Tuesday, April 5, 2011

चितवन राष्ट्रिय निकुञ्जमा सुनाचुरी प्रवेशद्वारबाट गैडा गणना सुरु


 चैत २२ चितवन।  चितवन राष्टिय निकुञ्जमा आजदेखि गैंडा गणना सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जलाई १८ ब्लब वनाएर गैडा गणना गरीएको र १८ दिनसम्म गणना कार्य जारी रहने जैविक विविधता संरक्षण सुविधा कोषका सहायक लेखापाल यज्ञ काफ्लेले जानकारी दिनुभयो । विश्व वन्य जन्तु कोष, राष्टिय प्राकृतिक संरक्षण कोष र चितवन राष्टिय निकुञ्जका प्रविधिकहरुको टोलीले गणनाको कार्य सुरु गरेको हो । १३० जना प्रविधिक रहेको टोलीको नेतृत्व नरेन्द्र वाबु मान प्रधानले गर्नुभएको छ । 

आजको पहिलो दिनको गणनाका कार्य सुनाचुरी प्रवेशद्धारा वाट गरीएको छ । गणना गर्दा गैडा नदोहोरीयोस भनेर दुर्बिन, क्यामरा र जिपिएस जस्ता आधुनीक उपकरणको प्रयोग गरीएको सहायक लेखापाल यज्ञ काफ्लेले जानकारी दिनुभएकोे छ । यसअधि सन् २००८ मा भएको गणनामा चितवन निकुञ्जमा ४ सय ८ वटा गैडा रहेको थियो भने सन् २००० मा भएको गणनामा ५ सय ४४ वटा गैडा रहेको तथ्याङकमा उल्लेखल छ । 

विश्ववाटै लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्य जन्तु एकसिंगे गैडाको मुख्य बासस्थान नेपाल र भारत हो । नेपालमा चितवन राष्ट्रिय निकुञ्ज प्रमुख बासस्थानमा पर्दछ ।

No comments:

Post a Comment