हिम नाथ दवाडी
चैत ८ काठमाडौं। नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ तथा नेपाल पर्वतारोहण संघद्धारा संयुक्त रुपमा सञ्चालिते “Fourth Aspirant Guide and Second Mountain Guide Course 2010|11” सम्पन्न भएको छ । १६ डिसेम्बर २०१० देखि फेबु्रवरी २४ २०११ सम्म सञ्चालन भएको उक्त तालिममा १५ जना प्रशिक्षार्थी सहाभागी रहेको हालै राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संस्थाले बताएको छ ।
पर्वतारोहण क्षेत्रमा सक्रिय व्यतिmहरुद्धारा सञ्चालित उक्त संस्था अन्तर्राष्ट्रिय स्तरको पर्वतारोहण पथ प्रदर्शक नेपालमा नै उत्पादन गरी पर्वतारोहण क्षेत्रमा विशेष सहयोग पु¥याइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बलियो आधार बनाई अगाडि बढ्नुको साथै केही बर्ष भित्रै अन्तर्राष्ट्रियता सदस्य प्राप्त गर्नु रहेको संस्थाका अध्यक्ष सुनार वावु गुरुङ्गले बताउनुभयो । सो सदस्यता प्राप्त भएमा एसियामानै जापान पछि नेपाल दोस्रो सदस्य राष्ट्र हुनेछ ।
अन्नपूर्ण, लाङ्गटाङ्ग, खुम्बु, यालापीक लगायतका ठाँउमा आइस, रकक्लाइम्बिङ्ग, डोरी, उद्धार आदि तालिम दिएको र तालिमको सिलसिलामा फ्रान्स र स्लोभेनियाले संस्थालाई निरन्तर सहयोग गरेको गुरुङ्गले जानकारी दिनुभयो ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष जिम्बाजाम्बु शेर्पाले पर्वतारोहण क्षेत्रमा अगाडि बढ्न खोज्ने व्यक्तिलाई तालिम दिनुपर्नेमा जोड दिदैँ यो तालिम सफलतापूर्ण सम्पन्न गरेकोमा सहभागीलाई धन्यवाद दिनुभयो । त्यस्तै हिमाली क्षेत्रले देशको आर्थिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेकाले यस क्षेत्रमा नेपाल सरकारले निरन्तर सहयोग गर्ने पर्यटन ततथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रञ्जन कृष्ण अर्यालले बताउनुभयो ।
No comments:
Post a Comment