चैत ७ धादिङ। धादिङ जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका झार्लाङ गाविस ५ निवासी राजकुमार तामाङ हिरासतबाट भाग्न खोज्दा भएको घम्सा घम्सीमा एक प्रहरी गम्भीर घाइते भएका छन्।
प्रहरी हिरासतमा रहेको अवस्थामा पखाला लागेको बहाना बनाई ढाँटेर शौचालय पुग्नेबित्तिकै प्रहरीको आँखामा चाउचाउ कोखुर्सानीको धुलो हालेर प्रहरीलाई नै कुटपिट गरी भाग्न खोज्दा समात्ने क्रममा ती प्रहरी घाइते भएका हुन्।
प्रहरी कार्यालयको पर्खाल नाघेर जानलाग्दा प्रहरी हवल्दार मोहनराज गुरुङले अभियुक्त तामाङलाई पक्रन लाग्दा हवल्दार गुरुङको बायाँपट्टीको पातो खुस्किएको प्रहरी नायब उपरीक्षक वसन्त कुँवरले बताए।
घाइते प्रहरीको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ । प्रहरी नियन्त्रणमा रहेको अवस्थामा प्रहरीमाथि आक्रमणगरी भाग्न कोसिस गरेकाले राजकुमार माथि कारबाहीको प्रक्रिया छिटो अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
No comments:
Post a Comment