Saturday, April 9, 2011

अब बन्ने संविधानमा प्रत्येक नागरिकको हक अधिकार सुनिश्चित हुनुपर्नेमा जोड

चैत  २६ सिन्धुपाल्चोक। नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले अब बन्ने संविधानमा प्रत्येक नागरिकको हक अधिकार सुनिश्चित भएको हुनुपर्ने बताउनुभएको छ ।


सिन्धुपाल्चोकको टेकनपुर गाविसस्थित कालिका उच्चमाविको ४४ औं वार्षिकोत्सवको उद्घाटन समारोहमा बोल्दै नेता सिटौलाले राष्ट्रभन्दा दल ठूलो नहुने उल्लेख गर्दै देश र जनतामाथि धोका दिने कसैलाई पनि जनताले माफी दिन हुँदैन भन्नुभयो । 

सो अवसरमा उहाँले जिल्लास्तरीय भलिबल प्रतियोगिताको फाइनलमा प्रथम र दोस्रो हुने समूहलाई नगद तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

No comments:

Post a Comment