Monday, April 11, 2011

हुरीबतास संगै परको चट्याङको कारण बिजुलीको मिटर पड्किदा एक महिलाको मृत्यु

कूल तामाङ् 
  चैत्र २८ धादिङ। धादिङ जिल्लाको गोगनपानीमा हिजो साझ हुरीबतास संगै परको चट्याङको कारण घरमा राखिएको विजुलीको मिटर पड्किदा एक महिलाको मृत्यु भएको छ ।

गोगनपानी गाविस वडा नंं २ की ३० बर्षिय राधिका थापाको चट्याङको कारण बढी भोल्टेसको करेन्ट आई घरको मिटरबक्स पड्किदा घटनास्थलमै मृत्यु भएको स्थानीय श्यामलाल श्रेष्ठले बताउनुभयो । चट्याङको कारण गाउका एक दर्जन भन्दा बढी मिटर पड्किएको छ भने सोही वडाकी कान्छी वाग्ले घाइते हुनु भएको छ । घाइतेको काठमाडौको एक अस्पतालमा उपचार भईरहेको छ ।

No comments:

Post a Comment