अनुप बाबु श्रेष्ठ
फागुन २६ गोरखा ।नेपाल टेलिकमले प्रदान गर्ने एडिएसएल ईन्टरनेटमा समस्या आएपछि गोरखाका उपभोक्ता मर्कामा परेका छन् । विगत चार दिन देखी समस्या आए पनी हिजो बेलुकीबाट पुर्णरुपमा अवरुद भएको छ । मर्मतका लागी पोखराबाट प्राविधिक बोलाईएपनी समस्या पत्ता नलागेको टेलीकम गोरखाका प्रमुख चन्द्र बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।
शुक्रबार काठमाण्डौबाट अर्को प्राविधिक टोली आउने र भोली नै समस्या समाधान हुन सक्ने उहाँले जानकारी दिनुभयो । टेलिकमले विगत ८ महिना देखी एडिएसएल सेवा सुरु गरेको हो । हालसम्म ७० भन्दा बढि ग्राहकहरुले यो सेवा उपभोग गर्दै आएका छन् ।
टेलीकमको सेवा प्रति देशभरीबाट नै गुनासो आउने गरेको छ भने गोरखामा पनी पटक पटक मोवाईल, ल्यानलाईन फोन लगायतका सुविधाहरु अवरुद्ध हुने गरेको छ ।
No comments:
Post a Comment