चैत २२ रामेछाप। नेपाल पत्रकार महासंघका अध्यक्ष धमेन्द्र झाले पत्रकारहरुले समाजले औंलो आपूmतिर सोभ्mयाउने गरी काम गर्न नहुने बताउनु भएको छ । जुनदिन समाजले पत्रकारतिर औंला सोभ्mयाउँछन् त्यो दिन त्यस्ता पत्रकारहरु पत्रकारिता समाप्त हुने उहाँले बताउनुभयो ।
रामेछाप सदरमुकाम मन्थलीमा पुग्नुभएका झाले प्रेस काउन्सिल नेपालको आयोजना र पत्रकार महासंघ शाखा रामेछापको सह–आयोजनामा भएको व्यवसायिक पत्रकारिता र आचारसंहिता कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रममा झाले प्रत्येक व्यवसायिक पत्रकारिताभित्र पनि

मिसन पत्रकारीता हुने बताउँदै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु यतिबेलाको मिसन पत्रकारिता भएको उहाँको भनाई छ ।
त्यस्तै कार्यक्रममा क्रान्तिकारी पत्रकार संघका केन्द्रीय अध्यक्ष महेश्वर दाहालले नेपालको संक्रमणकाली अवस्थामा सञ्चार माध्यमहरुको दुरुपयोग भयो भने राज्यलाई ठूलो क्षति पुग्ने भएकोले अहिलेको पत्रकारिता शान्ति र संविधानको लागि हुनुपर्नेमा जोड दिनुभयो । जीविकोपार्जनको लागि गरिने पत्रकारिता कहिले पनि स्वतन्त्र नहुने भएकोले पत्रकारहरुले राष्ट्र र जनताको लागि कलम चलाउनु पर्ने उहाँले बताउनुभयो । अन्तरक्रियामा सहभागि पत्रकारहरुले पत्रकार आचारसंहिता अहिले पनि लागू हुन नसकेको र मालिक र मजदुर पत्रकारको रुपमा पत्रकारहरु दुई खेमामा विभाजित बताएका थिए ।
अहिले पत्रकारहरु कोही विचारको मिसनमा र कोही पैसा कमाउने मिसनमा लागेकोले सत्यतथ्य र जनस्तरका वास्तविक समाचारहरु सम्प्रेषण गर्न समस्या भएको सहभागि पत्रकारहरुका गुनासो थिए ।
अहिले पत्रकारहरु कोही विचारको मिसनमा र कोही पैसा कमाउने मिसनमा लागेकोले सत्यतथ्य र जनस्तरका वास्तविक समाचारहरु सम्प्रेषण गर्न समस्या भएको सहभागि पत्रकारहरुका गुनासो थिए ।
No comments:
Post a Comment