Friday, March 18, 2011

बरामको बैठक सम्पन्न

राजेन्द्र न्यौपाने
चैत ४ गोरखा । गोरखा बराम राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रिय समितिको वैठक गोरखाको मकैसिङ गाविसको बुटारमा शुक्रवार सम्पन्न भएको छ । संविधान सभाका माननीय सभासद सविना वरामको अध्यक्षतामा सम्मन्न सो वैठकमा एकीकृत माओवादीका तमुवान राज्य समिति सचिव हरि अधिकारी कुमारको प्रमुख आतिथ्यता रहेको थियो । बराम मोर्चा फ्याक्सन इन्चार्ज हरि अधिकारी कुमारले एकीकृत माओवादीले मात्र अतिसिमान्तकृत एवं लोपोन्मुख अवस्थामा रहेको बराम जातिको संरक्षण र सम्र्वद्धन गरी पूर्ण अधिकार दिन सक्ने धारण व्यक्त गर्नुभयो । बैठकमा गोरखा, धादिङ, लमजुङ,ललितपुर, काठमाण्डौ लगायतवाट जिल्लावाट केन्द्रिय पदाधिकारीहरु उपस्थित हुनुभएको थियो । बैठकमा अतिसिमान्तकृत एवं लोपोन्मुख अवस्थामा रहेको बराम जातिको संस्कृति तथा भेषभूषाको संरक्षण गर्ने, बराम जातिको मुक्तिको लागी मोर्चा निरन्तर संघर्ष गर्ने , बराम शिक्षक, महिला,युवा विद्यार्थीहरुलाई सवैलाई जातिय मुक्ति आन्दोलनमा सहभागी गराउने लगायतको निर्णय ठोस गरेको बराम राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय सदस्य अरुण बरामलेजानाकारी दिनुभयो ।

No comments:

Post a Comment