कूल तामांग
चैत ७ नुवाकोट। नेपाली कांग्रेसका तत्कालीन सभापति एवं जनआन्दोलनका अग्रणी नेता गिरिजाप्रसाद कोइरालाको वार्षिक पुण्यतिथिकिो अवसरमा नुवाकोटमा पनि एक कार्यक्रम आयोजना गरियो ।
नेपाली कांग्रेस नुवाकोटले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालको शान्ति प्रक्रियामा कोइरालाले खेलेको भूमिकाको बारेमा चर्चा गरेका थिए ।
नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिशश्वर नरसिंह केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय प्रतिनिधि ध्यानगोविन्द रंजीतले कोइरालाले नेपालको आन्दोलनमा पु¥याउनुभएको योगदानलाई नेपाली कांग्रेस र नेपाली जनताले भुल्न नहुने बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दमणि भुर्तेल, स्थानीय विकास अधिकारी दामोदर भण्डारी, नेकपा एमालेका अध्यक्ष नारायण खतिवडालगायतले मन्तव्य राख्नुभएको थियो ।
No comments:
Post a Comment