Tuesday, April 5, 2011

पाल्पामा कुरिलोको व्यवसायिक खेती

चैत २२  पाल्पा। पाल्पा जिल्लामा नेपालमै पहिलो पटक, वनजंगलमा पाइने कुरिलोको व्यवसायिक खेती शुरु भएको छ । जंगलमा पाइने कुरिलोको जरा खुवाएमा गाईवस्तुको दूध बढ्ने भन्दै किसानहरुले प्रयोग गर्ने भएपनि अन्य प्रयोजन र महत्वपूर्ण जडिबुटीका रुपमा पर्दछ ।

हिन्दु धर्मावलम्बीहरुले वर्षको एकपटक भलायोको पातसँगै पूजा गरी घरको धुरीमा राख्ने प्रचलन समेत रहेको कुरिलोको पाल्पा गोठादीका किसानहरुले ब्यवसायिक रुपमा नै खेती गर्न शुरु गरेका हुन् । गोठादी गाविसको ८ र ९ नम्बर वडामा केही वर्षअघिदेखि कुरिलोको खेती व्यवसायिक रुपमा नै शुरु गरिएको स्थानीय मनकुमार रेश्मीले बताउनुभयो । 

अहिले त्यही ठाउँमा स्थानीय ग्रामिण युवा क्लबले पनि कुरिलो खेती गरेको क्लबका सचीव जीवन थापाले बताउनुयभो । एक बोटमा मात्रै एक धार्नी बढी जरा निकालेर बेच्न सकिने कुरिलो गाउँमा नै ४ सय ५० रुपैंयाँ प्रतिकिलोको दरले बिक्री भइरहेको गोठादी ८ दमारका कालुराम सारुले भन्नुभयो ।

 कुरिलोको महत्व अझ धेरै हुने भएपनि यसको अन्य महत्वबारेमा भने किसानलाई जानकारी नभएको जिल्ला कृषि विकास कार्यालय पाल्पाका वरिष्ठ कृषि विकास अधिकृत रेवतीरमण पौडेलले बताउनुभयो ।

No comments:

Post a Comment