लमजुङको पहिलो सामुदायिक रेडियो मस्र्याङदीले संचालन गरेको अनलाईन सेवाबाट जिल्लाको गतिविधि विदेशमा बसेर सुन्न पाएकोमा इजरायलबाट लमजुङकै एक चेलीले रेडियो मस्र्याङदीलाई आर्थिक सहयोग गर्नु भएको छ । भुलभुले ७ उस्ता स्थायी घर भएकी समिक्षा गुरुङले आफ्नो वुवा मुन्द्रा गुरुङको नाममा इजरायलबाट १० हजार १ रुपैयाँ सहयोग स्वरुप प्रदान गर्नुभएको हो । सो सहयोग रकम गुरुङकी श्रीमान् हेमराज गुरुङले रेडियो मस्र्याङ्दीका निर्देशक मिना गुरुङ र स्टेशन म्यानेजर प्रेमकुमारी घले लाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको छ । रकम हस्तान्तरण गर्दै हेमराजले रेडियोले अनलाइन सेवा प्रदान गरेको भन्दै रेडियो मस्र्याङदी परिवार धन्यवाद ज्ञापन समेत गरेको छ । सहयोग प्रति रेडियो मस्र्याङ्दी परिवारले सहयोगका लागी आभार व्यक्त गरेको छ । दुई महिना अगाडी देखि रेडियोले शुुरु गरेको अनलाईन सेवाबाट विदेशमा रहेका लमजुङे तथा अन्य जिल्लाबासीले ईन्टरनेट मार्फत देश विदेशका खबर सहित स्थानिय गतिविधिहरु र मनोरञ्न तथा सचेनामुलक कार्यक्रमहरु प्रत्यक्ष सुन्ने अबसर पाएका छन् । रेडियो मस्र्याङ्दी अनलाइन सेवाबाट जिल्लको खवर प्रत्यक्ष सुन्न पाएको भन्दै जिल्ला वाहिर रहेका तथा विदेशमा रहेका लमजुङेहरुले रेडियो मस्र्याङ्दी प्रति आभार समेत प्रकट गर्दै आएका छन् । रेडियो मस्र्याङ्दी ९५ मेजाहर्ज र अनलाईन सेवा http://www.radiomarsyangdi.org/ मार्फत संसारभर सुन्न सकिन्छ ।
र, लमजुङ सदरमुकाम वेसिशहरमा सञ्चालन भइरहेको आदिबासी जनजाति साँस्कृतिक महोत्सवको आज अन्तिम दिन पनि दर्शकहरुको उल्लेख्य सहभागिता रहेको छ । महोत्सबमा अहिले सम्म एक लाख भन्दा वढी दर्शले अवलोकन गरेको र २ करोड भन्दा वढी आर्थिक कारोवार भएको आयोजकले दाबी गरेको छ ।

No comments:
Post a Comment