रोशन लामिछाने चैत्र ८ स्याङ्गजा ।
स्याङ्गजाको केवारे भन्याङ्ग ४ विरुवामा आज ग १ ज नम्वरको जिप दुर्घटना हुदा घटना स्थलमै चार जनाको मृत्यु भएको छ भने १६ जना घाईते भएका छन् । मृत्युहुनेहरुमा कुवाकोट ३ का ५५ वर्षीय तुलसीराम उपाध्याय, कुवाकोट ५ का ३८ वर्षीय उदय वहादुर सिजाली, कुवाकोट १ की लक्ष्मी थापा र कुवाकोट १ की ६० वर्षीय वृद्धाको नाम नखुलेको वडा प्रहरी कार्यलय वालिङ्गले जनाएको छ । कुवाको टवाट वालिङ्गको लागि छुछेको जिप सडकवाट १ सय मिटर तल खसेको थियो । जिपमा सवार सवै घाईते भएको र चार जनाको स्थीति गम्भीर रहेको प्रहरीले वताएको छ । घाईतेहरुको वालिङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारभइरहेको छ ।
No comments:
Post a Comment