र विकर्षणको द्वन्द्वात्मक मान्यताअनुरुप परस्पर अन्योन्याश्रित रहेका हुन्छन् ।

आखिर संसारको विविधतालाई आपसका एकरुपताले जोड्नैपर्छ । त्यसरी जोडिएन भने सारा दुनियाँ तथा ब्रह्माण्डमा भद्रगोल पैदा हुन्छ । के यो संसार हरेक वस्तु विच्छिन्न प्रवाहमय अर्थात् कण–तरङ्गमय छ । त्यो भनेको आकर्षण र विकर्षणको द्वन्द्वात्मक एकत्वको मान्यता हो । यसैगरी रसायनशास्त्रमा परमाणुहरुका बीचमा वियाजन र संयोजनको अध्ययन गरिन्छ । यो अध्ययनले पनि बहुलवादको खण्डन र द्वन्द्वात्मक भौतिकवादको पुष्टि गर्दछ ।

संविधानमा बहुलवाद किन नराख्ने ?
अहिले हामी संविधानसभामार्फत नयाँ संविधान निर्माणको क्रममा छौं । यतिबेला संबिधानमै ‘बहुलबाद’ शब्द राख्ने कि नराख्ने भन्ने छल्फल पनि चलिरहेको छ हाम्रो पार्टी एकीकृत नेकपा (माओबादी) ले संबिधानमा ‘बहुलवाद’ राख्न नमानेका कारण यो पार्टी बहुदलीय व्यवस्था, स्वतन्त्रता, लोकतन्त्र आदिका पक्षमा नै छैन भन्ने हिसावले गलत प्रचार पनि गरिएको छ । यसबारे स्पष्ट हुन जरुरी छ । अहिले हामी जुन संविधन बनाउन गइरहेका छौं, त्यो यथास्थितिवादी वा संसद्वादी संविधान होइन ।

अहिले हामीले बनाउन चाहेको संविधान जनताको सङ्घीय गणतन्त्रमा आधारित अग्रगामी एजम् प्रगतिशील संविधान हो । यस्तो संविधानमा सारमा वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक तथा जातव्यवस्थामा आधारित सबै समस्याको समाधान गरिन्छ । यहाँ यसप्रकारका सबै तह, तप्का तथा समुदायका जाताका आस्था र दृष्टिकोणलाई समेटिने काम हुन्छ । यो संविधान कुनै अतीतमुखी शक्ति र त्यसको दर्शनप्रति प्रतिबद्ध रहन सक्त्तैन । यो सबे सामन्तवाद–साम्राज्यवाद विरोधी शक्तिहरुको साझा अभिलेख हुनुपर्छ । त्यसमा कुनै एक पक्ष तथा वर्गको दर्शनलाई राख्ने र अर्को पक्षको दर्शालाई निषेध गर्नु ठीक हुँदैन । अहिले हामीकहाँ दुईथरि मान्यता र दर्शन मान्ने पक्ष छन्–एउटा, बहुदलीय संसदीय व्यवस्था मान्नेहरु छन्, जसले आफ्नो आस्था तथा आदर्शबमोजिम संविधानमै बहुलवाद राख्न चाहान्छने र दास्रो, द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद मान्नेहरु छन्, जसले संविधानमा बहुलवादलाई राख्न चाहँदैनन् ।

बहुलवाद एउटा दर्शन हो भन्ने माथि नै चर्चा गरिसकियो । अहिले हामीले के भोका छौं भने संविधानमा कसैका दर्शनलाई नराखौं । हामी बहुलवाद मान्दैनौं, हाम्रो दर्शन द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद हो । प्रश्न उठ्न सक्छ–संविधानमा द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई पनि किन नराख्ने त ? हामीले त अरु दलले जस्तो द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादीलाई संविधानमै राख्नुपर्छ भने र दाबी गरेका छैनौं । हाम्रो भनाइ संविधानमा कसैको पनि धर्म, दर्शन वा आस्थालाई नराखौं, सम्बन्धित सबैका साझा कुरा मात्रै राखौं भन्ने हो । आस्थाका सवालमा सम्बन्धित सबैलाई स्वतन्त्रता दिनुपर्छ । संविधानको तर्क पनि वैचारिक आस्थामा हस्तक्षेप पनि नपुयाउने भनेको हो । बहुलवाद मान्नुपर्छ भनेर संविधानमा राख्दा बहुलवाद नमान्नेको स्वतन्त्रतामा हस्तक्षेप हुन्छ र हामीले संविधानमा ‘बहुलबाद’ राख्न नमान्नुको प्रमुख कारण यही हो । साथै, बहुलवाद कुनै नयाँ र विज्ञानसम्त दर्शन पनि हाइन । अर्कोतिर, बहुलवाद नमानेकै कारण माओवादीहरु बहुदलीय व्यवस्था पनि मान्दैनन् भन्ने आरोप पनि लगाइने गरेको छ । हामी बहुदलीय व्ववस्था मान्दछौं । बहुदलीय व्यवस्था मान्नुको अर्थ बहुलवादीलाई नै मान्नुपर्छ भन्ने हुँदैन । हामीहरुको बीच फरकफरक दार्शनिक मान्यता छन् । नेपाली काङ्ग्रेस तथा एमालेहरु बहुलवादी दर्शनमा आधारित बहुदलीयता मान्दछन्, हामीहरु द्वन्द्वात्मक भौतिकवादी दर्शनद्वारा आलोकित बहुदलीय व्यवस्था मान्छौं ।

तसर्थ, हामीले जनताको साझा संविधान बनाऔं भनेका हौं । उनीहरु संसदीय व्यवस्था मान्नुपर्छ भन्छन्, हामी संसदीय व्यवस्था मान्दैनौं । सबैले संसदीय बहुदलीय व्यवस्था मान्छ भने त्यस्तो अवस्थामा पो बहुलवादलाई संविधानमा राख्नु ठिक हुन्छ त । अहिले त त्यस्तो स्थिति होइन । संविधानसभामा बहुलवादी र द्वन्द्वात्मक भौतिकवादी दुबैथरि को उपस्थिति भएकाले हामीले जनताको साझा संविधान बनाएर जानु नै उपयक्त हुन्छ भनेका हौं । संविधानमा ‘बहुलवाद’ राखियो भने त्यो हामी मान्दैनौं । हामी ‘द्वन्द्वात्मक भौतिकवाद’ राख्न दबाबमा ‘बहुलवाद’ स्विकार्ने पक्षमा पनि छैनौं बहुलवादकै सन्दर्भमा नेपाली राजनीतिमा अर्को एउटा भ्रम पनि छ । त्यो भ्रम भनेको नेकपा (एमाले) कम्युनिष्ट भएरै पनि बहुलवादको पक्षमा छ तर माओवादीले मात्रै किन विरोध गरेको भन्ने हो । मैले माथि युरो–कम्युनिज्मका बारेमा कुरा गरेको थिएँ । युरो–कम्यनिज्मले संसदीय व्यस्थालाई मानेका छ । त्यसले बहुलवाद र बहुदलीय व्यवस्थालाई स्विकारेको छ । एमाले त्यही युरो–कम्युनिज्मको नेपाली सन्तान मात्रै हो, द्वन्द्वात्मक भौतिकवादलाई मान्ने कम्युनिष्ट पार्टीले होइन । क्रान्तिकारी कम्युनिष्ट पार्टीले आफ्नो मार्गदर्शक सिदान्त बहुवाद हो भनेको अहिलेसम्म कहींकतै पनि देखिँदैन । मैले त माधवजी (माधव नेपाल) सँग पनि कुरा गरेँ, बहुलवाद के हो भन्नेबारे व्यवहारिक रुपमा बहस गर्नु पनि भों । एकैसाथ द्वन्द्वात्मक भौतिकवाद र बहुलवाद मान्ने कुरा दुनियाँमा कहीं हुन्छ ? यी मिल्दै नमिल्ने फरक दर्शन हुन्, आकाश र पातालको फरक छ यिनमा । यसर्थ, आफूलाई कम्युनिष्ट पार्टीको दाबी गरे पनि सिदान्ततः एमाले कम्युनिष्ट पार्टी नै हैन । बहुलवाद मानेकै कारणले पनि यसै कुराको पुष्टि हुन्छ ।

बहुदलीय व्यवस्था मान्नुपर्छ भन्नुको अर्थ बहुलवाद र संसद्वाद दुवैलाई मान्नुपर्छ भनेको होइन । यदि कुरा त्यही नै हो भने त्यो एकैसाथ यथास्थितिवादी र रुढीवादी चिन्तन हो । यो चिन्तनले लोकतन्त्रलाई सदाका लागि स्थिर मान्दछ । त्यसले लोकतन्त्रलाई नयाँ ढङ्गले विकसित तुल्याउन चाहेका छौं । लोकतन्त्रको अभ्यास गर्ने प्रक्रियामा रुस, पूर्वी युरोपलगायतका पुर्वसमाजवादी मुलुकमा पनि केही कमजोरी भए र विश्वका पुँजीवादी मुलुकहरुमा पनि संसदीष् व्यवस्था असफल बन्न पुग्यो त्यो स्थितिमा हामी यी दुवै प्रकारका कमजोरीलाई हटाउँदै एक्काइसौं शताब्दीमा जनवाद वा लोकतन्त्रको सिर्जनात्मक तथा मौलिकताको पक्षमा र सबैखाले स्थितिवाद तथा रुढीवादको विरोधमा छौं । संविधानमा ‘बहुलवाद’ नराख्दा कतिले के तर्क पनि गर्छन् भन्ने गरेको द्वन्द्वात्मक भौतिकवादी अद्वैतवाद सर्वसत्तावाद अर्थात् सर्वहारा अधिनायकतन्त्रको पक्षमा रहेको छ । हो, लोकतन्त्रको चरित्र वर्गीय हुन्छ । यस अर्थमा माओवादीले राज्यसत्तालाई वर्गीय अधिनायकत्वका रुपमा ग्रहण गर्दछ । साथै, ठीक त्यसै कारण कुरा के सत्य हो भने अमूर्त लोकतन्त्र, सबैका लागि लोकतन्त्र, संसदीय लोकतन्त्र वा बहुलवादी लोकतन्त्र पनि आफ्नो सारतत्वमा पुँजीवादी अभिनायकत्व नै हुन्छ । सर्वसत्तावादी कम्युनिष्टहरु होइनन्, बहुलवादका नाममा एकाधिकार पुँजीवादी सैन्यावादको
अभ्यास गर्ने साम्राज्यवादी तथा तिनका पक्षधर नै हुन् ।

विविधतामा एकरुपता नयाँ संविधान निर्माणकै क्रममा हामीले हाम्रो मौलिक पहिचान सहितको नयाँ संस्कृतिको आधार खाज्नुपर्छ । नेपाललाई हामीले बहुजातीय, बहुधार्मिक मुकुक भन्ने गरेका छौं । यही ‘बहु’ शब्द र पदावलीको प्रयोगलाई आधार मानेर एकथरीले नेपालमा बहुलवादी संस्कृतिमा विविधता छ, त्यो सत्य हो छ । विविधता मात्रै छैन, त्यसलाई जोड्ने एकरुपता पनि छ । एकातिर विविधताको पाटो छ, अर्कोतिर एकरुपताको पाटो । अहिलेसम्म गौण रुपमा राखेर एकमनावादी एकरुपतालाई बढी स्थान र महत्व दिइयो । खास अर्थमा त्यो सही एकरुपता पनि थिएन । जस्तो, पृथ्वीनारायण शाहको केन्द्रीकरणको प्रक्रियादेखि यता संस्कृतिको क्षेत्रमा एकमनावाद लागु गरियो ।

सांस्कृतिक एकरुपताका नाममा एक खस भाषा, एक हिन्दु धर्म र एक खस आर्य जातिलाई प्राथमिकतामा राखियो । नेपाली समाजमा भएका अरु विभिन्न किसिमका विविधतालाई यसले समेट्न सकेन । हामीले एकमनावादमा आधारित एकात्मकताको विरोध र सङ्घात्मकको पक्षमा लामो समयदेखि सङ्र्घष गर्दै आएका छौं । हामी नयाँ ढङ्गले राज्यको पुनःसंरचना भाषिक, जातीय,क्षेत्रीय तथा सांस्कृतिक विविधतामा आधारित रहेर हुन्छ । यसरी विविधतालाई स्वीकार गर्नु भनेको बहुलवादीहरुले भनेजस्तो सबै विविधता एकअर्कासँग एकदमै पृथक हुन्छ भन्ने होइन । त्यो विविधतालाई हामीले एकरुपताले जोड्नुपर्छ । मार्क्सवादीहरुले भन्ने गरेको विपरीतहरुको एकत्वको सिद्धान्त यही हो । कसैकसैले हामीलाई नै विखण्डनवादी भन्छन् । हामी विखण्डनवादी होइनौं, हामी विविभतामा एकरुपता खोज्नेहरु हौं ।

वास्तविक अर्थमा विखण्डनवादी त बहुलवादी नै हुन् किनभने उनीहरु विविधतामा एकरुपता हुन्छ भन्ने नै मान्दैनन् । यसले असलमाको विखण्डनवादी हो भन्ने प्रष्ट हुन्छ । नेपाली संस्कृतिमा भएका विविधतालाई एकरुपतामा आबद्ध गर्ने केही तत्व वा सूत्रहरु छन् । तीमध्ये पहिलो सूत्र हो जावाद । जब सबै वर्ग, समुदाय, जाति, क्षेत्र र लिङ्गका जनताले जनवादको उच्च अभ्यास गर्न पाउँछन्, त्यो बेला ती उत्पीडनबाट मुक्त हुन्छन् र एकअर्कासँग सुमधुर प्रकारको सम्बन्ध कायम गर्न दोस्रो तत्व राष्ट्रियता हो । राष्ट्रियता यस्तो तीज हो। जसले सबैलाई एउटै सूत्रमा आबद्व गर्दछ । राष्ट्रियताका पनि दुई रुप छन्–आन्तरिक राष्ट्रियता र बाह्य राष्ट्रियता । आन्तरिक राष्ट्रियतालाई मजबुत पारेर सामन्तवादको विरोध र बाह्य राष्ट्रियतालाई बलियो बनाएर साम्राज्यवाद÷विस्तारवादको प्रतिरोध गर्नुगर्छ । यी दुबैको विरोध गरेर नै सच्चा राष्ट्रियता स्थापित हुन्छ । यसैगरी विविधतामा एकरुपताको अर्के सूत्र हो वैज्ञानिक चिन्तन । सांस्कृतिक एमरुपताका लनगि हामीमा वैज्ञानिक चिन्तन हुनुपर्छ । यसका निम्ति हामीले आफूमा विद्यमान रुढीवादी, अन्धविश्वास, भाग्यवाद, कर्मवाद लगायतका सोचभन्दा भिन्न वैज्ञानिक चिन्तन अँगाल्न जरुरी छ । त्यसो भयो भने हामी एकअर्काको कदर गरेर जान सक्छौं ।

नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने नयाँ संसकृति हो । यही नै विविधतामा एकरुपता हो । सास्कृतिक क्षेत्रमा बहुविधतामा एकरुपता कायम गर्ने काम आदर्शवादी अद्वैतवाद र बहुलवादबाट होइन,द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी अद्वैतवादको आलोकबाट मात्र हुन सक्छ । यो कुरालाई गम्भीरतापूर्वक हृदयङ्गम गर्न जरुरी छ ।

Tuesday, March 22, 2011

पार्टी एकता र अन्तरपार्टी सङ्घर्षबारे


क.    प्रचण्ड, अध्यक्ष, एकीकृत नेकपा (माओवादी)
आज हाम्रो पार्टी वर्गसङ्घर्षको अत्यन्त गौरवशाली र चुनौतीपूर्ण स्थानमा आएको छ । पार्टीको विचार, नीति, योजना र कार्यक्रमको वैज्ञानिकता, सर्वहारावर्गप्रतिको अटुट निष्ठा एवम् श्रमजीवी जनसमुदायका हितका निम्ति जस्तोसुकै कठिनाइको सामना गर्न तथा बलिदान दिन पनि तयार रहने उच्च आर्दशयुक्त प्रतिबद्धताले नै हामीलाई आजको गौरवशाली स्थानसम्म ल्याइपुरयाएको हो । विश्वमा एउटा पनि वास्तविक समाजवादी संस्था नरहेको तथा चारैतिर साम्राज्यवाद विस्तारवादलगायतका प्रतिक्रियावादीहरुद्धारा घेरिएको आजको प्रतिकूल अन्र्तराष्ट्रिय परिस्थितिमा समेत मालेमावादको रक्षा, प्रयोग र विकासलाई सही ढङ्गले अगाडि बढाउन सक्नुमा नै हाम्रो आजसम्मको र भावी विजयको पनि ग्यारेण्टी अन्र्तनिहित रहेको छ । वर्गसंघर्षको विकासको नियमभन्दा अन्तरसङ्घर्षको बढी चुनौतीपूर्ण हुने कुरा निश्चित छ । वर्गसङ्घर्षको क्षेत्रमा आउने नयाँ–नयाँ चुनौतीसंगै पार्टीभित्र नयाँ–नयाँ विचारधारात्मक संघर्षको विकास हुनु हाम्रो इच्छाभन्दा स्वतन्त्र वस्तुगत नियम हो । जति–जति हामी केन्द्रीय सत्ता कब्जाको नजिक–नजिक पुग्दै जान्छौं, त्यति–त्यति विचारको विकास, पार्टीको सर्वहाराकरण र हाम्रो संगठन र कार्यशैलीमा क्रान्तिकारी रुपान्तणको आवश्यकता पर्दै जान्छ र साथै आमी जति–जति सत्ताको नजिक पुग्दै जान्छौ त्यति–त्यति बेला पार्टीमा व्यक्तिवादी अराजकता, नोकरशाही पदलोलुपता, अस्वस्थ प्रतिस्थपर्धा, क्षेत्रियता, अन्धजातियता जस्ता अनेक रुपमा विजातीयता प्रवृत्तिहरुले टाउको उठाउने खतरा पनि बढ्दै जान्छ । ठीक त्यसैकारण पार्टीभित्र विचारधारात्मक सङ्घर्ष शुद्धीकरणको महत्व पनि वर्गसङ्घर्षको विकाससँगै गुणात्मक रुपले बढ्न जान्छ र अतः वर्गसङ्घर्षका चुनौतीहरुको सामना गर्न विचारधारात्मक सङ्घर्ष र शुद्धीकरणको प्रक्रियालाई सही ढङ्गले अगाडि बढाउन सहयोग पुरयाउने उदेश्यले केन्द्रीय कार्यालयको तर्फबाट यो निर्देशिका जारी गरिएको छ ।

   (क) राजनैतिक पार्टीहरुको आवश्यकता समाजमा वर्गसङ्घर्षको विकाससँग अभिन्न रुपले जोडिएको छ । जबसम्म समाजमा राजनैतिक पार्टीको आवश्यकता रहन्छ र जबसम्म समाजमा राजनैतिक पार्टी रहन्छ, तबसम्म वर्गसङ्घर्षको प्रतिविम्बको रुपमा पार्टीभित्र विचारधारात्मक सङ्घर्ष पनि चलिरहन्छ । समाजमा वर्गसङ्घर्षको अन्त्यसँगै पार्टीभित्र अन्तरसङ्घर्षको पनि अन्त्य हुन्छ र त्यस स्वयम् राजनैतिक पार्टीको अस्तित्व पनि समाप्त हुन्छ । वर्गसङ्घर्ष र पार्टी रहँदासम्म विपरीतहरुका बीचमा सापेक्षित एकता र निरपेक्ष सङ्घर्ष कुनै पनि वस्तुको अस्तित्व विकास र विामसको कारण बन्ने भौतिकवादी द्वन्द्ववादको नियम पार्टीमा पनि स्वतः लागू भइरहन्छ । व्यकक्तिको मनोगत इच्छाबाट स्वतन्त्र यो वस्तुगत नियलाई प्रत्येक कम्युनिष्ट क्रान्तिकारीले सर्वप्रथम दह्रोसँग बुझ्न र आत्मासात् गर्न जरुरी छ ।

     (ख) निश्चित विचारधारा निश्चित पार्टीको पहिचान र सङ्गठानात्मक एकताको आधार हुने गर्दछ । तर एकपटक निश्चित विचार र त्यस आधारमा निर्मित पार्टी यान्त्रिक र जड्वत् रुपमा रहन सक्दैन र बरु वर्गसङघर्षको विकाससँगै अपरिहार्य विचारधारात्मक सङ्घर्षको बीचबाट विचारको विकास गर्दै नयाँ आधारमा नयाँ एकता हासिल गर्न कम्युनिष्ट क्रान्तिकारीहरु हमेशा सचेत र सक्रिय रहनु पर्दछ । विचारधारात्मक सङ्घर्ष नै पार्टी जीवनको आधार हो भन्ने वस्तुगत तथ्यलाई गहिरोसँग आत्मसात् नगरी कोही पनि वास्तविक अर्थमा द्वन्द्वात्मक भौतिकवादी बन्न सक्दैन ।

    (ग) पार्टीभित्र चल्ने सङ्घर्षको स्वरुप मित्रतापूर्ण र शज्ञुतापूर्ण दुई भिन्न प्रकृतिको हुनसक्छ । सामसन्यः मित्रतापूर्ण सङघर्षको समाधान बहस, छलफल, आत्मालोचना, आलोचा ्र सामान्य सङ्गठनात्मक अनुशासनको कार्वाही आदि विधिद्वारा अल गरिन्छ । त्यसरी एकता–सङ्घर्ष–रुपान्तरण हुँदै नयाँ आधारमा नयाँ एकता हासिल गरी अन्ततः मित्रतापूर्ण सङ्घर्षले पार्टीलाई सजीव र सकारात्मक रुपले अग्रगति प्रदान गरिरहेको हुन्छ ।

       जब आधारभूत विचारधारामा नै अन्तर पर्दछ, तब पार्टीभित्र सङ्घर्षको विकास हुन पुग्र्दछ । त्यो अवस्थामा दुई भिन्न विचारधाराको एउटै पार्टी रहन सक्दैन । त्यसप्रकारको शत्रुतापूर्ण अन्र्तविरोधको हलको समाधान अन्ततः एक वा अर्काको विचार पक्षको निष्काशन, विद्रोह वा फुटबाट हुने गर्दछ भन्ने तथ्यलाई पनि कम्युनिष्ट क्रान्तिकारीहरुले दह्रोसँग आत्मसात् गर्न सक्नुपर्दछ ।
तर यससन्र्दभमा विशेषरुपले सर्तक रहनुपर्ने दुई भिन्न विचालाबारे क्रान्तिकारीहरुको ध्यान गइरहनुपर्दछ । ती विचलन हुन्–मित्रतापूर्ण सङ्घर्षलाई नै शत्रुतापूर्ण सङ्घर्षका रुपमा बुझ्ने र हल गर्न खोज्ने मनोगत सङ्कीर्णतावादी विचलन एवम् शत्रुतापूर्ण सङ्घर्षका रुपमा बुझ्ने र हल गर्न खोज्ने मनोगत सम्झौतावादी वा अनुभववादी विचलन, यी दुबै विचलनले अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन र नेपालकै कम्युनिष्ट आन्दोलनमा पनि पार्टी र क्रान्तिलाई ठूलो क्षेति पुरयाउँदै आएका छन् । सम्झौतावादी विचलनले अन्ततः वर्गसमन्यपूर्ण दक्षिणपन्थी संशोधनवादतिर नै लैजान्छ भने सङ्कीर्णवादी विचलनले अन्ततः जडसूत्रीय संशोधनवादी विचलनतिर लैजान्छ । दक्षिणपन्थी संशोधनवादलाई मुख्य खतरा मान्दै जडसूत्रीय संशोधनवादका विरुद्ध पनि सङ्घर्ष गरिरहनु अहिलेको आवश्यकता हो । नेपालको यो सन्दर्भमा एमाले गुटले सम्झौतावादी दक्षिणपन्थी संशोधनवाद र मोहनविक्रम गुटले सङ्कीर्णवादी जडसूत्रीय संशोधनवादको पैतिनिधित्व गर्दै आएका छन् । यी दुवैरुपका संशोधनवादसँग निरन्तर सङ्घर्ष गरेर नै हाम्रो गौरवशाली पार्टीको विकास भएको तथ्य स्मरण गरिरहनुपर्दछ ।
(घ) अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन र नेपाली कम्युनिष्ट आन्दोलनका प्रचुर सकारात्मक र नकारात्मक अनुभवहरुबाट शिक्षा लिएर हाम्रो पार्टीले अन्तरपार्टी सङ्घर्षलाई सही र वैज्ञानिक ढङ्गले हल गर्ने विधिको विकास गर्दै आएको छ । हालै सम्पन्न पार्टी केन्द्रीय समितिको पीवीको बैठकले २१ औं शताब्दीमा जनवादको विकास सम्बन्धीप्रस्तावको मर्मअनुसार खुल्ला र स्पष्ट बहसद्वारा अन्तरसङ्घर्ष सञ्चालन गर्ने विधिलाई नयाँ उचाइमा उठाएको छ । हालै हाम्रो पार्टी केन्द्रमा विकास भएको अन्तरविरोध शत्रुतापूर्ण नभएर मित्रतापूर्ण अन्तरविरोधको सीमाभित्र रहेकाले यसलाई एकता–सङ्घषर््ा–रुपान्तरणको विधिद्वारा हल गरी नयाँ एकता कायम गर्न पीवीले अनवश्यक निर्णय लिएको छ ।
राजनैतिक प्रत्याक्रमणसँग जोडिएको विचारको विकास सङ्गठनात्मक कार्यशैलीमा क्रान्तिकारी रुपान्तरणको आवश्यकताभन्दा बाहिर गएको यो अन्तरविरोधलाई व्यक्तिगत आग्रह–पूर्वाग्रह पा जित–हारको मानिसबाट बुझ्नु ठूलो गल्ती हुनेछ ।अलिकति अन्तरविरोध देखिने वित्तिकै दायाँ वा बायाँ तन्काउँदै लगेर गुट र फुटको सङ्घारमा पुरयाइहाल्ने नेपाली कम्युनिष्ट आन्दोलनको नकारात्मक विरासतबाट मुक्त रहँदै विचारकेन्द्रित बहसद्वारा सिङ्गो पार्टी माथि उठाउन क्रान्तिकारीहरुले पनि मेहनत गर्नुपर्दछ । अभिव्यक्तिमा स्वतन्त्रता र  काम–कार्वाहीमा एकरुपताको लेनिनवादी सङ्गठनात्मक सिद्धान्तलाई महान सर्वहारा सांस्कृतिक क्रान्तिका तीन गर र तीन नगरको सिद्धान्त एवं हाम्रो पार्टीको जनवादसम्बन्धि प्रस्तावको मर्मसँगसँगै समयजन (फ्यूजन) गरेर पार्टी जीवनलाई नवीन गति प्रदान गर्न प्रत्येक पार्टी सदस्यले एतिहासिक जिम्मेवारीबोधको साथ पहल लिन आवश्यक छ ।





    

Thursday, March 10, 2011

नारीहरूलार्इ केहि पुरूष प्रश्नहरू???



नीराजन शिरीष ।
मंगलबार दिनभरजसो देशका सडकहरूमा नारी आवाज एकसाथ घन्केका थिए होला । गगनभेदी नाराहरू, सडकभर नारीहरू र हातमा थुप्रै प्लेकार्डहरू यस्तै हुनुपर्छ आज दिनभरको बस्तुस्थिती । कतिपय नारी उत्थानका लागि भनि खोलिएका संघसंस्थाहरूले त विशेष रकम खर्च गरेर विशेष खालकै कार्यक्रमहरू पनि गरे होलान । नगरून पनि किन ? आखिर वर्षमा एकपटक आउने विशेष दिन जो पर्यो । र, सायद यतिखेर त नेपालका सडकहरू शुन्य पनि भैसके होलान् । 


सडकमा पुगेर नारी अधिकारका बारेमा चर्का चर्का नारा लगाएर घर फर्केका आमा, दिदीबैनी, भाउजु, फुपु र श्रीमतीहरू थकित थकित र चकित चकित भएर निदार्इसके पनि होलान । तथापि मेरो मनोकामना ननिदाओस् उनीहरूको नारी उन्मुक्तिको अभिलाषा, नथाकोस् पुरूष बराबर महिलाहरू पनि हुन भन्ने उनीहरूको चेतना भन्ने नै हो । 

एउटी नारी आमा पनि हुन् र जीवन संगिनी पनि । यस अर्थमा मैले लेख्नुपर्छ नारी दिवसको पावन घडिमा मेरी आमा सडक सम्म पुगिन होला र मेरी श्रीमतीले पनि सायद नारी अधिकार, नारीको स्वाभिमानप्रतिको सम्मान र पुरूष बराबरको हकहित र सामाजिक सम्मानको ग्यारेन्टीका प्लेकार्डहरू बोकिन होला । दिनभर कार्यक्रममा ब्यस्त भएको हुनुपर्छ  मेरा आमा र श्रीमती ।


यसो गरिरहँदा उनीहरूको चेतनाले बर्षौदेखि समाजमा ब्याप्त नारीका बिरूद्द नारीबाटै हुने विविध अवरोध, झालझेल र कुसंस्कृत धारणाहरूमा परिवर्तनका लागि हामीबाटै पहलकदमी लिनुपर्छ भन्ने दिव्य चेतना आयो होला या छैन । मलार्इ आश्चर्य लागिरहेछ ! 

जति नै धेरै नारी उन्मुक्तिका नाराहरू लगाए पनि, पुरूष बराबरको हकहितका लागि सडकसम्म ओर्ले पनि जबसम्मएउटी आमाले आफ्नो छोरा भन्दा छोरीको उपस्थितीलार्इ बढ्ता महत्व दिन्ने, जहिले सम्म एउटी सासुले आफ्नी बुहारीप्रति छोरीको र बुहारीले सासुलार्इ आफ्नी आमा बराबरको माया,सम्मान र सदभाव राख्न सक्दिने तबसम्म नारी उन्मुक्तिका लागि गरिने पहलहरू सार्थक हुन सक्दैन ।


तसर्थः यस घडिमा हामीले एउटी नारी पछि पर्नुको  खास र महत्वपूर्ण कारण अर्की नारी भएको सन्दर्भलार्इ बिर्सनु हुँदैन । सत्य कुरा लेख्दा धेरैलार्इ नमीठो लाग्न सक्छ । तर जति नै नमीठो भए पनि सत्यलार्इ स्वीकार गर्नु सबैको कर्तब्य हुन आउँछ ।

नारी उन्मुक्तिको विषय उठाउँदा बित्तिकै सबभन्दा पहिले एउटी नारीका विषयमा अर्की नारीले सोच्ने बिषयलार्इ प्राथमिकताकासाथ हेर्नु पर्ने हुन्छ । एक नारीले अर्को नारीका विषयमा सोच्ने सोचार्इमा परिवर्तन ल्याउन सकियो भने मात्र मान्न सकिन्छ कि अब साँच्चिकै नारी उन्मुक्तिको अभियानले ठिक गति पक्डिन सकेको छ । 


हामीले एकपटक हाम्रो सोच कस्तो छ भनेर पुनरावलोकन गर्नु अपरिहार्य छ । जस्तो कि सडकमा एउटी युवती स्कर्ट लगाएर हिडेको देखियो भने सबभन्दा पहिला अधबैशें नारीहरू नै जिब्रो टोक्न पुग्छन् । र, टिप्पणी गरिहाल्छन् – 'छिः कस्ती बेशुली रैछे मोरी ! कसकी छोरी होली ? मेरी छोरी यस्तरी हिड्थी भने त त्यसका जगल्टा गोड्दिन्थेँ !' अब यस्ता सोचबाट गुज्रिएका बग्रेल्ती महिलाहरूको बिचबाट नारी उन्मुक्तिका कुराहरू उठ्दा खेरी ती हाँस्यास्पद लाग्दैन त ? 


हाम्रो यस्तो समाज छ, जहाँ एउटी नारीले आफूलार्इ सजिलो लाग्ने पहिरन लगाउनका लागि मात्र सयौपल्ट सोच्नु पर्छ । टिप्पणी सुन्नुपर्छ । छोराले रफ पंक पोशाक लगाएको प्रति कसैले प्रश्न उठाउँदा जबाफ दिन्छन् आमाहरू – खै, भनेको हो मान्देन् ! तैपनि के भयो र ? छोरो हो लाउँछ त के भयो ? छोरीले पो लोकलाज ख्याल गर्नु पर्यो ! अनि मलार्इ प्रश्न गर्न मन लाग्छ, किन एउटी आमाले आफ्नी छोरीलार्इ सहज हुने पहिरन लगाउने वातावरण निर्माण गर्ने साहस गर्न सक्दिनन् ? जवाफ स्वभाविक हुन सक्छ - सामाजिक मूल्य मान्यताको ख्याल गर्नु पर्ने हुन्छ, र एउटी आमाले आफ्नी छोरीलार्इ सामाजिक मूल्य मान्यताका बारेमा शिक्षित बनाउनु उसको कर्तब्य हुन्छ ।


उसोभए सामाजिक मूल्य मान्यताका नाममा नारीहरूलार्इ लगाइएका कठोर अनुशासनका साङ्लोबाट आफ्नी छोरीको मुक्तिको लागि आमाले कुनै भूमिका नखेल्ने त ? सोच्ने बेला आएको छ ।


घरका नियमित कामहरूमा परम्पराका नाममा किन छोरीहरूलार्इ मात्र जिम्मेवार बनाउन चाहन्छन् आमाहरू ? छिमेकीले आफ्नी छोरीले खाना पकाउन नजानेको कुरा बताउँदा, ओठ लेप्राउँदै 'छोरी भएर पनि खाना पकाउन नआउने ! किन नसिकाएको नी ?' भनि टिप्पणी नगर्ने वातावरण कहिले बन्ला ? आफ्ना छोरीलार्इ आत्मनिर्भर हुनका लागि कहिलेदेखि प्रेरित गर्लान हाम्रा आमाहरू ? आफ्नो पहिलो सन्तान जे भए पनि राम्रै होस्, स्वस्थ होस् भन्ने सोच कहिले आउँला हाम्रा गर्भवतीहरूमा ? कहिले अन्त्य होला छोरा जन्माउने अपेक्षामा गणेशपुराण लगाउने हाम्रो परम्परा ? बुहारी पनि छोरी नै हुन भन्ने सोच कहिलेदेखि संस्थागत होला हाम्रो समाजमा ?

तसर्थः हामीहरूले जहिलेदेखि हाम्रा गलत अभ्यासहरू हटाउनका लागि आफूले नै कम्मर कस्न थाल्छौं, त्यो दिनदेखि बल्ल हामी निश्चिन्त रहन सक्छौं, कि आउने दिनहरूमा हाम्रा छोरीहरूले पनि छोराहरूले जस्तै आफ्नो भविष्य निर्माणको मुक्त आकाशमा पखेटा फट्फटाउने छन ।


हामीले बिर्सन नहुने कुरा के हो भने, बोलार्इ र गरार्इमा जहिलेसम्म हामीले सामञ्जस्यता कायम गर्न सक्दैनौं त्यहिले सम्म हाम्रा सबै योजनाहरू मीठा र आकर्षक सपनाहरू बाहेक केहि होइनन् ! जय नारी दिवस !