गोरखा संवाददाता फागुन १ गोरखा ।
विविध कार्यक्रम गरी एकीकृत नेकपा माओवादीले १६ औँ जनयुद्ध दिबस मनाएको छ । २०५२ साल फागुन १ गते जनयुद्ध सुरु भएको सम्झनामा माओवादीले आजको दिनलाई जनयुद्ध दिबसको रुपमा मनाउँदै आएको छ । माओवादीले आज गोरखा जिल्लाका विविद्य कार्यक्रमहरुको आयोजना गरी दिबस मनाएको हो ।
यस अवसर एकीकृत माओवादीले आज सदरमुकामको जिविस हलमा शुभकामना आदान
प्रदान तथ चियापान कार्यक्रम गरेको थियो । कार्यक्रममा माओवादीका जिल्ला इन्चार्ज कृष्ण धिताल विजयले मन्तव्य राख्दै भन्नु भयो शान्ति र संविधानलाई टुङ्गोमा पूर्याउन राष्ट्रवादी शक्तिहरु एकजुट हुनुपर्छ । धितालले जनयुद्धले नै राजतन्त्रको अन्त्य गरको ठोकुवा गर्दै भन्नुभयो । सहिद र बेपत्ताहरुले गर्दा आज मुलुकमा परिवर्तन सम्भव भएको हो उँहाको भनाई थियो । मुलुकमा शान्ति प्रक्रिया र संविधान लेखन कार्य पूरा नभए संकट पैदा हुन्छ धितालले भन्नुभयो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद वाग्लेले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु सहिद तथा बेपत्ता परिवार, बुद्धिजिवी, नागरिक समाजका प्रतिनिधी पत्रकार लगायतको उपस्थिति रहको थियो ।

त्यस्तै सदरमुकामको लोकतान्त्रिक चोकमा भएको कोण सभालाई एकीकृत नेकपा माओवादीका जिल्ला सचिव चुडामणी खड्का प्रकाशले सम्बोधन गर्नु भएको थियो । कोणसभा बोल्दै सचिव खड्काले पूरानो राज्य सत्तालाई अन्तिम धक्का दिनका लागि एकजुट हुन आग्रह गर्नुभएको थियो । नेकपा एमाले संग भएको सात बुँदे सहमतिले राष्ट्रिय स्वाधिनता कायम गरेको छ भन्दै उहाँले भन्नु भयो उक्त सहमति कार्यान्वयन हुन नदिए जनविद्रोहको नेतृत्व माओवादीले गरेर अघि बढ्ने छ । १६ औँ जनयुद्ध दिबसकै अवसरमा आज वाईसिएल गोरखाले गोरखा सदरमुकाम सरसफाई गरेको छ वाईसिएल कार्यकर्ताहरुले आज सदरमुकामको हरमटारी देखि बसपार्क सम्मको क्षेत्रमा सरसफाई गरेको थियो । सरसफाई पछि आयोजित कोण सभामा वाईसिएलका नगर अध्यक्ष दिनेश तमुले मन्तव्य राख्नु भएको थियो । दिवसकै अवसरमा माओवादीका भातृ संगठन तथा माओवादी निकट संघ संस्थाले विज्ञप्ति प्रकाशित गरेका छन् । संयुक्त जनआन्दोलन समिति, तमु राष्ट्रिय मुक्ति मोर्चा, अखिल क्रान्तिकारी लगायत संगठनले विज्ञप्ति प्रकाशित गरी जनयुद्धको अवसरमा जिल्लाबासीलाई शुभकामना दिएका छन् ।
No comments:
Post a Comment