फागुन १ काठमाडौं । आज १० औं जनमुक्ति सेना दिवस पनि परेको छ । आज ५ वटै डिभिजन र बिग्रडहरुमा विविध कार्यक्रम गरी जनमुक्ति सेना दिवस मनाउन लागेको माओवादी लडाकुको मुख्यालय शक्तिखोरले जनाएको छ । सरकार अन्र्तगतको विषेश समितिमा आएका लडाकुले पार्टीका नेताहरुको उपस्थिति
विना विभिन्न खेलकुद कार्यक्रम गर्ने र शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको पनि मुख्यालयले जनाएको छ ।
विना विभिन्न खेलकुद कार्यक्रम गर्ने र शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको पनि मुख्यालयले जनाएको छ ।
तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गते राती रोल्पाको होलेरी प्रहरी चौकी, सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी र रुकुमको राडीज्यूलार्इ प्रहरी चौकीमा एकैपटक कब्जा गर्दै सशस्त्र विद्रोहको घोषणा गरेको थियो । त्यति बेला गाउँगाउँबाट युवाहरुले जनमिलिसियामा आवद्ध भएर छापामार युद्ध
लडेका थिए । सुरुमा जनमिलिसिया निर्माण गरेको माओवादीले छापामार दल हुँदै डिभिजन
स्तरको जनमुक्ति सेना निर्माण गरेको छ ।
लडेका थिए । सुरुमा जनमिलिसिया निर्माण गरेको माओवादीले छापामार दल हुँदै डिभिजन
स्तरको जनमुक्ति सेना निर्माण गरेको छ ।
आज १० औं जनमुक्ति सेना दिवस रोल्पाको दहवन र आसपासका ४ वटा विग्रेडमा पनि शुभकामना आदान प्रदान तथा विविध खेलकुदा र मनोरन्जनात्मक कार्यक्रम गरी मनाइदै छ । त्यसैगरी ५ औ डिभिजन मुख्यालय दहबन रोल्पामा आज एक कार्यक्रमको आयोजना गरी डिभिजन कमान्डर सुनिल लगाएतका एक सय बढी शहिद पत्निहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको दिर्घस्मृति विग्रेड सक्रामका विग्रेड सहायक कमान्डर सविनले जानकारी दिनुभयो ।
No comments:
Post a Comment