कूल तामाङ्
चैत ७ ललितपुर। सम्पदा संरक्षण तथा प्रतिभा प्रवद्र्धनको उद्देश्यले स्थापित शेष–हीरा प्रतिष्ठानको १५ औँ वार्षिकोत्सवका अवसरमा आज सात विद्यार्थीलाई पुरस्कृत गरियो ।
त्रिभुवन विश्वविद्यालयको रसायनशास्त्र स्नातकोत्तर परीक्षामा प्रथम हुने प्रकाश श्रेष्ठलाई स्वर्णपदकसहित प्रमाणपत्र प्रदान गरियो ।
यसैगरी, २०६६ सालको एसएलसी परीक्षामा श्री विश्व आदर्श मावि फर्पिङबाट प्रथम हुने सलिना दुलालले नगद पाँच हजारसहित प्रमाणपत्र प्राप्त गरिन् ।
यसैगरी, वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको निबन्ध लेखन प्रतियोगितामा ‘म र मेरो हजुरबुवा’ शीर्षकमा निबन्ध लेखी प्रथम हुने महाङ्काल माविका युरिना शाक्य, द्वितीय हुने परोपकार आदर्श माविका सम्झना जोशी, तृतीय हुने बालविकास माविका समिता लामालाई पुरस्कार प्रदान गरियो ।
डा मोहनमान सैंजुलाई प्रतिष्ठानको मानार्थ सदस्यता र शिवबहादुर प्रधान तथा डा अनु दलीलाई आजीवन सदस्यता प्रदान गरिएको छ । ।
कार्यक्रममा महिलालाई स्वरोजगार प्रदान गर्ने उद्देश्यले पाटनको ज्वागल महिला समूहलाई सिलाइ मेसिन प्रदान गरिएको छ ।
No comments:
Post a Comment