कूल तामांङ
फागुन २२ नुवाकोट। नुवाकोटको भद्रुटारमा गत गतसाता एकै परिवारका तीन जनाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
प्रहरी निरिक्षक हिमालयमर्दन बस्नेतको नेतृत्वमा गएको प्रहरी टोलीले आइतबार भद्रुटारबाट अनुषन्धानको लागी ९ जनालाई पक्राउ गरेको हो । पक्राउ गरिएकाहरुलाई सदरमुकाम विदुर ल्याउदै गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ पर्नेहरुको नाम सार्वजनिक गरेको छैन ।
भदु्रटार– ३ नेवारपानीका ६५ वर्षिय विष्णुप्रसाद थपलिया, उनकी ६४ वर्षिया श्रीमती भैरवी थपलिया र ४० वर्षिय छोरा श्याम थपलियाको गत बुधबार राती हत्या भएको हो ।
No comments:
Post a Comment