Monday, February 14, 2011

खाना महोत्सव दोस्रो दिन पनि जारी


विनोद शर्मा फागुन २ नवलपरासी ।
चितवनको सौराहामा हिजोदेखि सुरु भएको पाँचौ सौराहा फुड फेस्टिवल आज पनि जारी रहेको छ । आन्तरिक पर्यटनको प्रवद्र्धनका लागि फुड फेस्टिवल आयोजना गरिएको आयोजक नेपाल रेष्टुरेन्ट एण्ड वार एशोेसिएसन सौराहाका अध्यक्ष पुरुषोत्तम श्रेष्ठले बताउनुभयो । प्रेम दिवसको दिन भएकोले आज फेस्ठिबलमा युवायुवतीको उल्लेख्य सहभागिता हुने आयोजकले दावी गरेको छ । भोलिसम्म चल्ने फेस्टिवलमा ३५ वटा स्टल रहेको आयोजकले जनाएको छ । भ्यालेन्टाइन्स डेको अवसरमा चितवनको सौराहामा आउने पर्यटकलाई ३० प्रतिशत छुटको व्यवस्था यहाँका व्यवसायीहरुले गरेका छन् । उनीहरुले पर्यटकको बसाइ लम्ब्याउन यसरी छुटको व्यवस्था गरेको बताएका छन् । खाना महोत्सवमा नेपाली मौलिक खानासँगै थारुको खाना, ब्राम्हण खाना तथा विभिन्न मौलिक संस्कृति प्रदर्शन गरिएको छ ।

No comments:

Post a Comment